स्कुटरमा २१ हजार छुट, घरमै ल्याइदिने सेवा

यो स्कीम ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने छन् भने, दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् ।

त्यस्तै केही समयका लागि यो योजनामा ग्राहकले अतिरिक्त नगद भौचर प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले दराज मार्फत मोटरसाइकल तथा स्कुटर खरिद गर्दा कम्पनीले होम डेलिभरी सुविधा दिनेछ ।

ग्राहकले पैसा तिरेको भौचर र आवश्यक कागजपत्र शोरुमममा उपलब्ध गराए पश्चात कम्पनीले ग्राहकलाई डेलिभरी दिने छ । दराज सेल ११ः११ मा ग्राहकले सुजुकी एभेनिस, एसेस, वर्गम्यान, हायते र जिक्सर १५५, इन्ट्रुडर, जिक्सर २५० एसएफ खरिद गर्न सक्नेछन् ।

यो स्कीम दराज फ्ल्यागशिभ शोरुममा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी भीजी सुजुकीले ५ नोभेम्वरदेखि १९ नोभेम्वरसम्म दराजमा चल्ने ११ः११ सेलमा यो स्कीम लागु हुने जनाएको छ ।

मेराे अटाेबाट
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?