‘वामपन्थी आधार र स्थानीय चुनावको जनमत मेरो जित्ने आधार’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलबीच झापा-१ मा प्रतिस्पर्धा उत्कर्षमा छ । विगतमा दुईपटक पराजित भएका शर्मा यसपटक सत्ता गठबन्धनको तागतले जित्ने दाबी गरिरहेकै बेला खरेल स्थानीय निर्वाचन वडाअध्यक्षको मत र अन्य वामपन्थी मतको भर परेका छन् । चुनावी मुद्दा, जित्ने आधारलगायतका विषयमा अग्नि खरेलसँग कान्तिपुरका गंगा बीसी  पर्वत पोर्तेलले काँकडभित्तामा गरेको कुराकानी:

‘२०५८ र ०५९ सालमा शेरबहादुर देउवाले विघटन गरेकै हो । यो देशमा संसद विघटन गर्ने कामको सुरुवात गर्ने कांग्रेस हैन ? अहिले ठूला कुरा गर्ने ?’

कस्ता मुद्दा बोकेर मतदाताका घरदैलोमा पुग्दै हुनुहुन्छ ?

मूलभूत राष्ट्रिय मुद्दासँग गाँसिएका विषयवस्तुहरू, हामीले निर्वाचनबाट सरकार बनाइरहँदा के-के गर्छौं ? भन्ने कुराहरू राष्ट्रिय घोषणापत्रले अबलम्बन गरेको बाटोमा हामी हिँड्छौं । घोषणापत्र मियो बनाएर हिँड्छौं ।

तर, त्यसले मात्रै पर्याप्त हुँदैन । ‘स्थानीय घोषणा पत्र’मा पनि यही विषयलाई हामीले अघि सारेका छौं । स्थानीय जनताले पटक-पटक उठाइरहेका विषयहरू यसमा समेटिएका छन् ।

उठाउने मात्रै होइन कि यो समस्याको समाधान के हो ? त्यसको समाधानको खोजी पनि गरिरहेका छौं । हाल फेन्सिङ तारबाट सुरक्षित गरिएको छ । विगतको तुलनामा यसले थोरै भए पनि स्थानीयलाई राहत भएको छ ।

मूलभूत रूपमा भन्ने हो भने ५/६ वटा विषयहरु छन् । केन्द्रले जारी गरेको घोषणापत्रलाई ‘स्फेसिफिक’ गरेका छौं । जस्तो, हात्तीबाट आतंकित क्षेत्र हो यो । हात्तीका अतिरिक्त शान्तिनगर र बाहुनडाँगी क्षेत्र बाँदर प्रभावित पनि छ ।

तर, हात्तीआतंकको कुरा ज्यादा उठाइरहेका छौं । उठाउने मात्रै होइन कि यो समस्याको समाधान के हो ? त्यसको समाधानको खोजी पनि गरिरहेका छौं । हाल फेन्सिङ तारबाट सुरक्षित गरिएको छ । विगतको तुलनामा यसले थोरै भए पनि स्थानीयलाई राहत भएको छ ।

०७० सालमा रविन कोइराला निर्वाचित भएपछि कोइरालाकै अगुवाईमा फेन्सिङ बनाउने काम अघि बढेको हो । यो क्रमशः थप व्यवस्थित हुँदै गएको अवस्था छ । तर, आशातित रूपमा धेरै अघि बढेको छैन ।

स्थायी समाधान के हो ? अस्थायी रुपमा भए पनि जे भइरहेको छ यसलाई निरन्तरता दिएर मान्छेको जीवनलाई जिउन सक्ने अवस्थामा पुर्‍याउनुपर्छ । ५० औं मान्छे हात्तीले मारेको छ उदाहरण यो क्षेत्रमा ।

दीर्घकालीन उपाय स्थानीय प्रतिबद्धता पत्रमा पनि त्यो कुरा लेखेका छौं । त्यो भनेको मेची नदी नेपाल भारतको सीमाना नदी हो । पश्चिमी किनाराचाहिँ नेपालसँंग जोडिएको छ । अन्तर्राष्ट्रिय सीमा नदी भएकाले भारतसँग हामीले छलफल त चलाउनैपर्छ ।

बाहुनडाँगी र शान्तिनगर क्षेत्रमा समस्या छ । सिंचाइ सुविधा नहुँदा उत्पादकत्व घटेको छ । समस्या समाधानका लागि सिंचाइ सुविधालाई अघि बढाउन जरुरी छ । धेरै मान्छे कृषिमा आधारित छ ।

पश्चिमी किनारामा तटबन्धन गर्दा जनताको तटबन्धनअन्तर्गत तटबन्धन गर्नसक्दा उताबाट आउने हात्ती तटबन्धन तरेर आउने अवस्था हुँदैन । यसले स्थायी समाधान गर्न सकिन्छ नि त भन्ने प्रश्न छ । त्यसो हो भने हामी यो बाटो किन नजाने ? त्यसका अतिरिक्त अन्य जति नदी, खोला र खोल्सा छन्, यो निर्वाचन क्षेत्रमा ७ वटा नदी छन् ।

जनताको तटबन्धन कार्यक्रमले यो क्षेत्रलाई किन छोएन ? बिरिङ, कन्काई, कमल, रतुवा, मावामा छन् । झापाका ५ स्थानमा जनताको तटबन्ध आयोजना राख्दा यो क्षेत्रमाथिको सैतेनो व्यवहार किन ? तेश्रो कुरा पूर्वाधार हो ।

पूर्वाधारमा खासगरी सडक विस्तारको कुरा । सडक विस्तार तुलानात्मक रूपमा यो मामलामा बाहुनडाँगी पछि परेको छ । तसर्थ पूर्वाधार विकासको क्षेत्रमा राज्यको ध्यानाकर्षण गर्नुपर्छ र पूर्वाधारमा जोड दिनुपर्छ ।

चौथो कुरा सिँचाइको कुरा छ । बाहुनडाँगी र शान्तिनगर क्षेत्रमा समस्या छ । सिंचाइ सुविधा नहुँदा उत्पादकत्व घटेको छ । समस्या समाधानका लागि सिंचाइ सुविधालाई अघि बढाउन जरुरी छ । धेरै मान्छे कृषिमा आधारित छ । यो ठाउँको विशेषतालाई हेरेर त्यो काम गर्न जरुरी छ ।

विद्यालय, स्वास्थ्य केन्द्र, प्रहरी चौकीका कुराहरू उठेका छन् । द्वन्द्वकालमा प्रहरी चौकी उठे, ती अहिले पनि पुन:स्थापित भएका छैनन् । जनताका माग बढेका बढ्यै छन् । स्वास्थ्य चौकीको स्तरोन्नति, शिक्षाको गुणस्तरीयता, शान्ति सुरक्षाका लागि प्रहरी चौकीको मर्मत सम्भार र थप विस्तारसँगै स्तरोन्नती लगायतका समस्यालाई पनि उठाउन जरुरी छ ।

यो क्षेत्रमा लागूऔषधको कारोबार अत्याधिक बढेको छ । यो बढ्दै जाँदा जिल्लामै भयावह स्थिति हुन सक्ने अवस्था छ । पहिलो प्रभाव सीमानाका भएकाले यही क्षेत्रमा हुने देखिन्छ । यो समस्या समाधानका लागि राज्यको ध्यान जान जरुरी छ ।

मतदाताका कस्ता-कस्ता प्रश्नहरु सामना गर्नु परेको छ ?

पहिलो कुरा त अहिले मैले भनेका कामहरू गरिएन भन्ने छ । जनचासो र सरोकारका काम गरिएन भन्ने छ । अब यसमा त हामी गर्छौं, नगर्ने पार्टीका मान्छे हैनौं, गर्ने पार्टीकै मान्छे हौं भनेर जवाफ दिनु नै अहिलेका निम्त उचित होला ।

यसअघि निर्वाचित भएर गएका नेता, खास गरीकन माओवादीका राम कार्की जनताको सम्पर्कमै आउनु भएन भन्ने आरोप छ । तर, यस्तो कम्तीमा मबाट चाहिँ हुन्न । मैले माइक बजाएर आउँछु भनेको छु ।

‘जित्नका लागि आउने जितेपछि नफर्किने’ रोग त सबै नेताको छ नि ?

एमाले अरुभन्दा फरक किन हो भने अहिले जति पनि गाउँ र समाजमा फरक देखिएको छ, त्यो एमालेको कार्यक्रमबाट देखिएको हो नि ! बहुदलपछि नेपालको विकास अघि बढेकै छ ।

०५१ मा चाहिँ किन आयो ? किन भने यो खालको सामाजिक काम, सामाजिक सुरक्षाको स्किम ल्याएन भने समाजमा पछाडि पारिएको वर्ग र समुदायलाई उठाउन सकिँदैन भन्ने भयो ।

०४८ मा गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार बनिराख्दा खेर, ‘आफ्नो गाउँ आँफै बनाऔं’ भन्ने कार्यक्रम किन आएन ? तर, २०५१ सालमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री, मनमोहन अधिकारीको नेतृत्वको सरकार बन्दा किन आयो ? किन आयो भने, एमाले जहाँ किसान छन्, जहाँ मजदुर छन्, जहाँ समस्या छ त्यहाँ उनीहरुसँगै बसेर काम गर्ने पार्टी हो, त्यसकारणले आयो ।

०४८ मा जेष्ठ नागरिक भत्ताको कार्यक्रम किन आएन ? ०५१ मा चाहिँ किन आयो ? किन भने यो खालको सामाजिक काम, सामाजिक सुरक्षाको स्किम ल्याएन भने समाजमा पछाडि पारिएको वर्ग र समुदायलाई उठाउन सकिँदैन भन्ने भयो ।

त्यो कुराको छाप त जनतामा छ नि । त्यसो भएकाले एमाले अरुभन्दा फरक छ । अरु सरकार बनिराख्दा उनीहरूले गरेका देखिने काम त छैनन् । तर, एमाले सरकारमा हुँदा त त्यो बेलादेखि नै देखिने काम गरेको छ ।

केपी शर्मा ओलीले रेलको कुरा गर्नु भो । अनि जनकपुरमा कुद्दै गरेको रेल केपी ओलीको पालामा किनेको हैन भन्या ? रेलको लिक लगाउने काम केपी ओलीको पालामा भएको छैन ? कागजको रेल कुदाउने मान्छेहरुले आजका दिनमा त आफ्नै जीवनमा अर्को रेल देखेर चढ्न थाल्या छन् ।

अनि अमलेखगञ्जमा पेट्रोलियम पाइप लाइन ल्याउने काम केपी आोलीको पालामा भएको हैन ? अनि पेट्रोलियम पाइप लाइनलाई पूर्वपट्टिबाट पनि छिराएर यही चारआलीमा त्यसको केन्द्र राख्ने कुरा भएको छ ।

शेरबहादुर देउवा डेढ वर्षदेखि प्रधानमन्त्री हुनुहुन्छ उहाँले नै भन्नुस न त । उहाँले गरेको यो बीचको असल कामचाँहि के हो ? जतिबेला पनि अब म प्रतिनिधिसभा विघटन गर्दिन भनेको हैन, अब त किन गर्नु पर्‍यो ?

योबीचमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दिएर त्यसैभित्र, कृषि विकास, उद्योग, हावाई मैदान बनाउने कुरा बाटो चौडा बनाउने कुरा केपी शर्माका पालामा भएका हैनन् ? म महान्यायाधिवक्ता हुँदा ९६ वटा कार्यालयमध्ये ३८ वटा अफिस त मैले उद्घाटन गरेको छु । ३९ वटा अफिस ३७ महिनामा बनाएको छु । ५० वटा अफिस शिलान्यास र उद्घाटन गर्ने मान्छे मै हुँ ।

म संविधानसभामा हुँदा संविधान बनेको हैन, कानुनमन्त्री हुँदा ३६ वटा कानुन मैले बनाएको हैन ? महान्यायाधिवक्ता हुँदा मेरै नेतृत्यमा कानुन मस्यौदा गर्ने कमिटी बनेको थियो, अनि त्यसले ३६ वटा कानुन बनाएर पछि संसदबाट पास भएका हैनन् र ? त्यसमध्ये १७ वटा मौलिक हकसम्बन्धी कानुनहरु मेरै नेतृत्वमा भएको हैन र ?

गिरिजाप्रसाद कोइरालाले ५१ सालमा विघटन गरेकै हो । २०५८ र ०५९ सालमा शेरवहादुर देउवाले विघटन गरेकै हो । यो देशमा संसद् विघटन गर्ने कामको सुरुवात गर्ने कांग्रेस हैन ?

पूर्वप्रधानमन्त्री पाँचै जानले आफ्नो कार्यकालमा भएका राम्रा काम के-के हो भन्नु ? शेरबहादुर देउवा डेढ वर्षदेखि प्रधानमन्त्री हुनुहुन्छ उहाँले नै भन्नुस न त । उहाँले गरेको यो बीचको असल कामचाँहि के हो ? जतिबेला पनि अब म प्रतिनिधिसभा विघटन गर्दिन भनेको हैन, अब त किन गर्नु पर्‍यो ?

उहाँले त उहिल्यै गरिहाल्नु भो नि ! गिरिजाप्रसाद कोइरालाले ५१ सालमा विघटन गरेकै हो । २०५८ र ०५९ सालमा शेरवहादुर देउवाले विघटन गरेकै हो । यो देशमा संसद् विघटन गर्ने कामको सुरुवात गर्ने कांग्रेस हैन ? अहिले ठूला कुरा गर्ने ?

अध्यक्ष केपी शर्मा ओली सरकारले साढे ३ वर्ष लामो कार्यकालमा झापाका सबै क्षेत्रमा समान विकास भएन भन्ने मतदाताको गुनासो सुनिन्छ नि ?

साढे तीन वर्ष केपी ओलीको नेतृत्वको काम हेर्दा, झापामा मात्रै काम हुने भन्ने त भएन । देशव्यापी रूपमा काम गर्नुपर्‍यो । प्रधानमन्त्रीले कुनै एक जिल्ला मात्रै हेर्ने होइन । मदन भण्डारी राजमार्ग एमालेकै नेतृत्वका बेला अगाडि बढेको हैन ? अनि मध्यपहाडी (पुष्पलाल) राजमार्ग नेकपा एमालेकै सपना हैन ? अनि महेन्द्र राजमार्ग ६ लेनको एसियन हाइवे बनाउने र ठेक्का लगाउने कुरा एमालेकै पालामा भएको हैन ?

अनि हुलाकी राजमार्ग वर्षौंदेखि भारतले बनाउँछु भन्यो त कहिल्यै नबनाएपछि ओली नै सरकारमा आएका बेला ‘अब तिमीले लाउन छाड्देउ ठेक्का हामी नै लगाउँछौं, कबुल गरेको पैसा देउ’ भनेपछि उसले कवुल गरेको पैसा फिर्ता गरेर हुलाकी राजमार्ग बन्दै गरेको हैन ?

सुरुङमार्ग भन्नुस् । त्यो एमालेकै पालामा भएको हैन ? कम्प्लिट भएको छैन होला तर सुरुवात कसले गर्‍यो ? त्यो एमालेले नै गरेको हैन ? द्रुतमार्ग एमालेकै पालामा हैन ।

अनि उत्तरतिरका केही मार्गहरू उदाहरणका लागि विराटनगर–इटहरी–धरान जोड्ने सडक बने । जनकपुरकै भन्नुस्, बुटवलकै भन्नुस् ती एमालेकै पालामा भएका हैनन् ? ठूल्ठूला हवाई मैदानहरु, पोखरा, भैरहवा आदिको स्तरवृद्धि गरेर अर्न्तराष्ट्रियस्तरको बनाउने काम कसका पालामा भएको हो ।

अनि सिंचाइ आयोजनाहरु भन्नुस् । सुरुङमार्ग भन्नुस् । त्यो एमालेकै पालामा भएको हैन ? कम्प्लिट भएको छैन होला तर सुरुवात कसले गर्‍यो ? त्यो एमालेले नै गरेको हैन ? द्रुतमार्ग एमालेकै पालामा हैन । एमालेका पालामा देखाउने केही छैन भन्ने कुरा त म मान्दिन ।

अब झापाकै हकमा केही भएका र केही नभएका होलान् । हुँदै नभएको पनि हैन । प्रधानमन्त्रीले झापालाई मात्रै हेर्नुपर्छ भन्ने त हैन होला, सबैतिर देशभरि नै हेर्नुपर्छ ।

राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि धेरै व्यक्ति नागरिकता पाउनबाट वञ्चित भए, यसमा एमालेको धारणा के हो ?

जन्मसिद्धका सन्तानको समस्या होला भन्ने म ठान्छु । रोक्ने काम यही गठबन्धनको सरकारले गर्‍या हो । वास्तवमा हामी सबैले महसुस गरेको समस्या थियो याे । सबैले महसुस गरेको समस्या हुँदाहुँदै पनि हामीले अध्यादेशमा ल्यायौँ । हामीले २०७५ सालमा गृह मन्त्रालयबाट कानुन ड्राफ्ट भएर सम्बन्धित समितिमा गयो, छलफल भयो ।

जन्मसिद्धका बाबुआमाले नागरिकता लिनुभन्दा अगाडि उनका सन्तानलाई समस्या हो यो । त्यसपछि जन्मेका सन्तानलाई नागरिकताको समस्या हुँदैन । ‘निजको जन्म हुँदाका वखत निजका बाबुआमा नेपालका नागरिकता रहेछन् भने’ भन्ने शब्दावली संविधानमा परेको छ ।

निज भनेको नागरिकता लिन चाहने मान्छे हो । निजको जन्म हुँदाका बखत निजका बाबुआमा नेपालका नागरिक रहेछन् । २०६० सालमा बच्चा जन्मियो । निज जन्मिँदा निजका बाबुआमा नेपालका नागरिक नै भएका थिएनन् । ०६३ मा बल्ल नागरिक भए । अर्थात बाबुआमाको नागरिकता ढिलो जन्मियो ।

छोराछोरी छिटो जन्मिए, नागरिकता ढिलो जन्मियो । हो, त्यस्तो जेष्ठ सन्तानलाईं चाहिँ वास्तवमा समस्या हुन्छ भनेर संघीय कानुन बनाएर ठाउँ दिनुपर्छ भनेर संघीय कानुनले सबैलाई समेटेको थियो । तर, संसदमा गएर विधयेक रोकियो ।

धेरै राजनीति गरियो । यति राजनीति गर्नु हुन्नथ्यो नागरिकको हक हितको निम्ति । हाम्रो यसमा खास केही छैन । हाम्रो सरकार बनोस अनि हामी ल्याउँछौ र त्यो जन्मसिद्धका सन्तानलाई नागरिकता दिन्छौं ।

त्यसलाई रोक्ने काम सुरुमा माओवादी मित्रहरुले गर्नुभयो । पछि गएर त्यो आँफै बहुमतका आधारमा प्रकृयामा अगाडि बढ्यो । वैवाहिक अंगिकारलाई ७ वर्षे क्लज लगाउनुपर्छ भन्ने लगायतका कुरा उठ्यो । त्यो पनि पास भयो ।

बहुमत, अल्पमतका आधारमा पास भयो । जन्मसिद्धलाई अघि मैले भनेकै लाइनमा पास गर्‍यो । वैवाहिक अंगीकृतलाई पनि ७ वर्षे क्लज लगाएर पास गरियो । समितिबाट पास भएर अगाडी वढ्यो, त्यसलाई हाउसमा पेश गरेर अघि वढाउने दायित्व त सभामुखको हो नि !

यी माओवादी र सभामुखले अघि बढाउनु भएन त्यो भएर अड्केर बस्यो यो । त्यसपछि हामीले के विचार गर्‍यौ भने केही गर्दापनि संविधानलाई सम्बोधन नगरी नहुने भो, केही गर्दा पनि काम त अघि बढेन । कानुन नबनाइ त भएन । संविधान संसोधन गर्न पनि नसकिने भो तत्काल ।

अनि संसद नबसेको बेलामा अध्यादेश ल्याउन सकिन्छ भनेर केपी ओली शर्माका पालमा अध्यादेश ल्याएको हैन ? अनि त्यो अध्यादेशको विरोध गठबन्धनले गरेको हैन र ?

कानुन अघि बढ्न नदिएपछि, ऐन नै अघि बढ्न नदिएपछि, पास गरेको विधेयक नै अघि नबढेपछि ती नागरिकका सन्तानलाई अप्ठेरो पर्छ भनेरै अध्यादेश ल्याएको हो त ? पहिला त उहाँहरुले राजनीतिक रुपमा विरोध गर्नु भयो ।

पछि अदालतमा मुद्दा दायर गर्नुभयो । त्यसपछि अदालतले रोकिदियो । यसमा धेरै राजनीति गरियो । यति राजनीति गर्नु हुन्नथ्यो नागरिकको हक हितको निम्ति । हाम्रो यसमा खास केही छैन । हाम्रो सरकार बनोस अनि हामी ल्याउँछौ र त्यो जन्मसिद्धका सन्तानलाई नागरिकता दिन्छौं ।

हामीले जतिखेर अध्यादेश ल्याका थियौं त्यतिखेर यिनीहरुले विरोध नगरेको भए त उनीहरुले नागरिकता पाएको त दुई वर्ष भइसक्थ्यो नि अहिले ।

तपाईंले चुनाव जित्ने आधार के-के हुन् ?

स्थानीय जनताबाट प्राप्त जनमत । पछिल्लो पटक यहाँका मतदाताले अभिव्यक्त गरेको जनमत । कम्युनिस्ट पार्टीको व्यापक ठूलो प्रभावको रुपमा रहेको यो क्षेत्र र त्यो कम्युनिस्ट पार्टीलाई व्यापक जनसमर्थन रहेको आधार । मुख्य आधार यिनै हुन् ।

युवा मतदाता थपिएका छन् । उनीहरुको मुद्दा अलि फरक देखिन्छ, उनीहरुलाई समेट्ने कुनै मुद्दा छ तपाईंसँग ?

खासगरीकन पढ्दै गरेका, पढाइ सकेका भर्खरै मात्र मताधिकार प्राप्त गरेका छन । यो ठाउँमा जति कलेजहरु छन् सबै ठाँउमा एजुकेशनका कलेजहरु छन् । आट्स, कमर्श बाहेक अरु शिक्षा छैन । वास्तवमा उनीहरुका लागि प्राविधिक शिक्षा आवश्यकता पर्ने हो ।

दोश्रो, युवा मतदाताहरूले उद्यमी बन्ने कि नबन्ने ? उद्यमी बन्ने बाटोहरु हामीले खोज्ने कि नखोज्ने ? स्वरोजगारका विषयहरु पनि छन् । बाहुनडाँडीमा युवाहरूले पशुपालन पनि गरेका छन् ।

२४/२५ वटा फर्महरुमा २ हजार aढी गाई व्यवसायिक रुपमा पालिएको छ । त्यही व्यावसायिक कामहरुमा अरु युवा पनि लाग्ने हो भने स्वरोजगार बन्ने र धेरै युवाहरुलाई थप रोजगार दिन सक्ने स्थिति पनि छ ।

कृषि व्यवसायलाई पनि पशु पालनलाई झैं व्यावसायीकरण गर्नुपर्छ र अन्य रोजगारीको बाटो सिर्जना गरिनुपर्छ । मुलुकलाई औद्योगिक गर्ने बाटो र भइरहेको कुरालाई व्यवसायिक गर्ने कुरामा जोड दिँदै कषिलाई आधुनिक र व्यवसायिक बनाउने कुरामा हामी जानुपर्छ ।

त्यही कुराले युवा मतदातालाई सहयोग पुग्न सक्छ । अध्ययनमा पनि प्राविधिक शिक्षामै जोड गरिनुपर्छ । त्यसैको निम्ति धुलाबारीमा पूर्वाञ्चल विश्वविद्यालयले सामुदायिक क्याम्पसलाई स्वीकृति दिएको छ ।

झापा १ मा पार्टीभित्रको असन्तुष्टी कसरी व्यवस्थापन कसरी हुनुन्छ ?

यो एकादेशको कथा हो । यो कथा हामीबीचमा चै छैन । यो रविनजीको दिमागमा पनि छैन, मेरो दिमागमा पनि छैन । दिमागमा मात्रै हैन, व्यवहारमा पनि छैन । तर, मेरा विपक्षीले हल्ला चलाउनु भएको छ त्यो भनेको प्वाल पार्ने कोशिस हो ।

उहाँहरुको अधिकतम प्रयत्न भनेकै वामपन्थी मत कसरी लिने भन्ने हो । आफ्नो मतले पुग्दैन । वामपन्थीको मत कसरी लिने, कहाँ कहाँ प्वाल पार्न सकिन्छ भन्ने हो । सके प्वाल पारेर लिने, नभए फकाएर लिने रणनीतिमा उहाँहरू हुनुहुन्छ ।

पार्टी मत पनि त्यो खालको छैन, पार्टीको संगठन प्रभावकारी पनि छैन । पार्टीभत्र उहाँहरु लामो समयदेखि विवाद परेर बस्नुभयो । त्यो विवाद हामीतिर हैन, बरु उहाँहरूतिर चाहिँ छ । त्यो विवादको कुनै गुन्जायास छैन ।

कान्तिपूरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?