संस्कृति र सम्पदा चिनाउन सके लाखौं पर्यटक भित्रन्छन्

प्रा.डा. सोम खतिवडा

प्रमुख, संस्कृति विभाग, मानविकी संकाय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं

हेमनाथ खतिवडा (अन्तर्वार्ताकार) । साझाकथा

नेपाली संस्कृतिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

नेपाली संस्कृति वास्तवमा नेपालमा भएका १२६ जातजाति र बिभिन्न सांस्कृतिक समुदायको संस्कृतिको एकमुष्ठ रूप हो । यहाँ सांस्कृतिक विविधता र एकता पनि छ । सांस्कृतिक रूपमा हामी अति सम्पन्न छौं । ऐतिहासिक कालदेखि संस्कृतिमा सम्पन्न छौं । जुन कुराको अवशेष पुर्खाले छाडेर गएका छन् ।

हाम्रो संस्कृति मूर्त र अमूर्त दुवै प्रकारका सम्पदाले भरपुर छन् । जुन जुन देख्न समाउन सकिन्छ वा कला, सीपका रूपमा उद्गार भएका छन् । त्यहो हाम्रो त्यो मूर्त संस्कृति हो ।

अमूर्त संस्कृति चाहिँ ?

संस्कृतिको अर्को पाटो छुन देख्न समाउन सकिँदैन । अनूभूति भने गर्न सकिन्छ । यस्तो संस्कृति अमूर्त संस्कृति हुन्छ । संस्कृति सम्पदा हो । अमूर्त र मूर्त संस्कृति हो । लोकगीत, नृत्यलोक परम्परा, आनीबानी, विश्वास, आस्था सबै । यसलाई हामी सम्पदा मान्छौं । यो सम्पत्ति हो ।

सामुदायिक सामूहिक हुन्छ । जुन हस्तान्तरण गर्ने योग्य हुन्छ । पुर्खाले सिर्जना गरे । अघिल्लो पुस्ताले सीपका रूपमा बस्तुका रूपमा हस्तान्तरण हुन्छ । विविध पक्षहरू छन् । तल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ ।

सम्पदाको अवस्था अवस्था कस्तो छ ?

सम्पदाको हिसाबले हामी अति सम्पन्न छौं । हामीले हाम्रो सम्पदा सम्पत्ति चिन्न सकेनौं । विकास गर्न उन्नति गर्न देश विकास र रोजगारीका सिर्जना गर्न हामीले आफैंलाई चिन्नु पर्छ । देश विकासका लागि आफ्नो अवस्था थाहा पाउनुपर्छ । सुनको पलङमा सुतेका छौं तर चिनेनौं । हाम्रा मूर्त सांस्कृतिक कला, वास्तुकला धेरै छन् । उन्नति, प्रगतिका लागि सम्पदा चिन्नुपर्छ ।

मध्यकालमा नेपाल घुम्न आउने विदेशीले घरभन्दा धेरै मन्दिर र मान्छेभन्दा धेरै देवताका मूर्ति छन् भन्थे । त्यसको संरक्षण र प्रचारप्रसार गर्ने, पाहुना सत्कार गर्ने शैलीजस्ता सम्पदाहरू जीविकाको माध्यम हुन्छ । यसको संरक्षण गरेर आर्थिक उन्नति गर्न सकिन्छ । हाम्रो आस्था, आनीबानी, रहनसहन सबै सम्पदा हुन् ।

पुराना कुरालाई कसरी सम्हाल्ने ?

पाहुना सत्कार शैली पनि सम्पदा हो । पुर्खाले लोकनृत्य र लोकगीत सुरु गरे । राजा महाराजाहरूले दरबारमा मनोरञ्जनका लागि नर्तक नर्तकीहरू बोलाउने नाँच्ने गाउने गर्दथे । हेरर मनोरञ्जन गर्थे । सर्वसाधारणले सुन्थे । दूरदराजका गाउँमा पनि आफैंले रचेर उकाली–ओराली गर्दै गाईबस्तु चराएको परिवेशका गीत बनाउने र गाउने गरेर फुर्सदमा नाच्ने काम गरे । लोकनृत्यको सिर्जना भयो ।

हाम्रा पुर्खाले बाध्ययन्त्र आफैंले बनाए । मुर्चुंगा, टुङ्ना, विनायो र मादलजस्ता लोकबाजा बनाए । परम्परा पुर्खाको चिनो हो । सीप सिकेर पुस्तान्तरण गरे । यो अमूर्त पक्ष पनि हामीसँग छ । लोकपरम्परा देवीदेवता मान्ने थियो । पहिले अहिलेजस्तो औषधि उपचार थिएन । धामीझाँक्री मनोवैज्ञानिक प्रभाव पनि धेरै थियो । पाटी, पौवा, ढुंगेधारा संरक्षण र सम्वद्र्धन गरी आर्थिक उपार्जन गर्न सक्छौं ।

पहिले हालको जस्तो औषधि उपचार थिएन । पुर्खाले जडिबुटी चिन्ने खुवाउने गरे । आधुनिक औषधि बन्यो सांस्कृतिक सम्पदाका हिसाबले हामी धनी छौं । तर त्यसलाई चिनेका छैनौं । यसको सदुपयोग अधिकतम गरेर संरक्षण सम्वद्र्धन गर्नुपर्छ ।

विगतमा अझ गाउँठाउँमा देखिने रहनसहन, रीतिथिति र परम्परा हराउन थाले । कसरी संरक्षण गर्न सकिएला ?

सही कुरा हो, एकातिर विगतका लोकसंस्कृति र परम्परा हराए÷नासिए । अर्कातिर सचेत भएर खोजी गरी संरक्षण गर्न थालेका छन् । राज्यले पनि सामान्य रूपमा भए पनि प्रवद्र्धनको प्रयास गर्न थालेको छ । तर पर्याप्त छैन । हाम्रा परम्परागत संस्कृति हराए÷नासिए । विदेशी प्रभाव, बसाइसराइका कारण केही भाषा लोकगीत हराएका छन् । जोगाउन सकिनेलाई जोगाउनु पर्छ ।

जोगाउने लिपिवद्ध गर्नुपर्छ । जस्तो मातृभाषा राज्यले जबरजस्ती बोल्न लगाएर मात्र हुँदैन । यो भाषा बोल्नै पर्छ भनेर हुँदैन । भाषा जोगाउन जनस्तरबाट सम्वद्र्धन गर्न राज्यले लोकसंस्कत लिपिबद्ध र प्रकाशन गरेर जोगाउनु पर्छ । राज्यका साथै जनस्तरबाट पनि संरक्षण गर्नुपर्छ ।

विदेशीको नक्कल गरेर नेपाली संस्कृति गुमाउँदै गएको अवस्था छ नि । के भन्नु हुन्छ ?

राम्रो प्रश्न उठान गर्नुभयो । विदेशी नक्कलले गर्दा लोकसंस्कृतिले हरायो तर कतिले जोगाउन थालेका छन् । यो धेरै पहिलेदेखि छ । परिवर्तन र लोप हुने पक्ष हो । सहरीकरण, आधुनिकरण र विदेशी नक्कलले तीजलगायत केही संस्कृतिमा विकृति भित्रिरहेको छ । ग्रामीण क्षेत्रमा भने यसको प्रभाव कम छ । तर यसले लोकसंस्कृति गुम्ने खतरा छ ।

नेपाल आउने विदेशी नेपाली संस्कृति देखेर छक्क मात्र होइन, लठ्ठै पर्छन् । तर किन यसलाई विश्व लोभिने काम अन्तर्राष्ट्रिय स्तरमा गर्न सकेका छैनौं ?

हाम्रो संस्कृति संसार लोभिने खालको छ । सामूहिक प्रयास कम भएकाले देखाउन सकेका छैनौं । सामूहिक प्रयास सरकारले यस्ता संस्कृतिक पक्ष छायाँमा छ । भौतिक विकास मात्र छ । सरकार बाटो बनाउँछ । गाईबस्तु बाँधेर फोहोर हुन्छ ।

विकासमा संस्कृति जोड्न सकिन्छ । विश्व समुदायसामु देखाउनुपर्छ । सरकारले भौतिक विकासमा मात्र चासो देखाउने गर्छ । सरकारले बाटो बनाउँछ । फोहोर गर्छ । विकासका पक्षलाई सांस्कृतिक पक्षसँग जोड्नु पर्छ । सांस्कृतिक रूपमा उद्धार, पुनर्निर्माण कसरी गर्ने काम मानवीय हितका कामहरू, मानव हितका लागि, आर्थिक उन्नतिका लागि काम गर्छ । स–साना कुरा पनि खोजेर एक्सपोज गर्नुपर्छ । प्रवद्र्धन गरे हाम्रो संस्कृतिले मानव हित आर्थिक उन्नतिका लागि काम गर्छ ।

ठेट नेपाली भाषा पनि गुम्ने खतरा देखिएको छ । कसरी खतरामुक्त हुने ?

नेपाली भाषा त सरकारले राष्ट्रिय भाषा नबनाए धेरै पनि मानिसले बोल्छन् । नेपाली भाषा भारत, सिक्किम, भुटान, धेरै देशमा नेपाली पुगेका छन् । नेपाली भाषा साझा भाषा हो । सबै भाषाको प्रवद्र्धन गर्नुपर्छ । नेपाली भाषामा आघात पर्छ भन्ने होइन । भाषा मजबुत पार्न साहित्य चाहिन्छ ।

नेपालमा रहेका मूर्त र अमूर्त सम्पदाको संरक्षण जसरी हुनुपर्ने त्यसरी भएको पाइँदैन । कसले के गर्नु पर्ला ?

संस्कृत भाषाका साहित्य धेरै छन् । अहिले संस्कृत भाषाको महŒव पनि बढेको छ । नेपाली भाषाको साहित्य छ । मजवुत हुँदै गएकाले यो नास हुँदैन जस्तो लाग्छ । तथापि आफ्नो तर्फबाट सबैले जिम्मेवारी बोध गर्नुपर्छ ।

यससम्बन्धी अनुसन्धानमा कमी छ भन्ने लाग्दैन ?

वास्तवमा हरक्षेत्रमा अध्ययन अनुसन्धान हुनु पर्ने हो । म संस्कृतिको मान्छु तर म भाषा धेरै बोल्दिनँ । भाषा विज्ञानका विद्धान्ले काम गरेका छन् । नेपाली भाषाको उन्नयनका लागि काम भएको छ । भाषाका सवालमा कलम चलाइरहनु भएको छ । कवितालगायत विधागत विकासका संस्था खुलेका छन् । काम भएको जस्तो लाग्छ ।

नेपालका मूर्त र अमूर्त सम्पदालाई विश्वव्यापीकरण गर्न सकिँदैन ? सकिन्छ भने कसरी ?

सकिन्छ । मूर्त अमूर्त सांस्कृतिक सम्पदा विश्वव्यापीकरण गर्नुपर्छ । हनुमानढोका, पाटन दरबार क्षेत्र, स्वयम्भुनाथ, भक्तपुर, चाँगुनारायण, पशुपतिनाथ, बौद्धनाथ र लुम्बिनी गरी ८ वटा सांस्कृतिक क्षेत्र विश्व सम्पदा क्षेत्रमा युनेस्कोले सूचीकृत छन् । तर अन्य धेरै सांस्कृतिक क्षेत्र छन् । यसको अध्ययन अनुसन्धान गर्न आवश्यक छ । संरक्षण प्रचार गर्न सकेका छैनौं । युनेस्कोमा ध्यान पुगेन ।

काठमाडौं उपत्यका नै सम्पदाको सहर हो । यहाँ मात्र धेरै सम्पदा छन् । बराह क्षेत्र, जनकपुर, मुक्तिनाथ, विश्व सम्पदा क्षेत्रमा परिचित हुन सक्छन् । समुचित अध्ययन अनुसन्धान हुन आवश्यक छ । तर प्रयत्न पुगेन । यी सबै विश्वमा चर्चित हुने सम्भावना प्रचुर छ । समुचित अध्ययन गरेर विश्व समुदायमा बुझाउन सके यसको प्रचुर सम्भावना छ ।

मूर्त र अमूर्त सम्पदामा विश्वभरबाट लाखौं पर्यटक भित्र्याउन सकिन्छ भनिन्छ तर किन यो हुन सकिरहेको छैन ? कस कसले के के गर्नु पर्ला ?

सम्पदाका कारण विदेशी पर्यटक आउने गर्छन् । संग्रहालयमा पुराना कला, कृति हेर्न, कलाकृति जात्रा पर्व हेर्न, मठमन्दिर आदि हेर्न र यहाँको संस्कृतिमा रमाउन आउने गर्दछन् । प्रकृतिमा रमाउने, हिमाल चढ्ने, शेर्पा, तामाङ र लिम्बु संस्कृति आदि विशुद्ध सांस्कृतिक पर्यटन हो । विदेशी पर्यटकहरू भित्र्याउने सम्भावना धेरै ठाउँमा छ । संस्कृति परम्पराबाट आएको कुरा हो ।

केही साहसिक पर्यटकका लागि आउँछन् । जातीय र संस्कृतिका रूपमा पर्यटन प्रर्वद्धन गर्न सकिन्छ । विदेशी पर्यटक भित्र्याउन राज्य, समुदायका सरोकारवाला सबै मिलेर सामूहिक प्रयास गर्नुपर्छ । सबैको बलबाट मात्र सांस्कृतिक पर्यटन सम्भव छ ।

संस्कृति हाम्रो परिचय हो । जुन अर्थव्यवस्थाको आधार हुनसक्छ । यो परम्पराबाट आएको हो । अर्थ व्यवस्था सम्पन्न भएर राज्य र स्थानीयको चासो बढ्नु पर्छ । सामूहिक चासो राख्नु पर्छ । यसले आर्थिक रूपमा टेवा पुग्दछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?