एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट पार्टीलाई जोगाउन र क्रान्तिकारीकरण गर्नकै लागि एमालेबाट विद्रोह गरेको बताउँछन्। ‘केपी ओली कम्युनिस्ट पार्टी र आन्दोलनलाई समाप्त पार्ने दिशामा छन्,’ नेपाल भन्छन्, ‘आकारमा सानो ठूलो भएर केही हुँदैन। विचार र सिद्धान्त सही हुनुपर्छ।’ निर्वाचन, सत्तासमीकरण र समसामयिक राजनीतिबारे अन्नपूर्ण पोस्ट्का नरेन्द्र साउद र राजकरण महतोले नेपालसँग गरेको कुराकानी :
ठूलो पार्टीको नेता भएर चुनाव हाँक्दा र अहिलेमा केही फरक महसुस गर्नुभएको छ ?
जीवन संघर्ष हो, संघर्ष नै जीवन हो। संघर्षको दौरान धेरै उतार–चढाव हुन्छन्। कम्युनिस्ट पार्टीको स्थापना गर्ने पुष्पलाल हुन्। पुष्पलालको जीवनमा पनि यस्ता उतार–चढाव आएका थिए। नेतृत्वमा जब केसरजंग रायमाझी पुगे, कम्युनिस्ट पार्टीको चरित्र सबै समाप्त पारे।
र, दरबारको पोल्टामा कम्युनिस्ट पार्टी पुर्याए। त्यसविरुद्ध पुष्पलालले विद्रोह गर्नुपर्यो। अर्को पार्टी बनाउनुपर्यो। कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउने अभियानमा जुट्नुपर्यो। रूसी क्रान्तिको सन्दर्भमा पनि यस्ता घटना भएका थिए।
हिजो तपाईंको दायाँबायाँ एमालेका टन्न नेता हुन्थे। त्यसको अभाव महसुस हुन्छ होला नि !
अहिले पनि पार्टीमा नेताहरू टन्नै हुनुहुन्छ। कार्यकर्ता र जनता पनि टन्नै छन्। मुख्य कुरा के भने, पुरानो समयदेखि काम गरेका नेताहरू को कता छन् ?। २०३२ सालमा कोर्डिनेसन केन्द्र बनाउने आठ जना थियौं। दुई जनाले सुरुमै राजनीति छोड्नुभयो। एक जना इन्डियाको हुनुहुन्थ्यो, उतै जानुभयो। बाँकी पाँच जना थियौं।
कोर्डिनेसनको स्थापना गर्ने मूल नेता सीपी मैनाली हुनुहुन्थ्यो, उहाँले हामीलाई बीचैमा छोडेर जानुभयो। बाँकी रह्यौं, चार जना। म, झलनाथजी र मुकुन्द न्यौपाने एकीकृत समाजवादीमा छौं। अर्को एक जना अमृत बोहरा हो। उहाँ एमालेमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? उहाँले नै थाहा पाउने कुरा भयो।
-
आकारमा ठूलो भएर के भयो त ? अवसरवादी नेताको कब्जामा पर्दा सोभियत कम्युनिस्ट पार्टी सिद्धिएको थियो।
-
ओलीमा व्यक्ती हावी छ। गफको ठूल्ठूला पुलिन्दा बाँध्ने र आकाश पाताल जोड्ने कुरा गर्नेबाहेक केही गतिलो काम गरेका छैनन्।
-
देशको पुँजी, यहीँको श्रम र सीपबाट ठूल्ठूला जलविद्युत् आयोजना बनाउन सकिन्छ भनेर अपर तामाकोसीको शुरुवात गरेका थियौं।
संस्थापक नेताहरू सबै ओलीसँग रुष्ट हुनुको कारण ?
कोर्डिनेसन केन्द्रका संस्थापक नेताहरू कोही पनि केपी ओलीको रवैयासँग सन्तुष्ट हुनुहुन्न। सिद्धान्तनिष्ट व्यक्तिहरू कोही पनि सन्तुष्ट भएको पाइँदैन। इमान्दार र संघर्षको मैदानमा उत्रिएका निष्ठावान व्यक्तिहरू उहाँको साथमा छैनन्।
केही समयसम्म त्यहाँ टाँसिएलान। तर, घनश्याम भुसालले किन विद्रोह गर्नुपर्यो ? पार्टीमा भीम रावलले पिल्सिएर बस्नुपर्ने अवस्था छ। त्यसैकारण, अरू नेताहरू पनि असन्तुष्टि जनाउँदै पार्टीबाट निस्किराख्नु भएको छ।
गुल्मीका शेषकान्त गौतम भर्खरै एमाले छोडेर हाम्रो पार्टीमा आउनुभयो। यो स्थितिले के बताउँछ भने राजनीतिमा धैर्यता राख्नुपर्छ। धैर्यतासहित असल नियत, सिद्धान्त र आदर्श छ भने अवश्य जित हुन्छ। अन्त्यमा जित हुने भनेकै सत्य र न्यायको हो।
पार्टीको आकारले त फरक पार्छ नि ?
सोभियत संघको कम्युनिस्ट पार्टीको इतिहास हेरौ न। आकारमा ठूलो भएर के भयो त ? अवसरवादी नेताको कब्जामा त्यहाँको पार्टी पर्दा के हालत भयो ? चाहे गोर्भाचोभ हुन् वा बोरिस येल्तसिन हुन्। उनीहरूले पार्टी मात्रै सिध्याएनन्, सोभियत संघलाई नै टुक्राटुक्रा बनाइदिए।
त्यसैले आकार मात्रै ठूलो भएर हुँदैन, विचारले ठूलो हुनुपर्छ। विचार ठीक छ कि छैन ? आन्दोलनले आफ्नो गन्तव्यतर्फको यात्रा गरिरहेको छ कि, बाटो बिराएको छ ? अवसरवादी बाटोमा छ कि ? कतै समर्पणवादी बाटोमा गएको छ ? यो कुराको ठीक–ठीक विश्लेषण गर्न सक्नुपर्छ।
आफैंले जन्माएको पार्टी छोडेर हिँड्दा पक्कै पनि राम्रो लागेको छैन। तर, विद्रोह एउटा बाध्यता हुँदो रहेछ। केपी ओली कम्युनिस्ट पार्टी र आन्दोलनलाई समाप्त पार्ने दिशामा छन्।
उनीबाट कम्युनिस्ट आन्दोलनको रक्षा हुन सक्दैन। देशको हितको पनि रक्षा हुन सक्दैन। उनले देशलाई विदेशी सामु समर्पणको बाटोमा लिएर गएका छन्। आत्मसमर्पणको यात्रा अबलम्बन गरेका छन्।
उनले लिएका विदेश नीतिहरू देशको हित विरुद्धमा छन्। व्यक्तिवाद हावी छ। गफको ठूल्ठूला पुलिन्दा बाँध्ने, आकाश पाताल जोड्ने कुरा गर्नेबाहेक केही गतिलो काम गरेका छैनन्।
-
संख्याको हिसाबले चौथो हुन्छौं, राजनीतिक भूमिकाको हिसाबले प्रबल भूमिकामा हुनेछौं।
-
चुनावपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाटै प्रधानमन्त्री बन्ने हो। परिस्थितिले के हुन्छ, हेरौन।
-
स्वदेशको पुँजी, यहीको श्रम, सीपबाट ठूल्ठूला जलविद्युत् आयोजना बनाउन सकिन्छ भन्ने सुरुवात अपर तामाकोसीबाट गरेका थियौं।
दुईतिहाइको त्यो कम्युनिस्ट सरकारले पनि जनअपेक्षाअनुसार काम त गर्न सकेन नि ?
कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत नजिकको सरकार थियो। पार्टीमा अनुभवी मात्र होइन, योग्यता, क्षमता भएका थुप्रै नेता थियौं। त्यतिबेला सबैको योग्यता र क्षमताको सदुपयोग गरेर मुलुकलाई अघि बढाउने सोच बनाएको भए अर्को पाँच वर्ष पनि कम्युनिस्ट नेतृत्वकै सरकार बन्थ्यो।
०५१ सालमा ९ महिने अल्पमतको सरकार बनायौं। त्यसले युग–युगसम्म सम्झिने काम गर्यो। त्यसैगरि ०६६/०६७ मा म प्रधानमन्त्री हुँदा देशलाई समृद्धि र विकासतर्फ लैजाने महत्वपूर्ण र ऐतिहासिक काम भए। त्यतिखेर नै हो, नेपालले आफ्नो जलविद्युत् आफंै उत्पादन गर्न सक्छ भन्ने प्रमाणित गर्न सफल भएको।
शिक्षा, स्वास्थ्य र सीप विकासका लागि पोलिटेक्निकल इन्स्टिच्युटको बिस्तार भए। दलित र मधेसी समुदायका छोराछोरीहरूलाई पढाउन नर्सिङ कलेज स्थापना गर्ने काम भए।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम असम्भव जस्तै ठानिएको थियो। सम्भव तुल्याइयो। जनता आवास कार्यक्रमको सुरुवात गरियो। राजर्षि जनक, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय मेरै पालामा स्थापना भए।
विभिन्न मेडिकल कलेजहरू खुले। शिक्षा, स्वास्थ्य र सीप विकासका लागि पोलिटेक्निकल इन्स्टिच्युटको बिस्तार भए। दलित र मधेसी समुदायका छोराछोरीहरूलाई पढाउन नर्सिङ कलेज स्थापना गर्ने काम भए। हुलाकी राजमार्गदेखि निजगढ विमानस्थलको कामलाई अघि बढायौं।
काठमाडौंदेखि निजगढसम्म फास्ट ट्रयाकको शिलान्यास मेरै पालामा भयो। पोखरा होस् वा लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मैलै नै भूमिका खेले। मध्यपहाडी राजमार्गमा १० ठूला स्मार्ट सिटी निर्माण गर्ने काम सुरुवात भयो।
एमाले अध्यक्ष ओलीलाई गाली गर्नेबाहेक तपाईंसँग एजेन्डा छैनन् भन्ने आरोप छ नि ?
केपी ओलीले हावादारी कुरा गर्नेबाहेक अरू के जान्नुभएको छ ? पानी जहाज चलाउने रे ! अहिले पानी जहाज कम्पनी खडा गर्ने स्थित छ ? पानी जहाज कम्पनी कतिखेर खडा गर्नुपर्छ भन्ने कुराको कुनै ज्ञान छ ?
लगानी र मुनाफाको राम्रो हिसाब किताब नगरी हावा कुरा गर्ने ? जस्तो कि, भाडाको गाडी प्रयोग गर्दा १ लाख लाग्ने र निजी गाडीको प्रयोग दर्ता ५ लाख खर्च हुन्छ भने कुन गाडी प्रयोग गर्नुपर्छ ? त्यस्तो बेला सबैले भाडाको गाडी प्रयोग गर्छन् नि !
अन्तर्राष्ट्रिय विमान स्थलको केही पनि काम गरेनन्। फास्ट ट्रयाकको कामलाई गति नै दिएनन्। लुम्बिनी विकासको त्यत्रो परियोजना थियो। यी सबै कुरामा ध्यानै दिएनन्।
कुनै बेला भाडाको गाडी महँगो र निजी सस्तो पर्ने भयो भने निजी प्रयोग गर्नुपर्ने हुन्छ। राज्यले गर्ने पनि त्यही हो। पानी जहाज कम्पनी त्यो हो ? कुन कामले प्राथमिकता पाउनुपर्छ भन्ने कुरामा (ओली) लाई कुनै मतलव नै छैन।
निजगढमा अन्तर्राष्ट्रिय विमान स्थलको केही पनि काम गरेनन्। फास्ट ट्रयाकको कामलाई गति नै दिएनन्। लुम्बिनी विकासको त्यत्रो परियोजना थियो। यी सबै कुरामा ध्यानै दिएनन्। अनि दुई चारवटा खुत्रुके काम गरेर मैले यस्तो गरे, उस्तो गरे भन्न पाइन्छ ?
-
फास्ट ट्रयाक र निजगढ विमानस्थलको निरीक्षण गरेको छु। यी मेरा ड्रिम प्रोजेक्ट हुन्।
-
केपी ओलीमा म पार्टीभन्दा माथि हुँ, भन्ने अहंकार र दम्भ थियो। कम्युनिस्ट पार्टीमा त्यो चल्दैन।
-
उहाँको संविधान विरोधी कामलाई हामीले समर्थन गर्नुपथ्र्यो ? हामी आदेशका पालक मात्रै हौं त ?
एउटै पार्टीमा हुँदा त तपाईंहरूले पनि झक्झक्याउन सक्नुहुन्थ्यो नि ?
नारायणहिटी दरबारलाई भयंकर ठूलो म्युजियम बनाऔ भनेर मैले कति पटक भने। नेपालको चार/पाँच हजार वर्षको इतिहास, संस्कृति, कला र ऐतिहासिकता त्यहाँ झल्किन पाओस भन्ने मेरो सोच र योजना थियो। त्यहाँ रामापिथिकसको पालाको मान्छेको जुन पाइला दाङमा पाइएको छ, त्यो चिजको अवशेष राखियोस।
प्रचण्डलाई अध्यक्ष कसले बनाएको थियो ? मैले कि केपी ओलीले ? केपी ओलीको चाहना त माधव नेपाल कहिल्यै पनि अध्यक्ष नहोस् भन्ने थियो। प्रचण्डलाई प्यारो ठानेर हामी दुई पाइलटले हाँकिरहेका छौं भनेर गफ दिएको होइन। अनि, प्रचण्डलाई मैले पार्टी सुम्पिन खोज्यो भन्न सुहाउँछ ? बोल्नुभन्दा पहिला त लाज मान्नु पर्यो नि !
गोपालवंशी शासकदेखि गणतन्त्रसम्मका इतिहास, संस्कृति र ऐतिहासिकता हेर्न पाइयोस। जम्मै राजाहरूको जन्मदेखि मृत्युसम्मका एक/एक ऐतिहासिक पक्षहरू नारायणाहिटीमा राखिएको भए किताब पढ्नै पर्दैनथ्यो, हेरेरै थाहा पाइन्थ्यो।
त्यसो गरेको भए विश्वका पर्यटकहरू नेपाल बुझ्न आउँथे। त्यो बनाऔंन भन्दा–भन्दा म थाकेँ। किन नमानेको भन्दा माधव नेपालले विचार ल्याएको हुनाले रे। त्यस्तो पनि हुन्छ ? निजगढ विमानस्थल निर्माणका विषयमा म कराउँदै गए। केपी ओलीले कहिल्यै सुनेनन्।
फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढेन नि ?
धेरैपटक फास्ट ट्रयाक र निजगढ विमानस्थलको निरीक्षण गरेको छु। यी मेरा ड्रिम प्रोजेक्ट हुन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल त ‘गेमचेन्जर’ प्रोजेक्ट हो।
-
प्रचण्डलाई अध्यक्ष कसले बनाएको थियो ? मैले कि केपी ओलीले ?
-
प्रचण्डलाई मैले पार्टी सुम्पिन खोज्यो भन्न सुहाउँछ ?
-
त्यसबेला सत्ताको घोडाबाट मात्रै होइन्, सत्तााको हात्ताीमा चढेकालाई तल झार्ने कुरा कम चुनौतीको थियो ?
तत्कालीन प्रधानमन्त्री केपी ओलीले किन नमान्नु भएको होला ?
मैले पर्यटन र जलविद्युत्लाई ‘इन्जिन अफ ग्रोथ’ भन्छु। विकासका लागि यी इन्जिन हुन्। नयाँ–नयाँ इनोभेसन गर्ने र प्रत्येक कामको अनुगमन गर्ने प्रणालीलाई बलियो बनाउने कुरा त गर्न सकिन्थ्यो। पाँच वर्षे स्थायी सरकारका लागि त्यो राम्रो अवसर थियो।
त्यसमा मेरो र प्रचण्डजीको पनि समर्थन थियो। पार्टीका अरू नेताहरूको पनि समर्थन थियो। तर, केपी ओलीलाई एजेन्डासँग मतलब थिएन। म हुँ, म सर्वज्ञानी हुँ। सबैथोक मै मात्र हुँ (आईएम अल इन अल भन्ने थियो। म पार्टीभन्दा माथि हुँ, भन्ने अहंकार र दम्भ थियो। कम्युनिस्ट पार्टीमा त्यो चल्दैन।
यी विषयमा पार्टीमा छलफल गरेर समाधान निकाल्न सकिन्थ्यो होला नि ?
त्यतिबेला उहाँ (केपी ओली) बैठकै नबोलाउने। बैठकमै नआउने। हामी बैठक बसिरहेका थियौं। बैठक छोडेर प्रतिनिधिसभा भंग गर्ने मान्छे उहाँ होइन् ? उहाँले भ्रष्टाचारलाई मात्रै प्रोत्साहन दिनुभयो।
प्राइभेट कम्पनीहरूलाई पोस्ने र पूरै देशका कम्पनीहरूलाई बर्बाद बनाउने काम गरेको होइन ? एसम्यान र आफ्ना चेलचपेटी पोस्ने मात्रै काम गर्नुभयो। लुट्न सके लुट भन्ने खालको काम गर्नुभयो। त्यस्तो प्रवृत्तिका मान्छेले हामीमाथि आरोप लगाउने ? अनि, हामीले काम गर्न नदिएको कि, गर्न नसकेको ? भन्न सक्नुपर्यो नि !
-
पुष्पलालले पनि बिद्रोह गर्नुपरेको थियो। रूसी क्रान्तिको सन्दर्भमा पनि यस्ता घटना भएका थिए।
-
कोर्डिनेसन केन्द्रको स्थापना गर्ने म, झलनाथजी र मुकुन्द न्यौपाने एकीकृत समाजवादीमा छौं।
-
घनश्याम भुसालले किन बिद्रोह गर्नुपर्यो ? पार्टीमा भीम रावलले पिल्सिएर बस्नुपर्ने अवस्था छ।
त्यो बेला तपाईं र प्रचण्डसँग पार्टीको बहुमत थियो। पार्टी नफुटाएर ओलीलाई महाधिवेशनमा लगेर पाखा लगाउन सकिन्थ्यो होला नि !
उहाँले प्रतिनिधिसभा भंग गरेपछि हामीले के गर्ने त ? उहाँको संविधान विरोधी कामलाई हामीले समर्थन गर्नुपथ्र्यो ? संविधानलाई मास्ने उहाँको कदमलाई साथ दिनुपथ्र्यो ?
पार्टीको बैठक बसौंभन्दा नमान्ने। अनि, बालुवाटारको सचिवालय भवनमा हामी बैठक बसिरहेका छौं, त्यही निवासमा बसेर उहाँ षड्यन्त्रणको योजना बनाउँदै हुनुहुँदो रहेछ। अनि एक छिनमा त संसद् भंग भइसक्यो भन्ने खबर आउँछ।
हामी आदेशका पालक मात्रै हौं त ? उहाँको एक्लौटी हैकम चल्नुपर्ने हो ? जो राणा, पञ्चायती तानासाह, र ज्ञानेन्द्रको शासनसँग लडे, कम्युनिस्ट पार्टीको नेता तानासाह भयो भनेर सहज रूपमा स्वीकार गर्नुपथ्र्यो र ?
असंवैधानिक र गलत काम गरेपछि उहाँलाई स्पष्टीकरण सोध्नुपथ्र्यो कि पर्दैनथ्यो ? अनि, स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीपंक्तिबाट कारबाही गर्नुपथ्र्यो कि पर्दैनथ्यो ? त्यो बेला निर्वाचन आयोगलाई पार्टीका तर्फबाट चिठी लेख्यौं।
आयोगले त्यसअनुसार निर्णय गरिदिएको हुन्थ्यो भने पनि कम्युनिस्ट पार्टी बच्थ्यो। दुईतिहाइ बहुमत हामीसँग रहन्थ्यो।
प्रचण्डलाई पार्टी बुझाउन खोज्नुभएको आरोप तपाईंमाथि थियो नि ?
प्रचण्डलाई अध्यक्ष कसले बनाएको थियो ? मैले कि केपी ओलीले ? केपी ओलीको चाहना त माधव नेपाल कहिल्यै पनि अध्यक्ष नहोस् भन्ने थियो। प्रचण्डलाई प्यारो ठानेर हामी दुई पाइलटले हाँकिरहेका छौं भनेर गफ दिएको होइन। अनि, प्रचण्डलाई मैले पार्टी सुम्पिन खोज्यो भन्न सुहाउँछ ? बोल्नुभन्दा पहिला त लाज मान्नु पर्यो नि !
आलोपालो प्रधानमन्त्री हुने, पार्टी अध्यक्षमा पनि आलोपालो नेतृत्व गरौं भनेर केपी ओलीले सहमति गरेको होइन् ? हामीसँग सोधेर त्यस्तो सहमति गरेको थियो र ? गोप्य कागजमा सही गरेको होइन् ? प्रचण्डजी गलत कुराको बिरुद्धमा जुध्नु भयो।
बिना कारण मैले उहाँलाई पन्छाउनु पर्ने ? के अपराध भएको थियो र ? ओली कस्तो पार्टी अध्यक्ष हो ? महाधिवेशनबिनै ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई ५ सय ५६ को बनाइदिने ? ५ सय ५६ ले नपुगेर १ हजार ५ सय १ जनाको बनाइदिने ? यस्तो तमासा कहीँ हुन्छ ? यस्तो त कुनै निजी कम्पनीमा पनि हुँदैन।
एमाले जन्माउनुभयो, हुर्काउनुभयो। त्यही पार्टी छोडेकोमा पश्चाताप महसुस गर्नुहुन्छ ?
आफैंले जन्माएको पार्टी छोडेर हिँड्दा पक्कै पनि राम्रो लागेको छैन। तर, विद्रोह एउटा बाध्यता हुँदो रहेछ। मेरा सामु तीनवटा विकल्प थिए। पहिलो केपीको खुट्टा समात्नुपथ्र्यो। समर्पण गर्दै, हजुर भन्दै ढोका ढकढक्याउने, शिर निहुर्याएर बा…बा भन्नुपथ्र्यो।
माधव नेपालबाट त्यस्तो किमार्थ सम्भव थिएन। दोस्रो विकल्प थियो– यो राजनीतिक जटिलता देखेर भाग्ने र गेरुबस्त्र लगाएर रुद्राक्षको माला जप्दै जंगलतिर जाने। त्यस्तो पलायन भएर जाने मान्छे म पक्कै होइन्। तेस्रो थियो, न्याय र सत्यको निम्ति चट्टानी अडानका साथ उभिने।
जस्तोसुकै चुनौतीको सामना गर्ने र पार लाग्दैन कि भन्ने मान्छेलाई पार लगाएर देखाइदिने। त्यसबेला सत्ताको घोडाबाट मात्रै होइन्, सत्ताको हात्तिमा चढेकालाई तल झार्ने कुरा कम चुनौतीको थियो ?
कम्युनिस्ट पार्टीलाई जोगाउन, रक्षा गर्न र क्रान्तिकारीकरण गर्नकै लागि मैले बिद्रोह गरेको हो। कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाएर लैजान निरन्तर लागि रहन्छु।
ओलीले किन त्यस्तो गर्नुभयो होला ?
बरु, गिरिजाप्रसाद कोइरालाले मेरो सम्मान गर्नुहुन्थ्यो। उहाँले प्रधानमन्त्रीको अफर पनि गर्नुभयो। हुन त ०६२/०६३ को जनआन्दोलन सफलतापछि मैले नै गिरिजाबाबुलाई प्रधानमन्त्रीको अफर गरेको थिएँ।
जब कि त्यतिखेर पाँच दलीय गठबन्धनमा मलाई प्रधानमन्त्री बनाउने निर्णय थियो। तर, मैले नै गिरिजाबाबुलाई पहिलो प्रधानमन्त्री बनाऔं भनेँ। त्यसकारण पनि गिरिजाबाबुले गुन तिर्नुभएको होला। पछि, मलाई प्रधानमन्त्रीको अफर गर्नुभयो। संविधानसभा सदस्य बन्न दबाब दिनुभयो। मेरो योग्यता, खुबी र क्षमता भएर होला।
प्रचण्डजीले पनि संविधानसभामा जान प्रस्ताव लिएर आउनुभयो। पार्टीभित्र झलनाथजी, ईश्वर पोखरेलले पनि दबाब दिनुभएको थियो। सिंगै पार्टी केन्द्रीय कमिटीले दबाब दियो।
त्यसपछि मात्रै म संविधानसभा जान तयार भए। पछि संवैधानिक समितिको सभापति पनि भएँ। संविधान बनाउने काममा भूमिका खेले। ०४७ को संविधान, ०६३ को अन्तरिम संविधान र संविधानसभाबाट बनेको संविधानमा मेरो महत्वपूर्ण भूमिका रह्यो।
केपी ओली हेर्नुहोस् त, कस्तो मान्छे हो ? उहाँसँग पैसा मागेको छु ? कुनै पद मागेको छु ? गणतन्त्र विरोधीलाई गणतन्त्र आइसकेपछि उपप्रधानमन्त्री बनाइदिएँ। समय–समयमा उहाँलाई माथि उठाउने काम गरेँ।
तर, सुरुदेखि नै उहाँ मदन भण्डारी फाउन्डेसनको नाममा गुटबन्दी गर्दै हिँड्नुहुन्थ्यो। गुटबन्दी गरेर पार्टीलाई तहसनहस गर्ने काम मात्रै गर्नुहुन्थ्यो।
-
गिरिजाप्रसाद कोइरालाले मेरो सम्मान गर्नुहुन्थ्यो। केपी ओली हेर्नुहोस् त, कस्तो मान्छे ? गणतन्त्र विरोधीलाई मैले नै गणतन्त्र आइसकेपछि उपप्रधानमन्त्री बनाइ दिएको होइन।
-
यो गठबन्धन नबनेको भए संविधान सिद्धिसक्थ्यो, गणतन्त्र जोखिममा परिसक्थ्यो।
-
ओलीले बनाएको गठबन्धन ‘राजा आऊ, देश बचाऊ’ भन्ने र देशलाई बिखण्ड गर्न चाहनेहरूको गठबन्धन हो।
केपी ओलीले त अन्याय गर्यो भन्नुहुन्छ। गठबन्धनमा न्याय भइरहेको छ ?
यो गठबन्धनबारे गुनासो गर्ने समय होइन्। गठबन्धनको मूल्यांकन पछि गरौंला। समय अनुसार कुरा गर्नुपर्छ। मसानघाटमा गएको बेला गीत गाउनु हुँदैन। विवाहमा जाँदै गरेको बेला शोक मनाउनु हुँदैन।
चुनावबाट गठबन्धनको नतिजा कस्तो आउने अनुमान छ ?
गठबन्धनको प्रचण्ड बहुमत आउँछ। गठबन्धनको शानदार सफलता हुन्छ। यसको उद्देश्य पवित्र छ। यो प्राकृतिक गठबन्धन हो। अहिलेको आवश्यक्ता पनि हो।
संविधानको रक्षा गरेको छ, गणतन्त्र जोगाएको छ। संघीयताको रक्षा गरेको छ। यो गठबन्धन नबनेको भए संविधान सिद्धिसक्थ्यो, गणतन्त्र जोखिममा परिसक्थ्यो। संघीयता धरासायी पार्ने स्थिति बनिसकेको हुन्थ्यो।
एमालेले बनाएको गठबन्धनलाई कसरी बुझ्नुभएको छ ?
त्यो त राजा आऊ, देश बचाऊ भन्ने र देशलाई बिखण्ड गर्न चाहनेहरूको गठबन्धन हो।
उपेन्द्र यादवको पार्टी गठबन्धनमा नअटाउनुको कारण के थियो ?
उपेन्द्र यादवजीका आफ्ना पीडा र वेदनाहरू होलान्। उहाँले आफ्नो हिसाबले सिट संख्याबारे माग गर्नुभएको होला। तर, मिलाउन गाह्रो हुन्छ। दाजुभाइबीचमा सम्पत्ति बाँडफाँड गर्दा त कति गाह्रो हुन्छ ?
यो त अलग–अलग पार्टीको बीचमा तालमेल गर्ने कुरा हो। कांग्रेसभित्र आफ्नै किसिमको समस्या छन्। माओवादीका पनि आफ्ना समस्या छन्।
जसपा र एमालेको मिलनलाई कसरी बुझ्नुभएको छ ?
उपेन्द्रजी प्रतिमेरो सद्भाव छ। उहाँ र हाम्रा पीडा–बेदना उस्तै–उस्तै हुन्। उहाँले मसँग पनि सेयर गर्नुभएको थियो। विभिन्न परिस्थितिको कारणले उहाँ जानुभएको होला।
संविधान बचाउने आन्दोलनमा गठबन्धन स्वाभाविक होला। चुनावमा पनि गठबन्धन राम्रो हो र ?
यो निर्वाचन प्रणालीले कुनै एउटा पार्टीको बहुमत आउने स्थिति देखिँदैन। ०७४ मा त्यति अनुकूल अवस्थामा पनि एमालेको एक्लो बहुमत आएन। अहिले पनि स्थिति त उही हो। संकटको बेलामा सँगै मिलेकाहरू चुनावमा पनि मिलेर जाऔं भन्ने प्रस्ताव आयो।
अर्को पक्षले प्रतिगामी गठबन्धन गरेपछि हामीले अग्रगामी गठबन्धन गर्नु स्वाभाविक हुन्थ्यो। पश्चगामी बाटो हिँड्नेहरूका बिरुद्ध अग्रगामी बाटो हिँड्नेहरू मिलेर जाने कुरा स्वाभाविक हो।
गठबन्धनका दलहरूको भोट ‘ट्रान्सफर’ हुन्छ त ?
त्यो ‘कल्चर’ हामीले बसाल्नुपर्छ। इमान्दारिता देखाउनुपर्छ। कार्यकर्तालाई सिकाउनुपर्छ। त्यस्तो नगर्ने माथि कडाइका साथ कारबाही गर्नुपर्छ।
चुनावमा तपाईंको पार्टीको पोजिसन कस्तो आउने अनुमान छ ?
हाम्रो पार्टीको अवस्था धेरै ठूलो त हुँदैन। चौथो शक्ति हुन्छौं। संख्याको हिसाबले चौथो भए पनि राजनीतिक हिसाबले प्रबल भूमिकामा हुने छौं।
गठबन्धनबाट चुनावपछिको प्रधानमन्त्री को हो ?
मान्छेहरूले चुनावपछि गठबन्धनबाट प्रधानमन्त्री बन्नेमा तीन जना नेताको नाम लिने गर्छन्। कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट प्रधानमन्त्री हुने हो। अब बुझिहाल्नुभयो होला। परिस्थितिले के भन्छ ? त्यसको आधारमा हुन्छ।
चुनावपछि एमालेसँग पार्टी एकता सम्भव छ ?
संसारमा असम्भव कुरा केही छैन। यही रवैया भयो भने त अर्को संसारमा पनि सम्भव छैन।
कस्तो रवैया ?
कुसंस्कार। व्यक्तिवाद। अहंकार। दम्भ। निरंकुश प्रवृत्ति। गलत प्रवृत्तिलाई प्रोत्साहन।
अन्नपूर्ण पोस्ट्बाट