सन्तोष लामा परिवारसहित जस्ताको टहरोमा बस्न थालेको ७ वर्ष पूरा भयो । उनी उत्तरगया गाउंपालिका– ५ खाल्टेस्थित त्रिशुली नदी किनारमा रहेको जस्ताको टहरोमा बस्दै आएका छन् । २०७२ सालको भूकम्पका कारण थातथलोमा पहिरो गएपछि विस्थापित भएर उनि त्यहाँ आएका हुन् ।
उनी मात्र होइन उत्तरगया गाउँपालिका १ तिरु र गोगनेका १ सय ७४ घर परिवार अहिले पनि जस्ताको टहरोमा बस्दै आएका छन् । विस्थापित भएकाहरू त्रिशुली नदी किनारमा जस्ताको अस्थायी टहरो बनाएर बस्न थालेको ७ वर्ष पूरा भयो । एकातिर त्रिशूली नदीमा आउने बाढीको डर, अर्कोतर्फ जस्ताको टहरामा गर्मीका बेला खपी नसक्नु तातो ।
यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र अपाङ्गता भएका व्यक्तिहरू समस्या परेको छ । यहीबीचमा भोट माग्दै आएका धेरै नेताले उनीहरूलाई सुरक्षित स्थानमा सार्ने आश्वासन दिए । तर, उनीहरूका पीडा समाधान गर्न कसैले ध्यान दिएन ।
जाडोका बेला चुहिएको शीतको कष्ट त छँदै छ । तर, ७ वर्ष बित्यो, समस्या समाधान गर्न कसैले चासो दिएन । विस्थापितहरू गाउँ फर्कने अवस्था पनि छैन । पुन:स्थापित नहुँदा उनीहरूको दैनिकी कष्टकर बन्दै गएको छ । ती दु:ख कष्ट भोगिरहेका विस्थापित भूकम्प पीडितको माग एउटै रहेको छ । त्यो हो सुरक्षित आवास । ‘हामिहरूलाई अहिले विकास र रोजगारी चाहिएको छैन,’ सन्तोष लामा भन्छन्, ‘सुरक्षित स्थानमा हामीलाई लगेर राखिदिए मात्र पुग्छ ।’
थातथलो छाड्नुको पीडा एकातिर छ भने अर्कोतर्फ नदी बगरको असुरक्षित बसाइ । बर्खा लागेपछि रातभर सुत्नै पाइँदैन जाग्राम बस्नुपर्छ बुटि तामाङले सुनाइन् । पुस, माघ लागेपछि टहराबाट चुहिने शीतको कुरै नगरौं,’ उनले भनिन्, ‘बिहान उठ्दा ओढ्नी पूरै भिज्छ ।
चैत्र बैसाखमा आउने हावाहुरीले टहरो नै उडाउलाजस्तो गर्छ ।’ यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला र अपाङ्गता भएका व्यक्तिहरू समस्या परेको छ । यहीबीचमा भोट माग्दै आएका धेरै नेताले उनीहरूलाई सुरक्षित स्थानमा सार्ने आश्वासन दिए । तर, उनीहरूका पीडा समाधान गर्न कसैले ध्यान दिएन ।
चुनावका बेला आश्वासनका पोका बोकेर यो बस्ती नपुगेका कुनै नेता छैनन् । उनीहरूका यही पीडालाई नेताहरूले चुनावी एजेन्डा बनाउने गर्छन् । ‘हाम्रो पीडा त कति हो कति कसले सुन्छ र हाम्रो पीर–मर्का,’ मेन्जोङ तामाले सुनाइन् ।
७ वर्ष बितिसक्दा पनि पुन:स्थापनामा न नेताले चासो दिए न सरकारले पीडितहरूको गुनासो समाधान गर्यो । काम गर्नेभन्दा पनि धेरै आश्वासन बाँडेर होला नेताहरूप्रति भूकम्पपीडितको विश्वास गुम्दै गएको छ ।
‘भूकम्प गएदेखि विस्थापितहरूको अवस्था कस्तो छ, समस्या छ कि छैन, कसरी बसेका छन् भनेर सोध्नसमेत छाडिसके,’ उनले आफ्नो दुखेसो पोखिन् । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा नेताहरूले गरेको वाचा अहिलेसम्म पूरा गर्न नसकेको विस्थापितहरूले आरोप लगाए ।
त्यसैले नेताहरूले भूकम्प पीडितहरूको समस्या समाधन गर्छन् भन्ने विश्वास आफूहरूलाई नलागेको पीडितहरु बताउँछन् । ७ वर्ष बितिसक्दा पनि पुन:स्थापनामा न नेताले चासो दिए न सरकारले पीडितहरूको गुनासो समाधान गर्यो । काम गर्नेभन्दा पनि धेरै आश्वासन बाँडेर होला नेताहरूप्रति भूकम्पपीडितको विश्वास गुम्दै गएको छ ।
तस्वीर : हेमनाथ खतिवडा, रसुवा
त्यसैले निरास हुँदै विस्थापित भूकम्प पीडितहरूले भने नेताहरूले जनताका काम गर्छन् भन्ने विश्वास आफूहरूमा नरहेको बताए । भूकम्प गएको ७ वर्ष पूरा भइसक्दा समेत आश्वासनमात्र दिएकाले नेताहरूले जनताको काम गर्छन् भन्ने विश्वास आफूहरूमा नरहेको विस्थापित भूकम्प पीडित छेकु तामाङले बताए ।
बाँकी रहेको ७१ परिवारलाई पनि जग्गा अधिग्रहण गर्न बाँकी नै छ । सुरक्षित पुन:स्थापनाको आशा गरेका यहाँका नागरिकले भूकम्पको पीडा भुल्ने दिन कहिले आउला !
‘भूकम्पले थातथलो बस्नै नहुने अवस्था भएर हामी खोलाको बगरमा छौँ,’ उनले भने, ‘७ वर्ष पूरा भयो, विस्थापित भूकम्पपीडितहरूको समस्या ज्युँकात्युँ रहेको छ ।’ खाल्टेमा बस्ने १ सय ७४ विस्थापित परिवार मध्ये १ सय ३ परिवारलाई तल्लो पहिरेबेसीमा एकीकृत बस्ती बनाएर राख्न सरकारले जग्गा अधिग्रहण गरिसकेको छ ।
‘तर, अहिलेसम्म एकीकृत बस्ती निर्माण हुन सकेको छैन,’ छेकु लामाले भने । त्यस्तै बाँकी रहेको ७१ परिवारलाई पनि जग्गा अधिग्रहण गर्न बाँकी नै छ । सुरक्षित पुन:स्थापनाको आशा गरेका यहाँका नागरिकले भूकम्पको पीडा भुल्ने दिन कहिले आउला !
कान्तिपूरबाट