एकै दिन एक हजार तीनसयले बढ्यो सुनको मूल्य

काठमाडौँ, २५ कात्तिक

सुनचाँदी बजारमा आज छापावाल सुनकोमूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला एकहजार तीनसयले बढेको छ। बिहीबार प्रतितोला ९५हजार चारसयमा रूपैयामा कारोबारभएको सुनकोमूल्य आजप्र तितोला ९६हजार सात सय रूपैयाँ तोकिएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार दुईसय छ। तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले बढेर एकहजार दुईसय९५पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारकोसुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?