साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान

साझाकथा संवाददाता

काठमाडौँ, कात्तिक २७

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले १२ साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले साहित्यकार प्रा कृष्ण गौतम र सि रिजाललाई क्रमशः दायित्व वाङ्मय विशिष्ट सम्मान, २०७७ र २०७८ बाट सम्मान गरेको हो । यस्तै वाङ्मय सम्मान, २०७७ बाट लुमडी आचार्य र २०७८ बाट गङ्गा कर्माचार्य गौतमलाई सम्मान गरिएको छ ।

वरिष्ठ पत्रकार एवं साहित्यकार भैरव रिसाललाई शङ्कर कोइराला आख्यान पुरस्कार, २०७७ तथा २०७८ बाट साहित्यकारद्वय बनमाली निराकार र इस्मालीलाई सम्मानित गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ ।

त्यसैगरी प्रतिष्ठानले हरिकला–गुणाकार दायित्व रचना पुरस्कार, २०७६ र २०७७ क्रमशः साहित्यकार दिनेशविक्रम थापा (सुर्यनाथ, कविता) र दिव्य गिरी (दुई लघुकथा, लघुकथा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु ११ हजार छ ।

यस्तै दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार, २०७७ र २०७८ क्रमशः छहारी नेपाल र निबन्ध आचार्यलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । जनही रु ११ हजार राशिको दायित्व यशोधा पन्त प्रतिभा पुरस्कार, २०७७ र २०७८ क्रबशः रेणुका भट्टराई र आमा शर्माले प्राप्त गर्नुभएको छ ।

सोही अवसरमा वरिष्ठ पत्रकार एवं साहित्यकार रिसालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकको राजनीति बिग्रेको छ, राजनीतिले सही बाटो लिएको छैन, सर्वोच्च अदालत छ कि छैन, न्याय क्षेत्र चल्दैन, महङ्गी र अभाव छ, सरकारको त्यतातिर ध्यान जाओस् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?