म छायाँसँग छु ?
म हिँड्दा ऊ पनि हिँड्छ
म बस्दा ऊ पनि बस्छ
म सर्दा ऊ पनि सर्छ
म नाच्छु ऊ पनि नाच्छ
म सुत्छु ऊ पनि सुत्छ
छायाँ, जागा हुन्छ तुरुन्तै
घाम उदाएसँगै।
कतै पानीमा, सिसामा, ऐनामा
देखापर्ने प्रतिविम्ब
बत्तीको प्रकाश छेकिँदा
देखापर्ने अँध्यारो ओझेल पर्छ
टक टलक टहक
कस्तो हुन्छ छनक ?
खान चाहियोस् न लाउन
न्याय–अन्याय ध्यानदृष्टि
शिरदेखि पाउ चकमन्न धाऊ
घरिघरि त लाग्छ उफ्
उफ्, यो कस्तो घाउ ?
चन्द्र–सूर्य किरण छेकिएको ठाउँ
कोल्टो प्रकाशहीन स्थिति
था’छैन यो, यो कस्तो हो परिस्थिति
कालो (अँध्यारो) नभन मलाई ।
लम्बेतान हुँ या छोटो
डल्लेफर्सी जस्तो मोटो
स्फुरित गति कति हिडिँयो कति
रूख, पात, हाँगा फहराएर झन्डा
धुपमा शीतलता प्रदान गर्नु
मेरो कर्म हो मेरो धर्म हो।
शान्त एकान्त तलाउ
वनजंगल, भीरपाखा
कुनाकन्दरा गड्तिरै गड्तिर पनि
लाग्छ, तिमी सँगै लहराउँ
यो पहाड, त्यो पहाड
आकाशमुनि रमाइलो फाँट
कालो मुर्कट्टाजस्तो कला
छायाँ हो छायाँ
जागा हुन्छ तुरुन्तै
घाम उदाए सँगै।
अन्नपूर्ण पाेस्ट्बाट