मकैकाे परम्परागत गाेदाम गर्ने चलन : रसुवाकाे उत्तरगया गाउँपालिका -३ ठूलाेगाउँमा मकैलाइ झुत्ताे परेर यसरी थाँक्राेमा भण्डारण गर्ने चलन छ । याे पुरानाे चलन हराउँदै जान थालेपछि अहिले युवाहरूले यसरी राख्न थालेका हुन् ।
किरा नलाग्ने र लामाे समय नबिग्रने भएकाेले यसरी राख्नु धेरै उचित लागेर धेरैले यसरी थाँक्राेमा राख्न थालेका हुन् । स्थानीय अम्बिका बिकले भनिन् पहिले काठकाे हुन्थ्याे अहिले ढलान घरकाे छतमा फलामे पाेल, रड वा पिलरमा यसरी धेरैले थाँक्राे बनाए । यस्ताे थाँक्राे हेरेर फाेटाे खिच्चेहरू यहाँ धेरै झुम्मिने गरेकाे बिकले बताइन् । बीउ जाेगाउन र सुरक्षित भण्डारका लागि रैथाने चलन ठिक रहेकाे स्थानीय भाेजमान तामाङ बताउछन् ।
घर भित्र भन्दा सुरक्षित रहने पहिले भन्दा हल्का माेडिफाइ जस्ताे पनि देखिन, राम्राे छ यसमा राखेकाे मकै सफा बस्छ पुरानाे चलनले पनि निरन्तरता पायाे उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले भनिन्र । यस्ताे चलन धेरैले छाडेका थिए, घर भित्र भन्दा बाहिर खुल्लामा हुने र काेठा नचािहने भएकाेले अहिले फाेरी निरन्तरता दिन थालियाे ।
शब्द तस्वीर : हेमनाथ खतिवडा, रसुवा