काठमाडौं, कार्तिक २६
नेपाली बजारमा आईहव प्रालिले इलेक्ट्रीक अफरोड बाइक विक्री सुरु गरेको छ । कम्पनील सुरोन २०२१ अफ रोड ई बाइक नेपालमा विक्री सुरु गरेको हो ।
कम्पनीले सेगवे नाइनवट सुरोन २०२१ लाइट बी एलबीएक्स अफरोड बाइक ६ लाख ८० हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । यो अफरोड ई बाइकमा ३ किलोवाट रेटेड पावर (६ किलोवाट पिक पावर) को मोटर रहेको छ । यसमा ७२ भोल्ट ३२ एम्पीयर लिथियम आयोन रिमुभएवल ब्याट्री दिइएको छ । यसमा रहेको मोटरले १०.२ एनएम रेटेड र ३९ एनएम पिक टर्क जेनेरेट गर्छ ।
यसमा रहेको ब्याट्रीमा फास्ट जार्जको सुबिधासमेत रहेको छ । यसलाई डीसी चार्जरले चार्ज गर्दा २.५ घन्टामा फुलचार्ज गर्न सकिन्छ । एक पटक फुलचार्ज गरेर ९५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो ई बाइकमा इको र स्पोर्टस् गरी दुई राइडिङ मोड उपलब्ध छ । यसको टप स्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यसमा फुल डिजिटल डिस्प्ले, डिस्क ब्रेक, यूएसबी चार्जिङ पोर्ट, साइड स्ट्यान्ड सेन्सर, एलइडी हेडलाइट तथा रियरलाइट जस्ता फिचर पाउन सकिन्छ । यो आफरोड बाइक चलाउन निकै सजिलो छ । विशेषत अफरोड एड्भेन्चर राइड चाहने युवाहरुको रोजाईमा पर्ने यो ई बाइक नेपालको पर्यटन क्षेत्र विकासमा पनि सहयोगी हुने देखिएको छ ।
मेराेअटाेबाट
तपाईलाई केहि भन्नु छ ?