काठमाडौं
मंगलबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशको कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागको एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। रातको समयमा भने प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश नं १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तपाईलाई केहि भन्नु छ ?