गोदावरीमा ‘सरद ऋतु’ हाइकु यात्रा

नेपाल हाइकु केन्द्रको आयोजनामा “सरद ऋतु” हाइकु यात्रा सम्पन्न गरिएको छ। हरेक ऋतु परिवर्तनमा प्राकृतिक वातावरणमा विचरण गरी स्थलगत रुपमै हाइकु लेखिने र वाचन पनि गरिने ऋतुगत हाइकु यात्रा अन्तरगत सरद ऋतुको अन्त्य हुने क्रममा गोदावरीको बोटानिकल गार्डेनमा यो यात्रा आयोजना गरिएको हो।

यात्रामा सहभागी साहित्यकारहरूले प्रकृति,वनस्पति,चराचुरुङ्गी,जिवजन्तु,मानव जिवनशैली,वातावरण र भौगोलिक अवस्थालाई बिम्ब बनाएर तत्काल अनुभुति गरेका कुराहरूलाई हाइकुमा उतारेका थिए। केन्द्र अध्यक्ष प्रा.राम कुमार पाँडेले प्रकृतिको स्पर्सले नै जिवनको वास्तविक स्वाद लिन सकिने हुनाले स्थलगत रचनालाई प्राथमिकता दिइएको जानकारी गराए।

उपाध्यक्ष मित्रबन्धु पौडेलले छोटो तर खँदिलो अभिव्यक्तिलाई प्राकृतिक बिम्ब (किगो) सँग जोडेर ब्यक्त गर्न सक्ने कुशलता नै हाइकुको खास बिशेषता रहेको बताए ।
एक घण्टाको यात्रा पछि साहित्यकारहरू डा.बमबहादुर जिताली,बिष्णुबहादुर सिंह,शिरोमणि दवाडी,चन्द्रकला शाह,त्रिभुवनचन्द्र वाग्ले,टेकबहादुर लौडारी,आदेश आचार्य,चिरञ्जीवी न्यौपाने,कपिल भण्डारीलगायत सहभागी सबैले  तत्काल रचना गरेका १०/१० हाइकु सुनाएर कार्यक्रम टुङ्याइएको थियो।

तिब्बत हुँदै जापानबाट लोकप्रियता प्राप्त गरेको हाइकु १७ अक्षरमा लेखिने खँदिलो कविता मानिन्छ। नेपालमा नेपाल हाइकु केन्द्रले यसलाई संस्थागत प्रवर्द्धन गर्दै आएको छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?