विराटनगर, कात्तिक २६
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले नेपाल उद्योग वाणिज्य महासङ्घसँगकोे सहकार्यमा शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यशाला गोष्ठीमा कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुव्र्यवहारविरुद्ध आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिइएको थियो।
सहायक निर्देशक हरि पौडेलले आईएलओ महासन्धि र लैङ्गिक हिंसा निवारण ऐनबमोजिम हिंसा तथा दुव्र्यहारविरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ का केन्द्रीय सदस्य डा. अविनाश बोहराले कार्यस्थलका सबै खाले विभेद रोक्नुपर्ने बताए । उनले हिंसाका घटना रोक्न सम्बद्ध पक्षको शून्य सहनशीलता हुनुपर्ने बताए । उनले उद्योगधन्दाभित्र हुने हिंसा एवं यौनजन्य दुव्र्यवहारको परिणामले कर्मचारी तथा श्रमिकमा हुने श्रम मनस्थिति बिग्रिएर उत्पादनमा असर पर्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिए ।
औद्योगिक वातावरणलाई असर पार्ने कुनै पनि पक्षलाई व्यवस्थापकीय पक्षबाट निरुत्साहित गर्नुपर्नेमा बोहराको जोड थियो। महासङ्घका सहायक निर्देशक हरि पौडेलले आईएलओ महासन्धि र लैङ्गिक हिंसा निवारण ऐनबमोजिम हिंसा तथा दुव्र्यहारविरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराए ।
उनले शारीरिक, गैरमौखिक र मौखिक रूपमा हुन सक्ने हिंसाले काममा पु-याउने प्रतिकूल वातावरणविरुद्ध सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा उपस्थित भएका उद्योग प्रतिष्ठानका माथिल्लो तहका कर्मचारीलगायतका सहभागीले उद्योग व्यवसाय, कम्पनी तथा फर्मभित्र हुन सक्ने हिंसाविरुद्ध कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यशालामा प्रतिष्ठानका करिब ४५ जनाको उपस्थिति थियो।