साझाकथा संवाददाता
कार्तिक २६
अमला यर्वेदिक औषधि बनाउन प्रयाेग हुन्छ । भिटामिन सी को सर्वोत्तम स्रोत मानिने अमलामा तराइ र पहाडमा जंगलमा पाइन्छ । तीन वटा सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ ।
यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । यो एउटा पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । अचेल कतै खेती गरेकाे पनि पाइन्छ ।
यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र– वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् ।
प्रचुर मात्रामा भिटामिन सी पाइने फल हाे । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ सेमी व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् ।
फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् । आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् ।
अहिले अमलाकाे सिजन सुरू हुन लागेकाे छ । पहिले हामी अमलाकाे तिताैरा तयार गरेर राख्ने र चैत वैशाखकाे गर्मीमा खाने चलन थियाे उत्तरगया गाउँपालिका २ की लक्ष्मी गुरूङले भनिन् अचेत अचार बनाउने गरिन्छ ।
यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि धेरै उपयोगी मानिन्छ ।
अमलाकाे फलले थकाई, वाकवाकी, आध्मान (पेट फुल्ने एक रोग, अपानवायु रोकिनाले छालाको थैलो फुले जसरी पेट फुल्ने रोग) र विष्टम्भ (दिसा रोकिएर पेट फुल्ने रोग विशेष) लाई शान्त पार्दछ । यसले आयु बढाउन मद्दत गर्दछ र चाँडै बुढ्यौली आउन दिँदैन ।
डा थपलियाका अनुसार अमलाकाे बैज्ञानिक नाम : Phyllanthus emblica Linn हाे । अमला सजिलै पच्दछ र अमृततुल्य हुन्छ ।
अमलाको अर्क (आयुर्वेदीक मदिरा) ले त्रिदोष, रक्तपित्त र प्रमेह नाश गर्दछ कविराज डा सत्यराज थपलियाले भने अमिलो कुरा दूधसँग खान हुँदैन तर अमिलो भएपनि अमला भने दूधसँग खान हुन्छ ।
यसले खानमा रुची जगाउँदछ र शीतल गर्दछ । अमला आँखाका लागि हितकर हुन्छ । यो तागतिलो, शरीरको वर्णमा निखार लेराउने, धैर्यवर्धक, वीर्यवर्धक र बुद्धिवर्धक हुन्छ । यसलाइ पकाइएको रसमा पुनः अमलाकै धुलो हाली मन्द आँचमा उमालेर लेदो बनेपछि त्यसलाई घिउ र दूधसँग फिटेर खाने गरेमा यौन–क्षमता वृद्धि हुन् ।
तस्वीरहरू विकिपीिडयाबाट