विज्ञान प्रविधि क्षेत्रमा नेपालको अवस्था सुधार्न आवश्यक

काठमाडौ, कात्तिक २४ ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालको अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘विज्ञान कूटनीति’ विषयक छलफल कार्यक्रममा विज्ञले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौडेलले विज्ञानले दुई वा दुईभन्दा बढी देशबीच सूचना र सञ्चारको आदानप्रदान मात्र नगरेर संस्कार र संस्कृतिको पनि प्रचारप्रसार गर्ने बताउनुभयो ।

नेपालमा अझै पनि विज्ञानको क्षेत्रमा सोचेअनुरूप प्रगति नभएको उहाँको भनाइ छ । नेपालले विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै काम गर्न अझै बाँकी रहेको बताउनुभयो ।

जेनेभाका लागि नेपालका पूर्व राजदूत दीपक धितालले विज्ञानमा गरेको लगानी दिगो समयसम्म हुने भएकाले यसमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा विज्ञानको क्षेत्रमा धेरै कामहरू गर्न बाँकी नै छ । यसको क्षेत्रमा सरकारले पनि बजेट वृद्धि गर्नुपर्छ । कोरोना कहरका बेलामा पनि विज्ञान तथा प्रविधिले भ्रामक सूचनाहरूबाट नागरिकलाई बचाउन मद्दत गरेकाले यसप्रति मानिसको चासो अझ बढी रहेको छ ।”

जेनेभाका लागि नेपालका पूर्व राजदूत दीपक धितालले विज्ञानमा गरेको लगानी दिगो समयसम्म हुने भएकाले यसमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको लगानी दिगो हुन्छ । यसकारण सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ । आजको आवश्यकता भनेको विज्ञान तथा प्रविधिको हो ।”

विशेष ज्ञान सीप भएका युवाहरूलाई देशभित्र ल्याउन सुरु गरेको ब्रेन गेन कार्यक्रम पनि त्यति फलदायी नभएको शाहको भनाइ छ । 

यस्तै, ब्राजिलका लागि नेपालका पूर्व राजदूत प्रद्युम्नविक्रम शाहले नेपालका वैज्ञानिकहरू बाहिरी देशमा काम गर्न बाध्य भएकाले नेपालमा आएर काम गर्ने वातावरण सरकाले बनाउनुपर्ने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले बाहिर रहेका विशेष ज्ञान सीप भएका युवाहरूलाई देशभित्र ल्याउन सुरु गरेको ब्रेन गेन कार्यक्रम पनि त्यति फलदायी नभएको शाहको भनाइ छ । उहाँहरूलाई नेपाल भित्र्याउन सरकारले छुट्टैखालको नीति बनाउनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । यस्तै, उहाँले देशको सीमा रक्षाको विषयमा पनि विज्ञान प्रविधिको ठूलो महत्त्व रहेको बताउनुभयो ।

गोरखापत्र अनलाइनबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?