वीरेन्द्र रमण
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर यति वेला महोत्तरी-३ का घर घर धाइरहेका छन्। ७९ वर्षीय ठाकुर घरदैलो कार्यक्रमसँगै चुनावी सभामा व्यस्त छन्। यति व्यस्त रहनुको कारण हो, विपक्षीले गरिरहेको घेराबन्दी।
उनले महोत्तरी-३ मा उम्मेदवारी दर्ता गराएसँगै घेराबन्दी शुरू भएको छ। यो क्षेत्रबाट दोस्रो पटक उम्मेदवार बनेका ठाकुरलाई विपक्षी ठूला दल मात्रै होइन, स्वतन्त्र उम्मेदवारले पनि चुनाैती खडा गरिरहेका छन्। उनीहरूले ठाकुरले यो क्षेत्रका लागि केही गर्न नसकेको भन्दै चुनावी प्रचारप्रसार तीव्र पारेका छन्।
राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवारले एकोहोरो ‘टार्गेट’ बनाउन थालेपछि महोत्तरी-३ बाट लोसपा उम्मेदवार ७९ वर्षीय महन्थ ठाकुरलाई जित दोहोर्याउन मुश्किल भएको छ।
उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले २६ हजार ८४५ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजयकुमार चौधरीले आठ हजार ६७६ मत पाएका थिए। त्यस्तै, स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले चार हजार २० मत पाएका थिए।
त्यति वेला ठाकुरलाई नेपाली कांग्रेसले सघाएको थियो। यस पटक पनि कांग्रेस सहित सत्तारूढ गठबन्धनका चार दलले सघाइरहेका छन्। तथापि, अघिल्लो पटकको जस्तो सहज देखिएको छैन।
यस पटक उनीसँग प्रतिस्पर्धामा जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादव छन्। पूर्व मन्त्री समेत रहेका यादव व्यक्तिगत रूपमा पनि स्थानीय बासिन्दासँग नजिक हुँदै आएका छन् भने जसपाको पनि यो क्षेत्रमा बलियो पकड छ।
त्यस्तै, नेकपा (एमाले)बाट विद्रोही उम्मेदवार रामआधार कापर पनि ठाकुरका लागि चुनौती बनेका छन्। उनी पनि स्थानीय बासिन्दामाझ लोकप्रिय छन्। एमालेले जसपाका उम्मेदवारलाई सघाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
यससँगै ठाकुरका पूर्व सहकर्मी वृषेशचन्द्र लाल पनि यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँताएर लाल उम्मेदवार बनेका हुन्। यसअघि ठाकुरले नै तमलोपा बनाएका थिए। उनी उपेन्द्र यादवसँग एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा)मा गएपछि लालले तमलोपा ब्युँताएका हुन्। अहिले उनै लाल ठाकुरका लागि चुनौती बनेका छन्।
अध्यक्ष ठाकुरको राजनीतिक यात्रा पनि उथलपुथल नै रह्यो। उनले लामो समय कांग्रेस आबद्ध भएर राजनीति गरे। मधेश आन्दोलनका क्रममा उनले कांग्रेस छोडेर तमलोपा गठन गरे। तत्कालीन उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमसँग मिलेर दोस्रो मधेश आन्दोलनको नेतृत्व गरेका थिए, ठाकुरले।
दोस्रो पटक संविधानसभाको निर्वाचन भयो। त्यसमा पनि ठाकुर सर्लाही-४ बाट उम्मेदवार बने। यस पटक पनि उनले जित हासिल गर्न सकेनन्।
सरकारसँग आठबुँदे सम्झौता गरेपछि मधेश आन्दोलन रोकियो। त्यसपछि भएको २०६४ को संविधानसभा चुनावमा उनी सर्लाहीबाट उम्मेदवार बनेका थिए, तर पराजित भए।
त्यसको ६ वर्षपछि २०७० मा दोस्रो पटक संविधानसभाको निर्वाचन भयो। त्यसमा पनि ठाकुर सर्लाही-४ बाट उम्मेदवार बने। यस पटक पनि उनले जित हासिल गर्न सकेनन्।
२०७४ सालको चुनावमा भने उनी सर्लाहीबाट महोत्तरी-३ मा उम्मेदवार बनेका थिए। जहाँ उनले जित हासिल गरेका थिए। यस पटक पनि उनी उम्मेदवार रहेको क्षेत्रमा ९९ हजार ९३० मतदाता छन्।
सत्तारूढ गठबन्धनमा पनि केही असन्तुष्टि देखिएको छ। विशेष गरेर नेकपा (माओवादी केन्द्र) र कांग्रेस कार्यकर्तामा असन्तुष्टि देखिन्छ। यो क्षेत्रमा कांग्रेसको पकड छ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको आँकडा हेर्दा पनि लोसपा यो क्षेत्रमा कमजोर नै देखिन्छ। यो क्षेत्रमा पाँच वटा स्थानीय तह छन्। जसमा जलेश्वर, मनराशिसवा र मटिहानी नगरपालिकाको पूरै क्षेत्र तथा एकडारा र पिपरा गाउँपालिकाका केही वडा समेटिएका छन्। पाँच स्थानीय तहमध्ये मटिहानीमा मात्र लोसपाले जित हात पारेको थियो।
यो क्षेत्रमा भूमिहार निर्णायक मतदाता मानिन्छन्। उनीहरू ठाकुरसँग असन्तुष्ट छन्। ठाकुरले आफ्नै नातागोता र जातिका मान्छेलाई प्राथमिकता दिएको उनीहरूको गुनासो छ।
यसमा ठाकुरले केही सुझबुझका साथ कदम चालेका छन्। प्रदेश सभाका दुवै क्षेत्रमा भूमिहार समुदायबाटै उम्मेदवार बनाएका छन्। महोत्तरी ३ ‘क’ बाट अभिराम शर्मा र महोत्तरी ३ ‘ख’ बाट रानीकुमारी तिवारी लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार छन्।
अर्कातिर, सत्तारूढ गठबन्धनमा पनि केही असन्तुष्टि देखिएको छ। विशेष गरेर नेकपा (माओवादी केन्द्र) र कांग्रेस कार्यकर्तामा असन्तुष्टि देखिन्छ। यो क्षेत्रमा कांग्रेसको पकड छ। कांग्रेसभित्रको असन्तुष्टि मिलाउन सकेनन् भने ठाकुरलाई गाह्रो हुने देखिन्छ। ठाकुरसँग प्रतिस्पर्धामा राजनीतिक पार्टीका १० र स्वतन्त्र ११ गरी २१ जना उम्मेदवार छन्।
राजनीतिक दल र स्वतन्त्र उम्मेदवार उनका विरुद्धमा लागिरहेको भए पनि ठाकुर भने आफू जित्नेमा ढुक्क रहेको बताउँछन्। मधेशी जनताको अधिकार र पहिचानका लागि आफू उम्मेदवार बनेको बताउँदै ठाकुर भन्छन्, “मैले मधेशको विकास र पहिचानलाई स्थापित गरेकाले जनताले मत दिनेछन्।”
जसपा उम्मेदवार हरिनारायण यादव पनि आफूले जनतासँग जोडिएर काम गरेकाले जित हासिल गर्ने दाबी गर्छन्। लामो समयदेखि जनताको घरदैलोमा पुगिरहेको र राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ।
विपक्षीले जति भ्रम फैलाए पनि आफूलाई महोत्तरी-३ का बासिन्दाले विश्वास गर्ने उनको भनाइ छ। “जनताको साथ र समर्थन छ, त्यसैले यो चुनाव मेरा लागि असहज छैन,” ठाकुर भन्छन्।
अध्यक्ष ठाकुर मात्रै होइन, उनका प्रतिस्पर्धी उम्मेदवार पनि जित्नेमा आशावादी छन्। जसपा उम्मेदवार हरिनारायण यादव पनि आफूले जनतासँग जोडिएर काम गरेकाले जित हासिल गर्ने दाबी गर्छन्। लामो समयदेखि जनताको घरदैलोमा पुगिरहेको र राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ।
ठाकुरका पूर्व सहकर्मी तमलोपाका उम्मेदवार वृषेशचन्द्र लाल पनि यस क्षेत्रका मतदाताले आफूलाई विजय गराउनेमा आशावादी छन्। “मधेशी जनताको अधिकार र पहिचानलाई स्थापित गराउन आएका छौं, त्यसैले जनताले विजयी गराउनेछन्,” लाल भन्छन्।
एमालेबाट विद्रोही उम्मेदवार रामआधार कापर पनि जित्ने भएकैले स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन्। “गठबन्धनको विरुद्धमा जनताले मलाई भोट दिनेछन्,” कापर भन्छन्।
हिमालबाट