Ad Banner

कर्णालीका ३४८ कैदीबन्दीले पाए मताधिकार

मानदत्त रावल
जुम्ला,  कार्तिक २६

कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका तीन सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। 

फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।

कैदीबन्दीको मताधिकार प्रयोग गर्नका लागि कारागारमा अस्थायी मतदान व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताए। उनका अनुसार कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ। 

सोहीअनुसार कर्णाली प्रदेश नौ जिल्लाका ३४८ जना कैदीबन्दीले मताधिकार पाएका हुन्। जुम्ला कारागारका १ सय ७ जना कैदीबन्दीमध्ये १४ जनाले मतदान गर्न पाउने छन्। जुम्लामा मताधिकार पाएका १४ जना सबै पुरुष छन्।

कैदीबन्दीको मताधिकार प्रयोग गर्नका लागि कारागारमा अस्थायी मतदान व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताए। उनका अनुसार कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ।

यस्तै, डोल्पा जिल्ला कारागारका १४ जना कैदीबन्दीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

कैदीबन्दीहरूका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताए। उनीहरूले समानुपातिकतर्फको संघमा मात्रै मत दिन पाउने भए । 

कारागारमा कैद भुक्तान गरिरहेका र डोल्पा जिल्लामै मतदाता नामावली भएका १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।

सुर्खेत कारागारका १०१ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। कैदीबन्दीहरूका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताए। उनीहरूले समानुपातिकतर्फको संघमा मात्रै मत हाल्न पाउने भन्दै कारागारमै मतदान केन्द्रको व्यवस्था मिलाइने निर्वाचन अधिकारी चालिसेले बताए।

दैलेख कारागारमा एक सय २६ जना कैदीबन्दी भए पनि ६३ जनाले मात्र संघीय संसद् प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिकतर्फको मतपत्रमा मत दिन पाउने भएका छन्।

५२ जना कैदीबन्दी तथा थुनुवामध्ये ३२ जनाले मतदान गर्न पाउने जिल्ला कारागार प्रमुख चन्द्रबहादुर गिरीले बताए। कालिकोट कारागारका ५० जना कैदीबन्दीमध्ये २३ जनाले मतदान गर्न पाउने जिल्ला कारागार कार्यालयका प्रमुख नरबहादुर मिजारले जानकारी दिए।

रुकुमपश्चिम कारागारबाट ६६ जनाकैदी बन्दीको नाम निर्वाचन कार्यालयमा पठाइएको छ। रुकुमपश्चिम कारागारमा रुकुमपूर्वमा कारागार नभएका कारण रुकुमपूर्व जिल्लाका कैदीबन्दीलाई पनि राखिँदै आएको छ।

जिल्ला कारागार रुकुमपश्चिमका प्रमुख अकवीर घर्तीले आगामी मंसिर ४ गते निर्वाचनमा रुकुमपश्चिम र पूर्व गरी ६६ जना कैदीबन्दीले मतदान गर्न पाउने जानकारी दिए। कारागारमा रहेका एक सय २४ जना कैदीबन्दीमध्ये ६६ जना कैदीबन्दीले मात्र मताधिकार पाएका छन्।

जाजरकोट कारागारका ५२ जना कैदीबन्दी तथा थुनुवामध्ये ३२ जनाले मतदान गर्न पाउने जिल्ला कारागार प्रमुख चन्द्रबहादुर गिरीले बताए। कालिकोट कारागारका ५० जना कैदीबन्दीमध्ये २३ जनाले मतदान गर्न पाउने जिल्ला कारागार कार्यालयका प्रमुख नरबहादुर मिजारले जानकारी दिए।

सल्यान कारागारका १२६ जना कैदीबन्दीमध्ये १८ जनाले मताधिकार पाएको जिल्ला कारागार प्रमुख राजन कँडेलले बताए। हुम्ला जिल्ला कारागारका १७ जना कैदीबन्दीले मतदान गर्न पाउने प्रमुख जिल्ला अधिकारी सरिता परियारले बताइन्।

नयाँ पत्रिकाबाट

यो पढ्नु भयो ?