एमजीको सस्तो इलेक्ट्रीक ह्याचव्याकबारे थाहा पाउनुस् ४ तथ्य

२०७९ मंसिर १, बिहीबार
काठमाडौं

बेलायती अटोमोवाइल ब्राण्ड एमजी (मारिस ग्यारेज)ले सहरी क्षेत्रलाई ध्यानमा राखेर भारतमा उत्पादन गर्न लागेको ह्याचव्याक कार जनवरीमा हुने अटो एक्स्पो २०२३ मा सार्वजनिक हुने भएको छ ।

अहिले भारतको विभिन्न भागमा परिक्षण भइरहेको सानो ह्याचव्याक कार पावर, पफर्मेन्स र लुक्समा उत्कृष्ट हुने अनुमान गरिएको छ । एमजीले उत्पादन गरेको जेडएस ईभी नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको मोडल भएको कारण एमजीले भारतमा उत्पादन गर्ने मिनी ईभी पनि नेपाल आउने अनुमान गर्न सकिन्छ ।

मूल्यका हिसावले २२ देखि २५ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान भइरहेको यो ईभी सहरी क्षेत्रको लागि निकै उपयोगी हुने अनुमान गर्न सकिन्छ । सन् २०२३ को पहिलो क्वाटरबाट भारतमा विक्री सुरु हुने अपेक्षा गरिएको ह्याचव्याकका धेरै विषयहरु बाहिर आएका छन् ।

विलिङ एयर ईभीमा आधारित हुने

भारतमा छिटै उत्पादन सुरु हुने ईभी इन्डोनेशियमा विक्री भइरहेको विलिङ एयर मिनी ईभीमा आधारित रहेको छ । इन्डोनेशियामा एयर ईभी भनिएता पनि भारतमा यसको दर्ता ई२३० नाममा भएको छ । भारतमा यसको फरक नाम रहने छ ।

एमजी कम्प्याक्ट ईभीको डायमेन्सन

एमजीको नयाँ ईभी इन्डोनेशियन एयर ईभीकै वेसमा बन्ने भएकाले एसको डायमेन्सनपनि विलिङ एयर ईभीकै हाराहारीमा हुनेछ । यसको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम तथा उचाई १६३१ एमएमको रहनेछ ।

यो ईभीको ह्वीलवेस भने २०१० एमएमको रहनेछ । जसको मतलब यो ईभी टाटाको आउँदै गरेको टियागो ईभीभन्दा सानो हुनेछ ।

एमजी ईभीको पावरट्रेन

ग्लोबल मार्केटमा यो ईभी दुई साइजको ब्याट्रीप्याकमा विक्री भइरहेको छ । विलिङको एयर ईभीमा १७.३ किलोवाट आवर र २६.७ किलोवाट आवरको फरक दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।

उत्पादक कम्पनीका अनुसार सानो ब्याट्रीप्याकले २०० किलोमिटर र ठूलो साइजको ब्याट्रीले ३०० किलोमिटर रेन्ज दिने दावा गरेको छ । दुबै ब्याट्री प्याकसँग रियर एक्सलमा मोटर रहेको छ । उक्त मोटरले ४१ पीएसको पावर जेनेरेट गर्छ ।

भारतमा फरक स्पेसिफिकेसन

एमजी मोटर्स इन्डियाले केही स्पेशिफिकेसन परिवर्तन गर्ने भएको छ । कम्पनी भारतीय वातावरण अनुसार क्लाइमेट कन्ट्रोल तथा ब्याट्री मेनेजमेन्ट सिस्टममा परिवर्तन गर्ने छ । कम्पनीले भारतमा हुने उष्ण तथा चिसो दुबै खाले मौसमलाई उपयुक्त हुने स्पेशिफिकेसन अनुसार यसलाई तयार गर्नेछ ।

मेराे अटाेबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?