काठमाडौँ, कात्तिक २६
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन महत्वपूर्ण हुने बताए ।
वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौँ क्षेत्र नं. १० मा शुक्रबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थिरताकै लागि पाँच दलबीच सरकार निर्माण र चुनावी गठबन्धन भएको बताए ।
उनले समावेशी लोकतन्त्रलाई जोगाउने दायित्व गठबन्धनकै काँधमा आएको विचार व्यक्त गर्दै आगामी निर्वाचनपछि देश स्थायित्वतर्फ उन्मुख हुने बताए ।
प्रधानमन्त्री देउवाले जनताले आफ्नो मतमार्फत समुन्नत नेपालका पक्षमा लागेका राजनीतिक दललाई अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रले धेरै सङ्घर्षपछि संविधान पाएको स्मरण गर्दै लोकतान्त्रिक पद्धतिलाई सबलीकरण गर्नुपर्ने दायित्व अबको कार्यभार रहेको बताए ।
उनले भने, “संविधानले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ। आदिवासी, जनजातिसहित सबै नागरिकलाई हकअधिकार दिएको छ। यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ। यसलाई सबलीकरण गर्ने दायित्व हाम्रो हो।”
प्रधानमन्त्री देउवाले स्थायी शान्ति र लोकतन्त्रको संवद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको दाबी गर्दै सत्ता साझेदार दलहरूबीच १०–१५ वर्ष सहकार्य हुने उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यसाथ गठबन्धन बनेको बतार्उ । उनले अघिल्लो दुई पटक संसद् भङ्ग गरिएको स्मरण गर्दै संविधान र लोकतन्त्र बचाएकै कारण गठबन्धनलाई मत दिएर विजयी बनाउन अपिल गरे
उहाँले लोकतन्त्रलाई समृद्ध पार्ने गठबन्धनको लक्ष्य रहेको बताउँदै जनताले पाएको अधिकारलाई अझ सबलीकरण गर्न र लोकतन्त्रको अनुभूति जनतामा होस् भन्ने चाहना रहेको प्रस्ट पारे ।
प्रधानमन्त्री देउवाले स्थायी शान्ति र लोकतन्त्रको संवद्र्धनका लागि गठबन्धन अपिरहार्य रहेको दाबी गर्दै सत्ता साझेदार दलहरूबीच १०–१५ वर्ष सहकार्य हुने उल्लेख गरे ।
तीव्र रूपमा विकास र समृद्धिको गति अगाडि बढाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए ।
नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राखेर मुलुकको विकास गर्न गठबन्धनको जित जरुरी रहेको बताए । उनले तीव्र रूपमा विकास र समृद्धिको गति अगाडि बढाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताए । उनले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि कांग्रेसले ध्यान केन्द्रित गरेको बताए ।
कांग्रेस नेता तथा काठमाडौँ क्षेत्र नं. १० का उम्मेदवार राजेन्द्रकुमार केसी (राजन)ले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताउँदै उहाँले ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको प्रस्ट पार्नुभयो।
गाेरखापत्रबाट