टीकापुर, कार्तिक २४
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं. २ बाहेक ४ वटा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट २, नेकपा एमालेबाट ३ र स्वतन्त्र एक गरी छ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन क्षेत्र नं १ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामजनम चौधरी, क्षेत्र नं. ४ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली काँग्रेसका प्रदेशसभापति बीरबहादुर बलायर चुनावी मैदानमा छन् ।
०७४ को निर्वाचनमा चौधरी कैलाली क्षेत्र नं. ३ र बलायर डोटीबाट बामगठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए । चौधरी र बलायर यसपटक पाँचदलिय गठबन्धनको सहारामा निर्वाचन जित्ने दाउमा छन् ।
चौधरी उम्मेदवार भएको क्षेत्र नं. १ मा नेकपा एमाले तर्फबाट तपेन्द्र रावल र रमेश चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ अहिले उनका प्रतिस्पर्धी छन् । बलायर उम्मेदवार भएको क्षेत्र नं. ४ मा नेकपा (एमाले)का तर्फबाट एमाले सचिव एवं पूर्वमन्त्री लेखराज भट्ट मुख्य प्रतिस्पर्धी छन् ।
एमालेका चौधरी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने माओवादी केन्द्रका चौधरी माओवादीको बिरासत कायम राख्ने दाउमा छन् ।
भट्ट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनका तर्फबाट विजयी बनेका थिए । भट्ट जीतलाई निरन्तरता दिने दाउमा छन् भने बलायर सत्तागठबन्धनको मतबाट जित्ने दाउमा छन् ।
त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गौरीशंकर चौधरी चुनावी मैदानमा छन् । विसं २०७४ को निर्वाचनमा उहाँले बामगठबन्धनबाट नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरेका थिए ।
एमाले नेता चौधरीसँग उनका पूर्वसहकर्मी माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चोधरी प्रतिस्पर्धामा छन् । एमालेका चौधरी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने माओवादी केन्द्रका चौधरी माओवादीको बिरासत कायम राख्ने दाउमा छन् । सो निर्वाचन क्षेत्रमा २०६४ देखि माओवादीले जित्दै आएको क्षेत्र हो ।
२०७४ को निर्वाचनमा बामगठबन्धनको समर्थनमा निर्वाचन जितेका चौधरी यसपटक एमालेका उम्मेदवार छन् भने माओवादीका चौधरीलाई सत्तागठबन्धनको समर्थन छ ।
थारु बाहुल्यता रहेको सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी उम्मेदवार छन् । उक्त निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चौधरी, सत्तागठबन्धनका गौरीशंकर र नागरिक उन्मुक्तिका गंगारामबीच प्रतिस्पर्धा हुँदैछ ।
०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनी रानाले काँग्रेस नेतृ आरजु राणा देउवालाई पराजित गरेका थिए । त्यसबेला राना बामगठबन्धनबाट विजयी बनेका थिए ।
त्यसैगरी कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना र नेपाली काँग्रेसका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा छन् । सत्तागठबन्धबाट नेपाली काँग्रेसका डिल्लीराज पन्त उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार नारदमुनी रानाले काँग्रेस नेतृ आरजु राणा देउवालाई पराजित गरेका थिए । त्यसबेला राना बामगठबन्धनबाट विजयी बनेका थिए । यसपटक नेपाली काँग्रेसका उम्मेदवार पन्तलाई सत्तागठबन्धनले साथ दिएको छ भने एमाले उम्मेदवार राना पार्टीको एकल उम्मेदवार छन् ।
यो निर्वाचन क्षेत्रमा सत्तागठबन्धन र एमाले उम्मेदवार रानालाई स्वतन्त्र उम्मेदवार ओझा चुनौतीका रुपमा देखा परेका छन् ।
सत्तागठबन्धनको मत स्वतन्त्रले काट्ने आँकलनले राना जीतलाई निरन्तरता दिने दाउमा छन् भने सत्तागठबन्धनका उम्मेदवार पन्त पाँचदलिय र एमालेभित्रको आन्तरिक किचलो फाइदा उठाउँदै चुनाव जित्ने दाउमा छन् ।
राजधानीबाट