संस्कृति र सम्पदाबाट फाइदा उठाउन सक्नुपर्छ

सुनिल महर्जन

नेपाल कला, संस्कृति र सम्पदाका दृष्टिले विश्वकै गौरव गर्नलायक देशमध्येमा पर्दछ। भौगोलिकरूपमा छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपाल निकै सानो छ, तर सांस्कृतिक विविधताका हिसाबले ती देशभन्दा ठूलो रहेको छ।

अझ काठमाडौं उपत्यकाको कला संस्कृति र सम्पदा त नेपाललाई विश्वमा चिनाउने संस्कृति, सम्पदा र कलाको निकै महत्वपूर्ण हिस्सा बनेको छ। काठमाडौं उपत्यकामै पाँच वटा पुरात्तात्विक सम्पदा विश्व सम्पदामा सूचीकृत हुनु कुनै संयोगको विषय होइन। तिनै कला, संस्कृति र सम्पदा उपत्यकाको सभ्यताका महत्वपूर्ण अवयव हुन्।

कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा अघि भक्तपुरको पाँचतले मन्दिर बनिसकेको थियो। तर, अहिले नेपाललाई अमेरिकासँग तुलना गर्न नमिल्ने मात्र होइन, नेपाल अतिकम विकसित र गरिब (एलडीसीको) सूचीमै रहेको छ।

कला, संस्कृति र सम्पदाको हिसाबले मुलुक समृद्ध भए अधिकांश जनता किन गरिबीमा बाँच्न बाध्य भएका छन्। के आर्थिक विकासमा कला, संस्कृति र सम्पदाको कुनै भूमिका हुँदैन ? यदि हुन्छ भने नेपालले कला, संस्कृतिलाई आर्थिक विकासको माध्यम बनाउन नसकेको हो त ? अथवा नेपालका शासकहरूले माल पाएर पनि चाल नपाएका हुन् त ?

मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जनाअनुरूपको जीवनशैली नै मानव संस्कृति हो। मानवले निर्माण वा रचना गरेका सिर्जना भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन्। दुवै किसिमका सिर्जनालाई संस्कृतिका रूपमा सम्बोधन गर्ने गरिन्छ।

ऐतिहासिक युगको विभिन्न कालखण्डका आधारमा पनि सांस्कृितक वर्गीकरण गर्ने प्रचलन छ। नेपालको सन्दर्भमा किराँतकालीन, लिच्छविकालीन, मल्लकालीन, प्राचीन र मध्यकालीन संस्कृति भन्ने प्रचलनलाई उदाहरणका रूपमा लिन सकिन्छ।

संस्कृति भनेको इतिहासको निश्चित कालखण्डमा मानिसले गरेका सिर्जनशील कार्य हुन्। मानिस बाँच्ने क्रममा खाद्य वस्तु, लत्ता–कपडा उत्पादनदेखि लिएर सबै आवश्यक वस्तुको उत्पादनसँग सम्बन्धित कार्य, सीप नै संस्कृति हुन्। संस्कृतिविद् सत्यमोहन जोशीको दृष्टिमा ‘कला संस्कृति सिंगो मानव जातिको कृति, प्रतिभा हो। मानिसका सिर्जना हुन्।’

मानव विकासको क्रममा अविष्कार भएका सबै प्रविधि, सीप, क्षमता र कृति नै आजको संस्कृति, सम्पदा हुन्। ओडार, गुफा र रुखहरूमा बस्ने र जंगलमा गएर कन्दमुल टिप्न जाने, शिकार गरेर जीविका निर्वाह गर्ने मानिसले विकासक्रममा आफ्नै भाषा, संस्कृति, साहित्य, लिपिहरू उत्पादन गर्दै लगेका थिए।

मानव संस्कृतिको विकासक्रमको विभिन्न कालखण्डमा मानिसले सिर्जना र अवलम्बन गरेका संस्कृतिहरूलाई तत्तत् युग एवं कालखण्डका आधारमा सम्बोधन गर्ने प्रचलन पनि रहिआएको छ। पाषाण औजारहरू निर्माण र प्रयोग गर्ने गरेको युगको संस्कृतिलाई पाषाणयुगीय संस्कृति भनिन्छ।

ऐतिहासिक युगको विभिन्न कालखण्डका आधारमा पनि सांस्कृितक वर्गीकरण गर्ने प्रचलन छ। नेपालको सन्दर्भमा किराँतकालीन, लिच्छविकालीन, मल्लकालीन, प्राचीन र मध्यकालीन संस्कृति भन्ने प्रचलनलाई उदाहरणका रूपमा लिन सकिन्छ। त्यसमध्ये संस्कृति, सम्पदा र सभ्यताको उच्चतम् बिन्दु लिच्छिवीकाल र मल्लकाल हो।

स्वर्ण युग

किराँतकालपछि नेपालमा लिच्छवीको शासन शुरू भयो। यो काल प्रथमदेखि आठौं शताब्दीसम्म मानिन्छ। मगधका राजा अजातशत्रुले वैशालीमाथि आक्रमण गरेकाले लिच्छवी त्यहाँबाट भागेर नेपाल आएपछि लिच्छवीकालीन शासन शुरू भएको अभिलेख र वंशावलीमा उल्लेख गरिएको छ। नेपालमा लिच्छवीको शासन स्थापना भएपछि सामाजिक व्यवस्थापनमा आमूल परिवर्तन आएको थियो।

सामाजिक, धार्मिक, सांस्कृतिक, बौद्धिक ज्ञान–विज्ञानका क्षेत्रमा अभूतपूर्व उन्नति भएको थियो। फलस्वरूप नेपालको इतिहासमा लिच्छवीकाल स्वर्णयुगका रूपमा मानिएको छ। तत्कालीन राजाहरूले जनहितलाई अत्यधिक महत्व दिएका थिए। लिच्छवीकालीन शासन व्यवस्थाका अनेकौं विशेषता थिए।

लोक कल्याणकारी शासन व्यवस्था तथा राजाहरूले लिएको उदार नीति त्यो समयको महत्वपूर्ण विशेषता थियो। यस्तै प्रकारले लिच्छवीकालको जनजीवन संगठित थियो। उन्नत आर्थिक अवस्था थियो। यसका साथै विद्याको स्तर पनि उँचो हुनुका साथसाथै कलाकौशलको क्षेत्रमा पनि त्यतिकै विकास भएको थियो।

यस समयमा केही महत्वपूर्ण र प्रख्यात राजाहरू भए। तिनीहरूमा जयदेव प्रथम, हरिदत्त, वृषदेव, धर्मदेव, मानदेव प्रथम, अंशुवर्मा नरेन्द्रदेव, शिवेदेव द्वितीय, जयदेव द्वितीय आदि।

शास्त्रमा कहेअनुसार निग्रहमा लागेका, चोखो मन भएका राजा मानदेव दुनियाँलाई बाबुले जस्तै माया गर्दथे। यी दुई उदाहरणबाट तत्कालीन राजाको जनतालाई हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ। मानदेव प्रथमको समय लिच्छवी इतिहासमा महत्वपूर्ण मानिन्छ।

गोपालराज वंशावलीमा यिनीहरूका बारेमा चर्चा गरिएको छ। लिच्छवी राजाहरू शान्तिप्रिय, धर्मानुरागी, नियममा रहने, विद्याले निपूर्ण आदि गुण भएका थिए। अधिकांश लिच्छवी राजाहरूले कुशलतापूर्वक शासन सञ्चालन गरे। कतिपय अभिलेखमा राजाहरूका गुणको पनि चर्चा गरिएको छ।

पशुपतिको जयदेव द्वितीयको अभिलेखमा राजा वृषदेवका बारेमा लेखिएअनुसार जितबाजी गर्ने जयदेव राजादेखि बीचमा बाह्र जना राजालाई छोडेर बौद्ध धर्ममा झुकेका श्री भनी प्रख्यात भएका असल राजा हुनुभएको राजा मानदेवका बारेमा केलकोलको अभिलेखमा उल्लेख गरिको पाइन्छ।

शास्त्रमा कहेअनुसार निग्रहमा लागेका, चोखो मन भएका राजा मानदेव दुनियाँलाई बाबुले जस्तै माया गर्दथे। यी दुई उदाहरणबाट तत्कालीन राजाको जनतालाई हेर्ने दृष्टिकोण स्पष्ट हुन्छ। मानदेव प्रथमको समय लिच्छवी इतिहासमा महत्वपूर्ण मानिन्छ। यिनको समयमा शासन व्यवस्था स्थिर रह्यो।

वास्तवमा राजा र प्रजाबीच आदर्श सम्बन्धको खाका लिच्छवीकालमा नै बनेको थियो, जुन व्यवहारमा समेत लागू भयो। लिच्छवीकालमा शासनमा जनताको सहभागिताबारे चर्चा गर्दा पाञ्चाली र गोष्ठीको चर्चा गर्नु अपरिहार्य छ।

औद्योगिक क्रान्ति हुँदा चक्रको प्रयोग भयो। चक्रकै प्रयोग गरिएको ठूल्ठूला मेसिन, साइकल, सवारीसाधन अविष्कार भयो। त्यो समयभन्दा सयौं वर्षपहिले नै रातो मच्छिन्द्रनाथको रथयात्रा, कुमारी र बिस्केट जात्रामा पांग्राको प्रयोग गरिसकेका थियौं।

यसबाट राजाले लिएको नीति र जनताको शासनमा सहभागिताको स्वरूपबारे जानकारी प्राप्त गर्न सकिन्छ। वास्तवमा कतिपय लिच्छवी राजा उदार प्रवृत्ति भएका कारणले गर्दा नै जनताले स्थानीय शासन अधिकार प्राप्त गरेका हुन्। यसै कारण नेपालको इतिहासमा अरू कालखण्डभन्दा लिच्छवीकालीन शासन व्यवस्था पृथक देखापरेको हो। लिच्छवीकालमा विकसित सामाजिक तथा राजनीतिक पृष्ठभूमिमा मल्लकालीन संस्कृतिको निर्माण भएको हो।

काठमाडौं उपत्यकामा तीनवटै शहर, काठमाडौं, ललितपुर र भक्तपुरमा बनेको दरबार क्षेत्र, कयौं अमूर्त संस्कृतिहरू मल्लकालको देन हुन्। विशेषतः काठमाडौं उपत्यकामा मनाइने कुमारी जात्रा, गाईजात्रा, इन्द्रजात्रा, कात्तिक नाच, नवदुर्गा नाच, अष्टमातृका नाच, देवी प्याँख जस्ता धार्मिक र सांस्कृतिक महत्वका नाचहरू अहिले पनि जीवन्त रहेको छ।

ती नाच र जात्राको अवलोकनबाट संस्कृति सम्पदा विकासस्तरलाई बुझ्न सकिन्छ। यति समृद्ध संस्कृति भएर पनि देश सधंै किन गरिब भन्ने प्रश्नमा संस्कृतिविद् ओमप्रसाद धौभडेल भन्नुहुन्छ– ‘संस्कृति, संस्कारको ज्ञानलाई जनजीवनमा बाँड्न सकिएन।’

सवारीसाधन अविष्कार भयो। त्यो समयभन्दा सयौं वर्षपहिले नै रातो मच्छिन्द्रनाथको रथयात्रा, कुमारी र बिस्केट जात्रामा पांग्राको प्रयोग गरिसकेका थियौं।

सम्पदा, संस्कृति र परम्पराको महत्वलाई वैज्ञानिक तवरले अध्ययन गर्नुपर्दथ्यो। सम्पदा निर्माणको प्रविधि, डिजाइन, संस्कृतिको भौतिक र अभौतिक पक्ष, त्यहाँ लुकेको दर्शन, ज्ञानलाई बाँड्ने केन्द्रका रूपमा विकास गर्न सकिन्थ्यो, तर गरिएन। खाली बिरालो बाँधेर श्राद्ध गर्ने प्रवृत्तिका रूपमा परम्परालाई लिइयो। यसको महत्व, औचित्यबारे जनतामा बुझाउन नसकेको संस्कृतिविद् धौभडेलको भनाइ छ।

१८औं शताब्दीमा औद्योगिक क्रान्ति हुँदा चक्रको प्रयोग भयो। चक्रकै प्रयोग गरिएको ठूल्ठूला मेसिन, साइकल, सवारीसाधन अविष्कार भयो। त्यो समयभन्दा सयौं वर्षपहिले नै रातो मच्छिन्द्रनाथको रथयात्रा, कुमारी र बिस्केट जात्रामा पांग्राको प्रयोग गरिसकेका थियौं। रथयात्रामा प्रयोग भएको पांग्रालाई हेरेर व्यावहारिक जीवनलाई सहज बनाउने मेसिनहरू उत्पादन र प्रयोग गर्न जानेनौं।

रथयात्रामा प्रयोग गरिएको प्रविधिलाई संकेतका रूपमा बुझेर अन्य प्रविधिको अविष्कार वा प्रयोग गर्न नजानेपछि जनजीवन पछि पर्ने स्वभाविक नै भएको पनि संस्कृतिविद् द्यौभडेलको कथन छ। ‘संस्कृति, सम्पदा विकसित र जनजीवनमा त्यसको मूल्य र प्रविधिलाई अपनाउन नसकेको विश्लेषण छ।

राजनीतिक विश्लेषक युग पाठकका अनुसार नेपाल सभ्यताको विशिष्ट पहिचान प्राचीनकालदेखि नै थियो। राजा पृथ्वीनारायण शाहले चन्द्रागिरीबाट देखेको नेपाल खाल्डोभित्र तीन देश थिए।

मल्लकालपछि राज्यले तिनै संस्कृति र व्यापारलाई प्राथमिकता दिइएन। क्रमशः संस्कृति सम्पदा धनीमा भएर पनि त्यसबाट उचित फाइदा लिन नसकेको संस्कृतिविद् ओमप्रसाद धौभडेलको भनाइ छ।

त्यसैले एक नेपाल एक सभ्यताको नाम थियो, देशको होइन। नेपाल जितेपछि पृथ्वीनारायण शाहले आफ्नो झण्डा त्यागेर चन्द्र सूर्य अंकित भक्तपुरको झन्डा अपनाउनुले नेपाल सभ्यताको शक्ति पुष्टि गर्दछ।’ तिब्बतको ल्हासासम्म यहाँका व्यापारीहरू व्यापार गर्न जान्थे।

मल्लकालमा आर्थिक समृद्धिमा ल्हासाको व्यापारले ठूलो हिस्सा ओगटिएको थियो। मल्लकालपछि राज्यले तिनै संस्कृति र व्यापारलाई प्राथमिकता दिइएन। क्रमशः संस्कृति सम्पदा धनीमा भएर पनि त्यसबाट उचित फाइदा लिन नसकेको संस्कृतिविद् धौभडेलको भनाइ छ। ‘सरकार, संस्कृति संरक्षणको तिनको संरक्षण, प्रवद्र्धनमार्फत आर्थिक विकासतर्फ अग्रसरता लिन सकेन।’ –उहाँ भन्नुहुन्छ।

लिच्छिवीकाल र मल्लकालको आर्थिक परिस्थिति उपज हुन् ती संस्कृतिहरू। त्यति बेलाका राजाको धर्ममा निकै आस्था थियो। आफ्नो कीर्ति लामो समयसम्म रहुँन् भनेर संस्कृति, सम्पदाको निर्माणकार्य अघि बढाए।

आयस्था रामै्र भएकाले अनेक नाच, जात्राहरू चलाएका थिए। राजा पृथ्वीनारायण शाहको राज्य विस्तारपछि सो क्रमले निरन्तरता पाएन। राजाहरूको ध्यान सुख, शयल र सत्ता हत्याउन नै बितेको पाइएको छ।

नेपाल समाचारपत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?