‘भारतबाट घर पुगेकै राति श्रीमान् खोसिए’

दिलबहादुर छत्याल र पुष्पराज जोशी

धनगढी, 

डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कंदा खुसीको सीमा थिएन। जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो।

विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो। ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए। बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिइन्। छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो।

माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताउँदै उनले भनिन्, ‘खाना खाएर सबै सुत्न गयौं, छोरी तुल्सी, पति र म एउटा घरमा सुत्यौं भने सासू खिना, छोरा बलबहादुर र अर्की छोरी चन्द्रा पुरानो घरमा सुत्न गए। भूकम्पले भने पुरानो घर जोगियो, हामी सुतेको नयाँ घर भत्कियो।’

पति र छोरी छेउमै पुरिँदा आफू भने कराउँदै गुहार मागिरहेको बताउँदै उनले भनिन्, ‘म करिब एक घन्टासम्म गुहारिरहें। पछि गाउँले आएर मलाई निकाले। पति र छोरी भने पुरेको पुरियै रहे।’ एउटै कोठामा रहेका पति र छोरीको मृत्यु भएपछि बाँच्न सफल उनी विछिप्त बनेकी छन्। ‘पति मर्नुभन्दा म मरेको भए छोराछोरी र सासू त पाल्नुहुन्थ्यो’, उनले भनिन्, ‘यस्तो दशा कसैलाई नलागोस्।’

एकैपटक भूकम्पको धक्काले गल्र्यामगुर्लुम घरहरू ढले। निद्रामा सुतेकाहरू भाग्नसमेत पाएनन्। सोही ठाउँ केन्द्रबिन्दु बनाएर आएको ६.६ रेक्टर स्केलको भूकम्पले ठूलो क्षति गरेको हो।

मंलगबार खाना खाएर सुत्ने तरखरमा रहेका बेला राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भूकम्पको पहिलो झट्का आएको थियो। सो समयमा कुनै क्षति भएन। त्यसपछि गैरागाउँ मस्त निद्रामा थियो।

बुधबार बिहान २ बजेर १२ मिनेटमा एकैपटक भूकम्पको धक्काले गल्र्यामगुर्लुम घरहरू ढले। निद्रामा सुतेकाहरू भाग्नसमेत पाएनन्। सोही ठाउँ केन्द्रबिन्दु बनाएर आएको ६.६ रेक्टर स्केलको भूकम्पले ठूलो क्षति गरेको हो।

भूकम्पबाट ९ घरमा पूणर््ांंरूपमा क्षति पुगेको छ। घर भत्केर च्यापिँदा ६ जनाको घटनास्थलमै मृत्यु भयो भने सातजना घाइते भए। घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने तीमध्ये गम्भीर घाइते दुईजनालाई सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

६ जनाकै बुधबार एकसाथ दाहसंस्कार गरिएको छ। घटनामा दर्जन बढी पशु चौपाया मर्नुका साथै घरमा राखेको अन्न, नगद तथा भौतिक सम्पत्तिमा क्षति पुगेको छ।

घटनामा परेर ५० वर्षीय प्रेम बोहरा, १४ वर्षीया तुल्सी बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, ८ वर्षीय हर्क बोहरा र १४ वर्षीया धनसरी बोहराको मृत्यु भएको छ। यस्तै भूकम्पले घर भत्कँदा च्यापिएर इन्नरीदेवी बोहरा, धौली बोहरा, विष्नादेवी बोहरा, थाना बोहरा, महावीर बोहरा, केशरसिंह बोहरा र जगुदेवी बोहरा घाइते भएका छन्।

मृतक ६ जनाकै बुधबार एकसाथ दाहसंस्कार गरिएको छ। घटनामा दर्जन बढी पशु चौपाया मर्नुका साथै घरमा राखेको अन्न, नगद तथा भौतिक सम्पत्तिमा क्षति पुगेको छ। भूकम्पले घर भत्केर च्यापिएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा राति नै घटनास्थलमा पुगेर उद्धार गरेका थिए।

भूकम्पले घरहरू भत्किन थालेपछि स्थानीयको कोलाहल मच्चिएको थियो। घरबाट भागेर खुला स्थानमा स्थानीयले रात काटेका थिए। भूकम्पको धक्काले सुदूरपश्चिमका सबै जिल्लामा कम्पन महसुस भएको थियो भने डोटी, अछाम, डडेलधुरा, बझाङ र बाजुरामा बढी असर परेको थियो। सो क्षेत्रका घर चर्किनुका साथै कमजोर बनेका छन्।

मस्त निद्रामा रहेकाहरू भूकम्पका कारण राति घरबाहिर निस्केका थिए। ‘राति भूकम्पले पूरै घर हल्लिन थालेपछि भागेर बाहिर निस्कें’, डडेल्धुरा भातकाँडाका सुनिता खड्काले भनिन्, ‘त्यसपछि भने रातभर निद्रै लागेन।’

                                                                                                                                                                                                                                  नागरिकबाट
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?