स्थानीय जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा प्रचार गर्न नपाउने

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

निर्वाचन आचारसंहिता अनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा चुनावी प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ।

आयोगका अनुसार, स्थानीय जनप्रतिनिधिले आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन्।

चुनावी प्रचारको क्रम शुरू भएसँगै निर्वाचन आयोगले स्थानीय जनप्रतिनिधिले आ-आफ्नो दलको प्रचारमा सहभागी हुन पाउने व्यवस्था गरेको छ।

त्यस्तै, संघीय र प्रदेश सरकार मन्त्रीले पनि चुनावी प्रचारमा सहभागी हुन पाउनेछन्। उनीहरूलाई आफू उम्मेदवार रहेको क्षेत्रमा चुनावी प्रचार गर्न रोकटोक लगाइएको छैन। तर, सरकारी साधनको प्रयोग गर्न पाउनेछैनन्।

यस बाहेक अन्य क्षेत्रमा चुनावी प्रचारका लागि जाँदा भने आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। संघीय सरकारका मन्त्रीले आयोगको केन्द्रीय कार्यालयबाट तथा प्रदेश सरकारका मन्त्री आयोगको प्रदेश कार्यालयबाट अनुमति लिन सक्ने आयोगले जनाएको छ।

हिमालखबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?