रियलमीको नयाँ स्मार्टफोन सिथर्टीएस सार्वजनिक, १३ हजार रुपैयाँ पर्ने

काठमाडौं, कार्तिक २७

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सि सिरिज अन्तर्गत नयाँ रियलमी सिथर्टीएस सार्वजनिक गरेको छ । इन्डस्ट्रि लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सिथर्टीएस सुरक्षा र गतिको उत्तम संयोजन भएकाे कम्पनी बताउँछ ।

कम्पनीकाे अनुसार ५००० एमएएच ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी सिथर्टीएसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्नेछ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि सिथर्टीएस राम्रो विकल्प भएकाे बताए । ‘रियलमीको यो सि सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ । डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी सिथर्टीएस हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।

रियलमी सिथर्टीएसका विशेषता

रियलमी सिथर्टीएसको मुख्य विशेषताहरू मध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो । सि सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउनुको साथै निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ ।

माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५ एमएम बडी भएको रियलमी सिथर्टीएसको तौल केवल १८२ ग्राम रहेको छ । रियलमी सिथर्टीएसमा स्क्रिन–टु–बडी रेसियो ८८.७% रहेको छ । युनिसोक अक्टा–कोर प्रोसेसरद्वारा संचालित, रियलमी सिथर्टीएसले प्रयोगकर्ताहरूलाई अत्यन्त सहज सञ्चालन अनुभव प्रदान गर्दछ ।

८ एमपी एआई रियर क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा समावेश गरिएको रियलमी सिथर्टीएस स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरी दुई रंगहरूमा उपलब्ध छन् । यसकाे ३२ जिबिकाे मूल्य १३ हजार ४९९ रुपैयाँ र ६४ जिबीकाे मूल्य १५ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

विकासन्युजबाट
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?