मुस्ताङमा एमालेका तुलाचनलाई कांग्रेसका थकालीको कडा टक्कर, दुवैको एजेण्डा कोरला नाका

मुस्ताङमा अस्वित्वमा आएका कांग्रेस र एमालेका उम्मेदवारहरू २०४६ सालको जनआन्दोलनपछिको निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्दै आइरहेका छन्। २०४६ सालपछि कांग्रेसले ३ पटक संघीय निर्वाचन जितेको थियो भने एमालेले २ पटक संघीय निर्वाचन जितेको थियो।

यसपटक २०७४ सालको चुनाव जितेका एमालेका प्रेमप्रसाद तुलाचन र २०७० सालको चुनाव जितेका पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीका छोरा योगेश प्रतिनिधिसभाको चुनावमा आमने/सामने भएका छन्।

एमालेका उम्मेदवार तुलाचनले २०७४ सालको निर्वाचनमा पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीलाई ४८५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभाको सांसद बनेका थिए। त्यससमय एमालेका तुलाचनले ३३१७ मत र कांग्रेसका थकालीले २८३२ मत पाएका थिए।

यसपटक प्रतिनिधिसभाको चुनावमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने पक्का भएको छ। कांग्रेस गठबन्धन र एमालेका दुवै उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुदेश गुरुङले कडा चुनौती दिने मुस्ताङका स्थानीयको भनाइ छ।

यसपटक पूर्व मन्त्री थकालीले युवाहरूलाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने भन्दै युवाहरूलाई चुनावमा उम्मेदवार बनाएका छन्। पूर्व मन्त्री थकालीले कांग्रेस र जिल्लाका कार्यकर्ताको दबाबमा आफ्नै छोरो योगेश गौचन थकालीलाई उम्मेदवार बनाएको बताएका छन्।

यता, एमालेबाट यसअघि प्रतिनिधिसभाको सांसद बनाएका प्रेमप्रसाद तुलाचनलाई पुनः प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। उम्मेदवार तुलाचन यसपटक चुनाव नलड्ने मुडमा थिए।

उनलाई पनि एमाले र कार्यकर्ताको दबाबमा प्रतिनिधिसभाको उम्मेदवार बनाइएको हो। कांग्रेसका २९ वर्षीय थकाली र एमालेका ६२ वर्षीय तुलाचनको घर  मुस्ताङको थासाङ गाउँपालिका-३ लेतेमा पर्छ। दुवैले ज्ञानोदय मावि लेतेबाट मतदान गर्नेछन्।

यसपटक प्रतिनिधिसभाको चुनावमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने पक्का भएको छ। कांग्रेस गठबन्धन र एमालेका दुवै उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुदेश गुरुङले कडा चुनौती दिने मुस्ताङका स्थानीयको भनाइ छ। गुरुङको घर मुस्ताङको घरपझोङ-५ ढुम्बामा पर्छ। उनी अहिले २५ वर्षका भए।

मुस्ताङमा २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा एमालेले जितेको थियो। जसअन्तर्गत प्रदेश ‘क’मा एमालेका इन्द्रधारा विष्टले ११६७ मत प्राप्त गरी विजयी भएका थिए।

उनका निकटतम प्रतिस्पर्धीले ६५७ मत ल्याएका थिए। त्यस्तै प्रदेश ‘ख’मा एमालेका महेन्द्रबहादुर थकालीले २५८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पधीले २२५९ मत ल्याएका थिए।

मुस्ताङमा राजनीतिक हिसाबले सैद्धान्तिक मत करिव ७० प्रतिशत रहने भए पनि बाँकी ३० प्रतिशत मत जाति, भुगोल, व्यक्तिगत प्रभाव र आर्थिक मत खरिदले प्रभाव पार्ने स्थानीय जानकारहरू बताउँछन्।

यसपटक एमालेले २०७४ सालको रेकर्ड दोहोर्‍याउने दाउमा छ भने कांग्रेसले एमालेको २०७४ सालको रेकर्डमा ब्रेक डाउन गर्ने योजनामा छ। त्यस्तै रास्वपाको उम्मेदवारले नेपालको राजनीतिमा एमाले र कांग्रेस दुवै फेलियर भइसकेकाले नयाँ पार्टीलाई जिताउने  दाबी गरेको छ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन जस्तो मुस्ताङका राजनीतिक दलले कुनै तामझाम देखाएका छैनन्। मुस्ताङमा राजनीतिक दलहरू ४-५ जनाको समूह भएर मत माग्न घरदैलो अभियानमा जुटेका छन्।

मुस्ताङका ५ वटै स्थानीय तहमा पार्टीका उम्मेदवार र कार्यकता विभाजित भई जनताको घरदैलो अभियानमा जुटेका छन्। मुस्ताङमा निर्वाचन लक्षित राजनीतिक पार्टीको कुनै सभा, सम्मेलन र कोणसभा आयोजना भएको छैन।

कोरलानाका खुलाउन सम्भव नरहेको बताए। ‘कोरलानाका खोल्नुपर्छ,यसले गण्डकी प्रदेशकै आर्थिक समृद्धिमा योगदान दिन्छ ,उम्मेदवार तुलाचनले भने,’ कोरलानाका खुलाउन राष्ट्रिय र जिल्ला स्तरीय रूपमा अहोरात्र कोरलानाका खोल्न कुटनीतिक रूपमा पहलकदमी गर्नेछौं।

चिसो सहँदै जनताको घरदैलोमा मत माग्न पुगेका कांग्रेस-एमाले उम्मेदवारले उत्तरी कोरला नाकालाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।

उनीहरूले कोरलानाका खुलाउनेदेखि जोमसोम-कोरला सडक कालोपत्रे गर्ने र बेनी-जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन्।

प्रतिनिधिसभामा उम्मेदवार बनेका एमालेका प्रेमप्रसाद तुलाचनले उत्तर-दक्षिण व्पायारिक केन्द्र विस्तार गरी गण्डकी प्रदेश र नेपालकै आर्थिक समृद्धिमा नयाँ आयाम थप्न कोरला नाका खुल्न आवश्यक रहेको औल्याए।

‘हाम्रो मुख्य उद्देश्य कोरलानाका खोल्नु हो, एमाले उम्मेदवार तुलाचनले भने, तर, कोरलानाका खोल्न भने जस्तो त्यति सहज छैन।’

उम्मेदवार तुलाचनले एमाले सरकारकै पालामा उत्तरतर्फका नाकाहरू खोल्नुपर्छ भन्ने उद्देश्यले सडकमार्ग विस्तार भएको र एमालेकै पालामा बेनी-जोमसोम-कोरला सडक आयोजना सुरु भएको दावी गरे।

उम्मेदवार तुलाचनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध नभएसम्म कोरलानाका खुलाउन सम्भव नरहेको बताए। ‘कोरलानाका खोल्नुपर्छ,यसले गण्डकी प्रदेशकै आर्थिक समृद्धिमा योगदान दिन्छ ,उम्मेदवार तुलाचनले भने,’ कोरलानाका खुलाउन राष्ट्रिय र जिल्ला स्तरीय रूपमा अहोरात्र कोरलानाका खोल्न कुटनीतिक रूपमा पहलकदमी गर्नेछौं।

अबको हाम्रो मिसन कोरलानाका खोल्न र कोरलामा भौतिक संरचना निमार्ण गर्दै सडक स्तरोन्नतिलाई तिव्रता दिनेतर्फ हुने बताए।

त्यस्तै कांग्रेस गठबन्धनका उम्मेदवार योगेश गौचन थकालीले  कोरलानाका खोल्न कुटनीतिक पहल थाल्ने बताए। अबको ५ वर्ष मुस्ताङका लागि महत्वपूर्ण समय हो,यसलाई हामीले भरपुर सदुपयोग गर्नुपर्छ, उम्मेदवार थकालीले भने, कोरलानाका खोल्न नेपाल र चीनबीच विश्वासको वातावरण सृजना गर्ने र कोरलानाकालाई व्यापारिक मार्ग हब बनाउन लाग्नेछु।’

असार र भदौ महिनामा लाग्ने अन्तरदेशीय व्यापार मेला समेत हुन सकेको छैन। उपल्लो मुस्ताङमा चिनियाँ सामानको अभाव हुँदा स्थानीय र व्यापारीहरू मर्कामा परेका छन्।

उम्मेदवार थकालीले भने, ‘कोरला नाकामा चीनले ठुला/ठुला पूर्वाधार बनायो, यो संकेत भनेको नाका खुलाउन चीन सकारात्मक छ भन्ने बुझिन्छ, हामीले पनि नाकामा भन्सार लगायतका पूर्वाधार निर्माण गर्नुपर्छ, सडकमार्गलाई पनि व्यवस्थित गर्दैजानुपर्छ।’

मुस्ताङको उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक अहिले ७० प्रतिशत र जोमसोम-कोरला सडक ९० प्रतिशत काम सम्पन्न भईसकेको छ। झन्डै ७ अर्ब बढी लागत रहेको गौरवको सडक आयोजना २०७४/०७५ बाट सुरु भएको हो।

सरकारले उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार गर्न सडक आयोजना सुरु गरेपनि निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न अप्ठ्यारो परेको। कोरलानाका खुलाउने उद्देश्यले सरकारले कोरलानाका आसपास १ हजार रोपनी जग्गा सरकारको नाम लिईसकेको छ।

यस्तै, नाकालाई लक्ष्यगरी मुस्ताङको छोसेरमा सशस्त्रको बिओपि  र लोमान्थाङको थुर्लुङफाँटमा सेनाको क्याम्प समेत बसेको छ। पछिल्ल्लो समय कोरोनाका कारण विगत ३ वर्षदेखि कोरलानाका बन्द छ।  नाका बन्द हुँदा उपल्लो मुस्ताङका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा पर्दै आइरहेका छन्।

बर्सेनि असार र भदौ महिनामा लाग्ने अन्तरदेशीय व्यापार मेला समेत हुन सकेको छैन। उपल्लो मुस्ताङमा चिनियाँ सामानको अभाव हुँदा स्थानीय र व्यापारीहरू मर्कामा परेका छन्। विगत ३ वर्षदेखि कोरलानाबाट नेपालतर्फ भेडाच्यांग्रा समेत आयात हुन सकेको छैन।

तिब्बतमा सास्कृतिक बिद्रोह हुँदा उत्तरी कोरलानाका हुँदै तिब्बती खम्पाहरू नेपाल प्रवेश गरेका थिए। सन् २००३ मा तिब्बती भिक्षु कर्मामा लामा कोरलानाका हुँदै भागेर भारत पसेपछि चीनले मुस्ताङको कोरलानाकामा कडा सुरक्षा निगरानी र नाकामा तारबार लगाउन सुरु गरेको थियो।

अहिले मुस्ताङका राजनीतिक पार्टिले कोरलानाकालाई मुख्य एजेन्डा बनाउँदै गर्दा उम्मेदवार र नेताहरूले भनेजस्तो कोरलानाका खोल्न त्यती सजिलो छैन।

अन्नपूर्ण पाेस्ट्बाट
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?