जसले दिन्छ विकास, उसैलाई मत

मतदाताका अपेक्षा

कमलादेवी गौतम । साझाकथा

नीति बनाएर राज गर्न नेतृत्व चुनेर पठाइन्छ । त्यो नेतृत्वले सामूहिक उद्देश्य प्राप्तिका लागि काम गर्छ । त्यसैका लागि अहिले देश चुनावमय भएको छ ।
सबैको ध्यान उम्मेदवारमध्येबाट योग्य र असल नेता चुन्नेतर्फ देखिएको छ ।

चुनिएकाले देश र जनताको पक्षमा काम गरुन् भन्ने अपेक्षा सबैको हुन्छ । असल नियतले देशलाई सही मार्गमा डोहो¥याउन सक्ने नेतृत्व चुन्ने ध्येय यसपटक मतदातामा बढी छ ।

हरेक निर्वाचनबाट यस्तो जनअपेक्षा पुरा भने भएको छैन । प्रत्येक निर्वाचनमा जितेपछि निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिवद्धता फर्केर नहेर्ने खालको प्रवृति अन्त्य हुनुपर्छ भन्ने आममतदाताको बुझाइ पाइन्छ ।

शिक्षक राजु आचार्य भन्छन्,‘समयअनुकूल व्यावसायिक, सीपमूलक र प्राविधिक शिक्षामा ध्यानदिने खालको नेतृत्व रोज्नुपर्छ ।’त्यसका लागि आवश्यक शिक्षा नीति बनाउने लागू गर्ने व्यावहारिक उत्पादनमूलक रप्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो’,

‘नयाँ सोच भएका खासगरि युवालाई जसले जनस्तरको समस्या बुझेको होस्, तिनलाई रोज्नुपर्छ’, डिल्लीबजार काठमाडांैका माधव खनाल भन्छन् । ‘निर्वाचनमा नरम हुने जितेर गाउँ नर्फकने उम्मेदवारको काम छैन’,उनी थप्छन् ।

कालिका -३ का शिक्षक राजु आचार्य भन्छन्,‘समयअनुकूल व्यावसायिक, सीपमूलक र प्राविधिक शिक्षामा ध्यानदिने खालको नेतृत्व रोज्नुपर्छ ।’त्यसका लागि आवश्यक शिक्षा नीति बनाउने लागू गर्ने व्यावहारिक उत्पादनमूलक र प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो’, उनी बताउँछन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गरी गुणस्तरिय सेवा बनाउने नेतृत्व आवश्यक भएको बर्दियाकी सीता बिकको बुझाइ छ । भन्छिन्, ‘विगतमा जेजस्ता उम्मेदवार चुनिए चुनिए, अब त्यसरी हुन्न । भिजन भएका नेता छान्नै पर्छ ।’

‘युवा बेरोजगारीका कारण दुई छोरा विदेश भौंतारिए । लेखपढ गरेर पनि यहाँ काम गर्ने वातावरण भएन ।’ नेतृत्वले स्वदेशमा काम गर्न युवालाई तान्ने योजना र कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

असल र सवल नेतृत्व चुन्न नसक्दा देशले मुहार फेर्न नसकेको युवा तेम्बा तामाङको बुझाइ छ । उनी भन्छन्,‘राष्ट्रियताका सवालमा कट्टर र प्रष्ट धारणा राख्ने नेतृत्वको अपेक्षा छ ।’

आयात निर्यात व्यापारमा अघि बढेका युवा चेतनाथ न्यौपानेले बुझाइमा शान्ति सुरक्षा र लगानीमैत्री वातावरण सिर्जना गर्ने नेताको खाँचो छ । कृषि तथा औद्योगिक उत्पादन बढाउन सकेमात्र समृद्ध नेपालको सपना पूरा हुन्छ ।

न्यौपाने भन्छन्,‘विश्व बजारमा नेपालले धेरै ठूलो हिस्सा नओगटेपनि पहिला उत्पादन बढाएर देश आत्मनिर्भर बनाउनु पर्छ । निर्यात बढाउन उपयुक्त वातावरण दिने नेतृत्वको अपेक्षा गरेको छु ।’

धेरै नयाँ अनुहार र युवा उम्मेदवार देखेकाले परिवर्तन आशाजागेको काभ्रेका कैलाश सापकोटाको भनाइ छ । उनी भन्छन्, ‘प्रविधिमैत्री शिक्षा आजको अपेक्षा हो ।’समाजमा शान्ति, सुरक्षा र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु पहिलो आवश्यकता रहेको उनको बुझाइछ ।

नुवाकोट किस्पाङकी मैया न्यौपाने भन्छिन्, ‘युवा बेरोजगारीका कारण दुई छोरा विदेश भौंतारिए । लेखपढ गरेर पनि यहाँ काम गर्ने वातावरण भएन ।’ नेतृत्वले स्वदेशमा काम गर्न युवालाई तान्ने योजना र कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

निर्वाचनमा आम मतदाताका अपेक्षा पूरा गर्ने खालका उम्मेदवार पक्कै पनि रोजाइमा पर्नेछन् । मतदातालेधेरैपटक मतदान गरे । कति त पहिलोपटक मतदान गर्ने युवा पनि छन् ।

नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अबको नेतृत्व सफल हुने अपेक्षा गरेको बाराका नारायण पौड्यालको भनाइ छ । उनका अनुसार,निःशुल्क औषधि, स्वास्थ्य बिमा र बर्थिङ सेन्टर चालु भएपछि धेरै खाले समस्या समाधान हुन्छ तर त्यसका लागि सरकारी अस्पतालमा दरबन्दीअनुसार डाक्टर र उपकरण हुनुपर्छ ।

उम्मेदवारमध्येबाट निर्णय क्षमता, इच्छाशक्ति, विषयमा ज्ञान, सही र गलत छुट्टयाउन सक्ने क्षमता भएको, सत्चरित्र र आत्मविश्वास भएको व्यक्ति मतदाताले रोज्नुपर्ने राजविराजका मनोज मिश्र बताउँछन् । उनी भन्छन्,‘मतदाता कठोर भएर नाता लागेको वा आस्था बिचार मात्र हेरेर होइन,धैर्यवान् र त्यागी नेता रोज्नु पर्छ ।’

अब हुने मंसिर ४ गतेको निर्वाचनमा आम मतदाताका अपेक्षा पूरा गर्ने खालका उम्मेदवार पक्कै पनि रोजाइमा पर्नेछन् । मतदातालेधेरैपटक मतदान गरे । कति त पहिलोपटक मतदान गर्ने युवा पनि छन् ।

निर्वाचनका दिन घोषणापत्र मात्र होइन, त्यसको कार्यक्रम र कार्यान्वयनका आधारहरू समेत हेरेर मतदान गर्ने जनमत बढ्दो छ । तिनलाई कार्यान्वयन गर्ने योग्य र विश्वासिलो उम्मेदवारलाई पनि विचार गर्नेमा खासगरि युवापंक्ति तातेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?