बदलियो प्रचारको शैली
नारद बास्तोला । साझाकथा
काठमाडौं, कार्तिक २३
उम्मेदवारहरूको अघिपछिजस्तो यसपालिको निर्वाचनमा लामो लर्को छैन । गाउँगाउँमा कोणसभा तथा नाराजुलुससहित भोटमाग्ने उम्मेदवार पनि एकदमै कम छन् । चुनाव प्रचारमाठूला तुल र ब्यानर टाँसेका मोटरहरू कुदेको पनि देखिँदैन ।
‘फिजिकलबाट डिजिटलसम्म जानु धेरै राम्रो कुरा हो, यसलाई अझै व्यवस्थित ढंगले चलाउनुपर्छ’, रसुवाको कालिका गाउँपालिका-३ का युवा भरत न्यौपानेले भने, ‘भित्तामा पोष्टर टाँस्नेबाट ट्विटर, युटुब, इन्स्टग्राम र फेसबुकबाट व्यापक चुनाव प्रचार सुरुभएकोमा मजा लाग्यो ।’निर्वाचन आयोगको आचारसंहिताअनुसार सामाजिक सञ्जालबाट प्रचार गर्न पाइने व्यवस्था छ ।
‘हेर्दाहेर्दै चमत्कारी परिवर्तन भयो । इन्टरनेट र मोबाइलको सुविधा भएपछि सूचनामा विश्वव्यापी पहुँच बढेको छ’, सत्ता गठबन्धनका तर्फबाट रसुवा प्रदेश ख का उम्मेदवार इन्द्र गौतमले साझाकथासँग भने ।यसरीधेरै मानिसमा तत्काल पुग्ने भएकाले निर्वाचन प्रचार सहज र व्यापक भएको उनको भनाइ छ ।
‘एउटै क्लिकबाट धेरैमा पुग्ने भएपछि सामाजिक सञ्जालको प्रभाव निकै पर्ने रहेछ’, नेकपा एमालेका प्रदेश ख का उम्मेदवार तेम्रेलतेम्बा तामाङ सुनाउँछन् । उनका अनुसार,तामाङ भाषामा रहेको भिडियो धेरै भाइरल भएको छ । फोन रम्यासेजबाट थाहा भएकोउनको भनाइ छ ।
इन्टरनेट र मोबाइलको सुविधा भएपछि सूचनामा विश्वव्यापी पहुँच बढेको छ’, सत्ता गठबन्धनका तर्फबाट रसुवा प्रदेश ख का उम्मेदवार इन्द्र गौतमले साझाकथासँग भने ।यसरीधेरै मानिसमा तत्काल पुग्ने भएकाले निर्वाचन प्रचार सहज र व्यापक भएको
केही सञ्चारमाध्यमले घोषणापत्रका मुख्य कुराहरूलाई महत्व दिएर समाचार बनाएका छन् ।उम्मेदवारहरूले फेसबुक, ट्वीटरजस्ता डिजिटल माध्यमबाटपनि धुमधामका साथ आफ्नो प्रचार गराइरहेका छन् ।
‘हामीले डिजिटल प्लाटफर्ममार्फत सामाजिक सञ्जाललाई बढी प्रयोग गर्ने, यससँग जोडिएको टिकटक तथा सर्ट भिडियो सामग्रीहरू बनाएर निर्वाचन गरेको प्रचारमा हिंडेकी तारा कार्कीकोे भनाइ छ ।
डिजिटल चुनावी प्रचार सुरुभयो अब अनलाइनबाटै भोट मागिन्छ तामाङले भने ‘हामीले ब्यक्तिगत पेज तथा प्रचार विभागको पेजबाट प्रचार गरेका छौं, आम कार्यकर्ताले पनि डिजिटल प्लेटफर्मबाट प्रचार भइरहेको छ ।’तामाङ भन्छन् ।
मतदातासँग प्रत्यक्ष भेटघाट र घरदैलो मात्र होइन, सामाजिक सञ्जाल प्रयोग गरेर पनि प्रभाव पर्ने कुरा एमाले र माओवादी केन्द्रको प्रचार बढी देखिन्छ ।
उता नेपाली काँग्रेसको पनि सामाजिक सञ्जालमा प्रचार व्यापक बढेको छ । घरदैलोसँगै सबै नेताहरूका फेसबुक पेज, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रभावकारी सामाजिक सञ्जाल अधिकतम प्रयोग गरेको देखिन्छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार छोवाङतेन्जिङ तामाङ भन्छन्, ‘हाम्रो पार्टी एमालेले रसुवा जिल्लाका लागि जारी गरेको घोषणापत्र फेसबुकबाट लाइभ ग¥यौं । त्यसैले देशभरका मानिसले थाहा पाए ।’
सामाजिक सञ्जालबाट चुनाव प्रचार गरे पनि त्यसको खर्चबारे दलहरूले केही बोलेका छैनन् । कार्यकर्ताले डाटा प्याक लिएर आफ्ना दललाई स्वतःस्फूर्तसहयोग गरेका छन् ।
फ्रि वाइफाइ हुन थालेको बताउँदै तामाङले डिजिटल प्रविधि सर्वसुलभ बन्दै गएको जानकारी दिए । निर्वाचन आयोगले दलहरूलाई चुनावमा खर्च गर्न पाउने सिलिङ तोकेको छ
गाउँगाउँमा फ्रि वाइफाइ हुन थालेको बताउँदै तामाङले डिजिटल प्रविधि सर्वसुलभ बन्दै गएको जानकारी दिए । निर्वाचन आयोगले दलहरूलाई चुनावमा खर्च गर्न पाउने सिलिङ तोकेको छ, त्यसमै सामाजिक सञ्जालमा गर्ने प्रचार पनि पर्छ ।
‘भाषण, भेटघाट र घरदैलोको भिडिओ खिच्ने, फेसबुक र टिकटकमा राख्ने भइरहेको छ, फेसबुक पेजबाट प्रचार भइरहेको छ’, उनले थपे ।
अहिले त्यसमाथि हात हातमा स्मार्ट फोन भएपछि सामाजिक सञ्जालको प्रयोग बढेकै छ। यसअघिका निर्वाचनसम्म पनि दलहरू भित्तेलेखन र पोस्टरिङप्रचारको मुख्य माध्यम थियो ।
प्रविधिमा आएको विकाससँगै सामाजिक सञ्जालमा भेटिने मतदाता प्रभाव पार्न दल र उम्मेदवारहरू भोटमाग्न यसरी आक्रामक तरिकाले लागेको देख्न सकिन्छ ।