दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक अवरुद्ध गरेका छन् । जिल्लाको गोकुलेश्वर–खार खलंगाको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेपछि सभामा गएका एमाले कार्यकर्ता अलपत्र परेका छन् ।
आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै उनीहरुले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ । आइतबार नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कायर्कर्ता बीच दोहोरो झडप भएको थियो ।
गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरे मात्रै सडक खुलाउने बताउँदै आएका छन् । जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको एमालेका नेताहरुले बताएका छन् ।
चुनावीसभामा जाने क्रममा वडा नम्बर ६ भएर जाने गाडी तथा सर्वसाधारणलाई गठबन्धनका कार्यकर्ताले रोकेपछि झडपको अवस्था आएको नेकपा एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिह ठगुन्नाले जानकारी दिए ।
कार्यक्रममा जाने मान्छे रोकेसँगै एमालेको झण्डा च्यातेको र स्थानीय बुढाबुढीमाथि समेत कुटपिट गरेपछि झडप भएको उनले बताए । सडक अवरुद्ध भएकाले नौगाडमा भएको चुनावी कार्यक्रममा लागि गएका कलाकार, एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा होपरीगाडको जामिर क्षेत्रमै रोकिएका छन् ।
यस्तै गठबनधन दार्चुलाका नेताहरुले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताएका छन् । गठबन्धनका कार्यकर्तामाथिसयौंले एकै जनालाई कुटपिट गरेका गठबनधनका नेताहरुले जानकारी दिएका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास भए पनि गठबन्धनले नमानेका कारण नसकिएको बताए । रातभर प्रयास गरेको भएपनि समाधान हुन नसकेको उनले बताए ।
घाइते गठबन्धनका कार्यकर्ता काठमाडौं रिफर
कुटपिटबाट घाइते भएका सत्ता गठबन्धनका कार्यकर्ता काठमाडौं रिफर भएका छन् । एमाले कार्यकर्ताहरुको आक्रमणबाट घाइते भएका जयभानसिंहलाई काठमाडौं रिफर गरिएको छ ।
धनगढीमा प्रारम्भिक उपचार गरेपछि उनलाई थप उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको बताइएको छ । उनी माओवादी केन्द्रको काठमाडौं–दार्चुला समन्वय समितिका अध्यक्ष हुन् ।
राजधानीबाट