उपेन्द्र यादव ‘रेड जोन’मा

वीरेन्द्र रमण

प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएयता जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सप्तरी-२ मै केन्द्रित छन्। गाउँ-टोलीमा चुनावी सभा गरिरहेका छन् भने घरघर धाइरहेका छन्। अघिल्ला निर्वाचनमा प्रायः मधेशका सबै क्षेत्रमा चुनावी कार्यक्रममा दौडधुप गर्ने यादव यस पटक भने अन्यत्र गएका छैनन्।

अध्यक्ष यादवले किन सप्तरी-२ छोड्न सकेका छैनन्? किन अन्य क्षेत्रका चुनावी कार्यक्रममा सहभागी भएका छैनन्? जसपाका एक स्थानीय नेता भन्छन्, “पहिले जस्तो सजिलो छैन। मेहनत नगर्ने हो भने यस पटक हार्न बेर छैन।”

नेकपा (एमाले)को साथ पाएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुन सजिलो छैन।

सप्तरी-२ को चुनावी माहोल हेर्दा पनि त्यस्तै देखिन्छ। जसपा अध्यक्ष यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुरले कडा टक्कर दिइरहेका छन्। अझ यादवको चर्को विरोध गर्दै आएका जनमत पार्टीका अध्यक्ष सीके राउत पनि यहि क्षेत्रबाट उम्मेदवार छन्।

जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुर यसअघि पनि चुनावी मैदानमा भिडेका थिए। २०७४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली कांग्रेसको समर्थनमा यादव उम्मेदवार थिए। उनले २१ हजार ६२० मत पाएका थिए।

त्यतिवेला उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उमेश यादवले ११ हजार ५८० मत पाएका थिए। तेस्रो स्थानमा थिए, जयप्रकाश ठाकुर। स्वतन्त्र उम्मेदवारी दिएका ठाकुरले नौ हजार ४५९ मत पाएका थिए।

गत निर्वाचनमा अध्यक्ष यादवका निकटतम् प्रतिस्पर्धी माओवादीका उमेश यादव अहिले सत्ता गठबन्धनबाट सप्तरी २‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार छन्।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १३ हजार ३१५, लोसपाका वडाध्यक्षका उम्मेदवारले १३ हजार ५४८, माओवादीका वडाध्यक्षका उम्मेदवारले सात हजार ७७६ र एकीकृत समाजावादीका वडाध्यक्ष उम्मेदवारले तीन हजार २७१ मत पाएका थिए।

तेस्रो नम्बरमा रहेका ठाकुर भने लोसपा प्रवेश गरेर उम्मेदवार बनेका छन्। उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। अघिल्लो पटक यादवलाई समर्थन गरेको कांग्रेस मात्रै होइन्, दोस्रोमा रहेको माओवादी पनि ठाकुरकै पक्षमा छ।

यससँगै सत्तारुढ गठबन्धनका नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले उनलाई नै समर्थन गरेको छ। जसपा अध्यक्ष यादवलाई नेकपा (एमाले)ले समर्थन जनाएको छ। तर, एमाले यो क्षेत्रमा त्यति बलियो छैन।

अर्कातिर, जनमत पार्टीका अध्यक्ष राउत चुनावी मैदानमा छन्। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जसपा अध्यक्ष यादवले मधेशलाई ठगेको भन्दै राउतले आन्दोलन नै गरेका थिए।

उनले जसपा नेतृत्वको मधेश सरकारले भ्रष्टाचार गरेको भन्दै प्रदेशका मुख्य शहर तथा जिल्ला सदरमुकाममा एक महीना प्रदर्शन गरेका थिए। त्यसको पनि असर सप्तरी-२ मा देखिएको छ भने राउत प्रतिस्पर्धीका रुपमा उभिएका छन्।

यो निर्वाचन क्षेत्रमा राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्छन्। २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ। राजविराज नगरपालिकामा भने जसपाले जितेको थियो।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा पनि यादव पछाडि नै देखिन्छन्। जसपाका वडाध्यक्षका उम्मेदवार १५ हजार ३७५ र एमालेका वडाध्यक्षका उम्मेदवारले तीन हजार ६९३ मत पाएका थिए।

त्यस्तै, कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १३ हजार ३१५, लोसपाका वडाध्यक्षका उम्मेदवारले १३ हजार ५४८, माओवादीका वडाध्यक्षका उम्मेदवारले सात हजार ७७६ र एकीकृत समाजावादीका वडाध्यक्ष उम्मेदवारले तीन हजार २७१ मत पाएका थिए। यसका आधारमा हेर्दा एमाले-जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार ८९२ पुग्छ।

यो त विगतको मतको हिसाब भयो। यो भन्दा पनि ठूलो झट्का एमालेसँग गरेको गठबन्धनका कारण लागेको छ। सप्तरीमा भएको मलेठ घटना र नागरिकता विधेयकमा राष्ट्रपतिले चालेको कदमको जसपाले विरोध गरेको थियो।

अध्यक्ष यादवले पनि चर्को स्वरमा विरोध गरेका थिए। अहिले एमालेसँग तालमेल गरेको छ। जसलाई ‘मधेश विरोधी’सँगको गठबन्धन भनेर चुनावी नारा बनाइएको छ। अध्यक्ष यादवले यसलाई चिर्न सकेको देखिँदैन।

२०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा पनि उनी सुनसरी-५ र मोरङ-५ बाट उम्मेदवार बनेका थिए। त्यतिवेला भने सुनसरी-५ बाट निर्वाचित भए पनि मोरङ-५ मा भने अमृतकुमार अर्यालसँग पराजित भए।

सप्तरीका चिया पसलदेखि चोकचोकमा हुने चुनावी चर्चामा एमालेसँग गठबन्धन गरेकोमा यादवको आलोचना हुने गरेको छ। उनीहरूले भन्नेका गरेका छन्- बरु मधेश केन्द्रित दलसँगै गठबन्धन गरेको भए हुन्थ्यो, ‘मधेश विरोधी’सँग गठबन्धन गरेर आफैलाई घाटा हुने काम गरे।

चुनावी घरदैलोमा जाँदा पनि मतदाताले किन ‘मधेश विरोधी’सँग गठबन्धन गरेको भनेर यादवलाई प्रश्न गर्दै आएका छन्। यसमा भने उनले स्पष्टीकरण दिँदै आएका छन्- एमालेसँग गठबन्धन गरेको होइन, केही सीटमा तालमेल मात्रै गरेको हुँ।

अध्यक्ष यादव भने सहज रुपमा चुनाव जित्नेमा आशावादी छन्। उनले हिमालखबरसँगको कुराकानीमा भने, “एमालेसँगको तालमेलले निर्वाचनमा केही फरक पार्दैन। जसपा बलियो भएर आउँछ।”

मधेश आन्दोलनबाट उदायका यादव लगातार सत्ता साझेदार बन्दै आएका छन्। उनी २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमको तर्फबाट सुनसरी-५ र मोरङ-५ बाट उम्मेदवार बनेका थिए। उनले दुवै क्षेत्रबाट जितेका थिए।

त्यसपछि २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा पनि उनी सुनसरी-५ र मोरङ-५ बाट उम्मेदवार बनेका थिए। त्यतिवेला भने सुनसरी-५ बाट निर्वाचित भए पनि मोरङ-५ मा भने अमृतकुमार अर्यालसँग पराजित भए।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी सुनसरी र मोरङ छोडेर सप्तरी-२ पुगेका थिए। तत्कालीन राजपा र कांग्रेसको समर्थनमा निर्वाचित भएका थिए। यस पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि त्यहि क्षेत्र रोजेका यादवका लागि लोसपा, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार ठाकुर चुनौती बनेका छन्।

उनलाई विपक्षीले मधेशका मुद्दा छाडेको आरोप पनि लगाउँदै आएका छन्। यसलाई चिर्न पनि यादवलाई सकस भएको छ। उनी भने आफूले मधेशका मुद्दा नछोडेको जिकिर गरे। “नागरिकता समस्या, संविधान संशोधन लगायत मधेशका मुद्दा यथावत छन्, तिनलाई नै बोकेर चुनावमा गइरहेका छौं,” यादवले भने । गत पाँच वर्षमा आफूले यो क्षेत्रमा विकास निर्माण काम गरेकाले पनि जनताले विश्वास गर्ने उनको भनाइ छ।

अध्यक्ष यादवका प्रतिस्पर्धी लोसपाका ठाकुर पनि आफू जित्नेमा ढुक्क छन्। चिया पसल तथा चोकचोकमा चुनावी चर्चामा पनि ठाकुरकै नाम सुनिने गरेको छ। उम्मेदवारी दर्ता गरेदेखि नै उनी चर्चामा छन्।

उनी चुनावी घरदैलो भन्दा पनि कांग्रेस र माओवादीका मत जोगाउनतिर लागेको बताउँछन्। काग्रेस नेता तथा कार्यकर्ताले पूर्ण रुपमा साथ दिए मात्रै पनि आफू जित्ने उनी बताउँछन्।

वैदेशिक रोजगारीमा गएका युवामाझ पनि प्रिय छन्। जसले गर्दा उनी गाउँमा प्रचारप्रसारसँगै वैदेशिक रोजगारीमा रहेका युवासँग सम्पर्क बनाइरहेका छन्।

झन माओवादीको मतले जित फराकिलो हुने उनको आकलन छ। “स्वतन्त्र लड्दा पनि झण्डै १० हजार मत पाएको थिएँ। अहिले त गठबन्धन छ,” ठाकुरले हिमालखबरसँग भने,  “यस्तो अवस्थामा हार्ने भन्ने त कल्पना बाहिरको कुरा हो। यो पटक मेरो जित सुनिश्चित छ।”

यसअघि यो क्षेत्रबाट निर्वाचिन भएका यादवले कुनै काम नगरेको उनको आरोप छ। विकासका हिसाबले राजविराज झन पछाडि परेको ठाकुरको जिकिर छ। “पटक पटक मन्त्री भए, तर विकासका काम गरेनन्,” ठाकुरले भने, “अझ संविधान संशोधन र नागरिकताको विषयालाई उठाएर मत मागे, अहिले नागरिकता विरोधी शक्तिसँग साटगाठ गरे। यस पटक जनताले पाठ सिकाउनेछन्।”

जनता पार्टीका अध्यक्ष राउन पनि आफू जित्ने दाबी गर्छन्। छुट्टै मधेशको नारा लगाएर चर्चामा आएका राउत युवामाझ लोकप्रिय छन्। उनको प्रचारप्रसारमा पनि धेरै जसो युवा देखिन्छन्।

अर्कातिर, उनी वैदेशिक रोजगारीमा गएका युवामाझ पनि प्रिय छन्। जसले गर्दा उनी गाउँमा प्रचारप्रसारसँगै वैदेशिक रोजगारीमा रहेका युवासँग सम्पर्क बनाइरहेका छन्। राउत विदेशमा रहेका युवालाई फोन गरेर भन्ने गरेका छन्- मलाई भोट दिन घरपरिवारलाई आग्रह गरिदिनुस्।

मधेश केन्द्रित दलले कुनै काम गर्न नसकेकाले विकल्पका रुपमा आफ्नो पार्टी आएको उनको भनाइ छ। “मधेशका मुद्दा भजाएर सत्तामा पुगे, मधेशका लागि केही गरेनन्,” राउत भन्छन्।

उनी चुनाव मात्रै निश्पक्ष भइदिनुपर्ने बताउँछन्। “निर्वाचन स्वच्छ भइदिनु पर्‍यो, यस पटक सप्तरीमा कसैले अनुमान नगरेको परिणाम आउँछ,” राउतले भन्छन्,

हिमालबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?