हाडमा होस् या तराईमा, प्रायः पक्की घर वैदेशिक रोजगारीको कमाइबाटै ठडिएका छन् । ग्रामीण भेगमा निजी विद्यालय जाने अधिकांश केटाकेटीलाई बाबाका बारे सोध्ने हो भने प्रायः एउटै उत्तर हुन्छ, ‘विदेशमा हुनुहुन्छ ।’ धेरै विज्ञ तर्क गर्छन्, ‘विप्रेषणले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ ।’
देशका आधाभन्दा बढी घरधुरीले कुनै न कुनै रूपमा विप्रेषण पाउँछन् भन्ने अनुमान छ । राष्ट्र बैंक अनुसार कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी हिस्सा वैदेशिक रोजगारीले ओगट्छ, आर्थिक वर्ष २०७८/७९ मा मात्र १० खर्ब ७ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ ।
वैदेशिक रोजगार बोर्ड अनुसार गत वर्ष ६ लाख २७ हजार ३८१ व्यक्तिले श्रम स्वीकृति लिए, जसमध्ये ४८ हजार २११ महिला थिए । बिदेसिनुपर्ने बाध्यतालाई चुनावका बेला राजनीतिक दलहरूले हल्काफुल्का रूपमा लिएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ का नारा लगाइरहेका छन् ।
केही दिनअघि म पूर्वी नेपालको इटहरीस्थित एउटा बस्ती पुगेकी थिएँ । त्यहाँ वैदेशिक रोजगारीबाट फर्किएका एक विनोद (नाम परिवर्तन) र उनको परिवारसँग भेट भयो । उनी दुई वर्षअघि मलेसिया गएका थिए । त्यहीताका एक दिन अचानक मैतीदेवी (नाम परिवर्तन) ले जानकारी पाइन्, मलेसियामा उनका श्रीमान् लागूऔषधको कुलतमा फसेका छन् ।
संस्थाले उनलाई मनोसामाजिक परामर्श तथा प्राथमिक मानसिक स्वास्थ्यको उपचारसमेत गरिदियो । मैले भेट्दा विनोद निकै दुब्ला देखिन्थे ।
त्यसपछि उनलाई रातभर निद्रा लागेन । भोक पनि हरायो । श्रीमान पठाएको पैसाले उनले विदेश जाँदाको ऋण पनि तिरिभ्याएकी थिइनन् । श्रीमान कसरी नेपाल फर्काउने भन्ने चिन्ता लाग्न थाल्यो । यसै क्रममा वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्ने एक संस्थामा पुगिन् । सो संस्थाको सहयोगमा विनोद नेपाल आउन सफल भए ।
सोही संस्थाले उनलाई मनोसामाजिक परामर्श तथा प्राथमिक मानसिक स्वास्थ्यको उपचारसमेत गरिदियो । मैले भेट्दा विनोद निकै दुब्ला देखिन्थे । मैले केही प्रश्न गर्दा उनी भुइँतिर हेरेर मलिन स्वरमा उत्तर दिन्थे ।
मैतीदेवी भने प्रस्ट स्वरमा भनिरहेकी थिइन्, ‘म धेरै खुसी छु, श्रीमान्लाई घर फर्काउन सकेकोमा ।’ गोठमा बाँधिरहेको गाईतिर देखाउँदै उनले थपिन्, ‘यसले दिनको डेढ लिटर दूध दिन्छ । एक लिटर बेच्छु, आधा लिटर श्रीमानलाइ खुवाउँछु, बच्चाहरूलाई दिने गरेको छैन ।’ उनीहरूका तीन छोरा छन् । जेठा घरबाट भागेर भारत पुगेका रहेछन्, माइला सुन्न र बोल्न सक्दैनन्, कान्छा भने विद्यालय जाँदा रहेछन् ।
नेपाल फर्केपछि विनोदले टुकटुक चलाउन थालेका छन् । आफन्तसँग ऋण लिएर किनेका रहेछन् । यसको कमाइले उनलाई खाजा खान र तेल हाल्न पुग्दो रहेछ ।
उनको वास्तविक उमेर २१ वर्ष रहेछ, तीन वर्षकी छोरी पनि रहिछन् । हामी उनको घरको कोठामा थुप्रेको दाउरामाथि बसेका थियौं ।
श्रीमान् फर्किएपछि खुसी फर्कन्छ भन्ने सोचेकी थिइन् मैतीदेवीले तर सोचे जस्तो भएन । विनोद आफ्नै कमजोरीका कारण यौन सन्तुष्टि पाउँदा रहेनछन्, तर श्रीमतीलाई दोष दिएर कुट्दा रहेछन् । नेपाली समाजमा यस्ता विनोदहरू अनगिन्ती छन् । पितृसत्ताले हुर्काउँदै, बढाउँदै र पोस्तै ल्याएका प्रतिनिधि पात्र हुन् यी ।
केही महिनाअघि म कामको सिलसिलामा सिन्धुपाल्चोक पुगेकी थिएँ । त्यहाँ गौरी (नाम परिवर्तन) लाई भेटें । ३० वर्षकी जस्तो देखिने उनी निकै दुब्ली थिइन् । उनको वास्तविक उमेर २१ वर्ष रहेछ, तीन वर्षकी छोरी पनि रहिछन् । हामी उनको घरको कोठामा थुप्रेको दाउरामाथि बसेका थियौं । सँगै थोत्रो तन्ना बिछ्याइएको सानो खाट थियो । खोलबिनाको, प्वालैप्वाल भएको एउटा सिरक पनि थियो । नजिकै एउटा प्रेसर कुकर, थाल, गिलास र डाडु घोप्टिएका थिए ।
गौरी मकवानपुरबाट चार वर्षअघि भागी विवाह गरी यहाँ आएकी रहिछन् । छोरीलाई पेटमै छाडेर उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका रहेछन् । उनले दुई–चार पटक १०–१५ हजार रुपैयाँ पठाएका पनि थिए रे ! सासू–ससुराले पनि कहाँबाट को आई जस्तो गर्ने भएकाले एक्लै बसेकी रहिछन् ।
पासो देखेर छोरीले ‘मम्मी, पहिला म पिङ खेल्छु अनि तपाईं खेल्नू है’ भनिछन् । यो सुनेर उनको मन परिवर्तन भएछ ।
श्रीमानका साथीहरू मलिन स्वरमा उनलाई भन्दा रहेछन्, ‘तिम्रो श्रीमान्ले मेरो विवाह भएको छैन भन्दै अर्की केटीसँग विवाह गरेको छ ।’ यही कारण होला, उनलाई अचेल फोन नआउने रहेछ । उनले फोन गर्दा पनि ‘व्यस्त छु, डिस्टर्ब नगर’ भन्दा रहेछन् । आफ्नो कुरा सुनाउँदै गर्दा गौरीको बोली निकै मधुरो भइरहेको थियो ।
यस्तै कथा खोटाङकी एक महिलाको पनि छ । उनका श्रीमान् कामको खोजीमा साउदी अरब गएको केही महिनामै जेठाजुले यौन दुर्व्यवहार गर्न थालेछन् । अनेक किसिमले फकाउने र धम्क्याउने गर्दा रहेछन् । ‘तँ नै मकहाँ आइस् भनेर भाइलाई भन्दिन्छु, गाउँमा हल्ला फिँजाइदिन्छु’ भनेर थप यौन शोषण गर्दा रहेछन् ।
कसै गर्दा पनि आफू जोगिने अवस्था नभएको र समाजले पनि आफ्नै गल्ती देख्ने डर भएपछि उनी पहिला आफ्नी सानी छोरीलाई पासो लगाउने अनि आफू मर्ने निधो गरेर गोठ पुगिछन् ।
पासो देखेर छोरीले ‘मम्मी, पहिला म पिङ खेल्छु अनि तपाईं खेल्नू है’ भनिछन् । यो सुनेर उनको मन परिवर्तन भएछ । यस्तो अवस्थामा पनि महिलाकै दोष किन देख्छ समाजले ? अनि ती महिलाको मात्र किन इज्जत जान्छ ? उनीहरूले मर्नैपर्ने अवस्था किन आउँछ ?
वैदेशिक रोजगारी सम्बन्धी बहसमा सामाजिक मूल्यले बिस्तारै ठाउँ पाउन थालेको छ । ‘विदेशबाट फर्कंदा पैसा पनि छैन, श्रीमती पनि छैन’, ‘खेतबारी बाँझो रह्यो, गाउँ छाडेर महिलाहरू बच्चा च्याप्दै सहर पस्छन्’ अनि ‘वैदेशिक रोजगारीका कारण छोडपत्र गर्नेको संख्या बढ्यो’ भनेर मात्रै अब पुग्दैन ।
छोडपत्रको पनि कुरा यस्तै आउँछ । त्यसो त सुरक्षित आप्रवासनमा काम गर्ने एक संस्थाको हालैको सर्वेक्षण अनुसार दोस्रो विवाह गर्नेमा महिलाका तुलनामा पुरुषको संख्या अधिक छ ।
पहिलो त, सुनेको भरमा त्यही भनाइलाई दोहोर्याउँदै हिँड्नुभन्दा सत्यतथ्य बुझेर मात्र बोल्नु राम्रो हुन्छ । गाउँमा मैले सोध्ने गरेकी छु, ‘कसैले वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमतीहरूले दोस्रो विवाह गरेको देखेको वा सुनेको छ ?’ धेरैले ‘छ’ भनेर हात उठाउँछन् ।
अनि ‘को र कति जना देख्नुभयो’ भन्दा थाहा हुन्छ, सबैले भन्दै हिँडेको घटना एउटै पो रहेछ ! त्यसै गरी वैदेशिक रोजगारीमा नगएकाहरूका श्रीमतीले दोस्रो विवाह गरेका छन् कि छैनन् भनी सोध्दा पनि ‘छ’ भन्ने उत्तर पाइन्छ ।
छोडपत्रको पनि कुरा यस्तै आउँछ । त्यसो त सुरक्षित आप्रवासनमा काम गर्ने एक संस्थाको हालैको सर्वेक्षण अनुसार दोस्रो विवाह गर्नेमा महिलाका तुलनामा पुरुषको संख्या अधिक छ ।
सर्वेक्षण गरिएका कुल २,२०४ घरधुरीका ५४ जनाले (२१ महिलासहित) दोस्रो विवाह गरेको पाइएको छ । तीमध्ये १६ जना (२९.६ प्रतिशत) व्यक्ति मात्र वैदेशिक रोजगारीमा संलग्न परिवारका छन् ।
बाँकी दोस्रो विवाह गर्ने ३८ जना (७०.४ प्रतिशत) वैदेशिक रोजगारीमा संलग्न परिवारका होइनन् । रोचक त, वैदेशिक रोजगारीमा संलग्न परिवारका दोस्रो विवाह गर्ने १६ जनामध्ये ३७ प्रतिशत (६ जना) महिला र ६३ प्रतिशत (१० जना) पुरुष रहेको पाइयो ।
वैदेशिक रोजगारीबाट विप्रेषण भित्रिएकामा गौरव गर्नु त ठीकै छ, तर त्योसँगै सामाजिक मूल्यको पनि लेखाजोखा गरी त्यसका लागि रणनीति अनि कार्यनीति बनाई लागू गर्न ढिलो भइसक्यो ।
एकाध घटनालाई सामान्यीकरण गर्दा सही नीति बनाउन सकिँदैन, यसले न व्यक्ति न त देशलाई फाइदा पुर्याउँछ । तसर्थ वैदेशिक रोजगारीको नदेखिने पाटोको सूक्ष्म अध्ययन र सही विश्लेषण जरुरी छ ।
यी लेखकका निजी विचार हुन् ।
कान्तिपुरबाट