संगीतकार मिथुनको अंगालोमा गायिका पलक

भारतीय चर्चित गायिका पलक मुछाल र संगीतकार मिथुन विवाह बन्धनमा बाँधिएका छन् । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो भने नोभेम्बर ६ मा विवाह सम्पन्न भएको थियो ।

यो विवाहमा जोडीका परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी भएका थिए ।

पलक र मिथुनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । यी तस्बिरहरू सेयर गर्दै दुवैले लेखेका छन्, ‘आजबाट हामी दुवै सधैंका लागि एक भएका छौं ।’

भारतीय सञ्चार माध्यामका अनुसार दुबैले मागी विवाह गरेको बताइएको छ । यी दुईले यसअघि सँगै काम गरिसकेपनि उनीहरू कहिल्यै रिलेशनशिपमा थिएनन् । दुवैको विवाह पारिवारिक साथीभाइले तय गरेका थिए । जब पलकका आमाबुवाले मिथुन र उनको परिवारलाई भेटे, दुवैलाई यो सम्बन्ध निकै मन परेको थियो ।

एजेन्सीबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?