जहाँ भोट माग्न उम्मेदवार पुग्दैनन्

नवदीप श्रेष्ठ

रसुवा

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूलाई मतदाता कहाँ पुग्न भ्याइ नभ्याई छ। घरदैलोटोल भेलाआमसभाकोणसभार्‍याली अनेक कार्यक्रमको लागि उम्मेदवार र उम्मेदवार आबद्ध पार्टीका सक्रिय कार्यकर्ताको दौडधुप चलिरहेको छ।

उम्मेदवारहरू सकेसम्म हरेक टोल त्यो पनि भए कम्तीमा वडासम्म भए पनि एक पटक पुग्ने तालिका बनाएर दगुरिरहेका छन्। तररसुवाको गोसाईंकुण्ड गाउँपालिका –४ लाङटाङ क्षेत्र यस्तो वडा होजहाँ मत माग्न उम्मेदवार कहिल्यै पुगेका छैनन्।

यो पटकको निर्वाचनमा पनि कुनै उम्मेदवार लाङटाङवासी समक्ष अनुहार देखाउन पुगेका छैनन्। ‘उम्मेदवार भोट माग्न आउँछन् भन्ने आस पनि छैन’ क्यान्जिङका स्थानीय ग्याल्बो तामाङ भने।

रसुवाको सबैभन्दा दुर्गम स्थान हो– लाङटाङ। स्याफ्रुबेँसीबाट दुई दिनको पैदल यात्रापछि मात्र लाङटाङ पुग्न सकिन्छ। पर्यटकीय आकर्षणको केन्द्र हिमाली क्षेत्र लाङटाङमा मतदाता कम भएको कारण पनि उम्मेदवारहरूको प्राथमिकतामा नपरेको हो।

‘आउन जान टाढामतदाता थोरै भएकोले पनि उम्मेदवारको प्राथमिकतामा लाङटाङ नपरेको हो’ वडाध्यक्ष डिण्डु लामा जाङ्वा तामाङले भन्नुभयो ‘यहाँको मतले हारजितको धेरै अर्थ नराख्ने भएकोले नै होला।

उम्मेदवारको चासोमा नपरेको।’ उम्मेदवार नआए पनि उम्मेदवारको प्रतिनिधिको रूपमा पनि जिल्लाबाट पार्टीका अरू नेता कार्यकर्ताहरू लाङटाङ पुग्दैनन्। राजनीतिक दलका स्थानीय कार्यकर्ताहरूले नै जाँगर चलेमा आफ्ना उम्मेदवारको लागि मत मागिदिने गरेका छन्।

२०७० र २०७४ को निर्वाचनमा पनि कोही उम्मेदवार मत माग्न लाङटाङ पुगेनन्। स्थानीय निर्वाचनमा अध्यक्षका उम्मेदवारहरू समेत मत माग्न लाङटाङ पुग्दैनन्। थोरै भोटको महत्त्व धेरै हुने स्थानीय निर्वाचनमा समेत पालिकाका अध्यक्षका उम्मेदवारहरू यहाँ नआएको स्थानीय ग्याल्बो तामाङले बताए ।

लाङटाङगुम्बा डाँडाक्यान्जिनमण्डप लगायतको बस्ती रहेको यो वडामा एक सय २० वटा जति घर रहेको छ। प्रदेश निर्वाचन क्षेत्र नं. १ पर्ने लाङटाङ क्षेत्रमा एक सय ८२ पुरुष र एक सय ८९ महिला गरी तीन सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका सूचना अधिकारी झविन्द्र बेलबासेले जानकारी दिए ।

मतदाताको सङ्ख्या चार सयको नजिक भए पनि बढीमा दुई सय मत खस्न सक्ने वडाध्यक्ष तामाङको प्रक्षेपण रहेको छ। रोजगारीपढाइको कारण धेरै युवाहरू काठमाडौंतिरै रहेका छ।

आउन जान टाढा र खर्च समय धेरै लाग्ने भएको कारण पनि चुनावमा उनीहरू नआउने वडाध्यक्ष तामाङले भनाई छ। ‘यतै बसिरहेकाहरूले मात्र हो भोट खसाल्ने। सङ्घ र प्रदेशको चुनावमा भोट हाल्ने कमै हुन्छन्’ वडाध्यक्ष तामाङले भने‚ ‘स्थानीय चुनावमाचाहिँ हामी आफैले मिलाएर मतदाताहरूलाई ल्याउने गरेका छौँ। स्थानीयमा अलि धेरै भोट खस्छ।’

जितेपछि आउँछन्

चुनावअघि भोट माग्न कुनै उम्मेदवार लाङटाङ नपुगे पनि जितेपछि भने जाने गरेका छन्। २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित भएपछि जनार्दन ढकाल हेलिकप्टरमा लाङटाङ पुग्नु भएको थियो। २०७४ मा निर्वाचित भए पनि सांसद मोहन आचार्य पनि आकाश मार्ग हुँदै लाङटाङ पुग्नु भएको थियो।

०७४ मा निर्वाचित भएपछि धन्यवाद दिन पुग्नु भएको आचार्यले अर्को निर्वाचनमा गाडी चढेर आउने बाचा गर्नु भएको थियो। तरत्यो अहिलेसम्म पुरा नभएको क्यान्जिनका स्थानीय ग्याल्बो तामाङले बताए । ‘आचार्यले पाँचमा लाङटाङ आउने सडक बनाउने छु। म आफैँ अर्को निर्वाचनमा गाडी चढेर आउँछु भन्नुभएको थियो। सडक खन्ने सुरसार छैन’ ग्याल्बोले भने।

लाङटाङ अर्थात् समस्याको अग्लो चाङ

लाङटाङ हेर्दा सुन्दर देखिन्छ। दुई दिने पाहुनाहरूले ‘स्वर्गको टुक्रा’ नै भन्छन्। अग्ला पहाडहरू छन्अग्ला हिमालहरू छन्। तरती अग्ला हिमालहरू भन्दा अग्ला मान्छेका दुःखका हिमालहरू छन्पीडा र सकसका पहाडहरू ठिङ्ग उभिएका छन्।

कोही बिरामी परेर तत्काल राम्रो अस्पताल लैजान पर्‍यो भने आकाश मार्गको विकल्प छैन। हेलिकप्टर चार्टर गर्दा एक लाख ५० हजार रुपैयाँसम्म खर्च पर्छ। करोडौँको बिजुली बेच्ने जिल्ला भए पनि यहाँ राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती छैन। एक सय किलोवाटको लघु जलविद्युत (माइक्रो हाइड्रो) छ। त्यसको पनि भर छैनबिग्रिएपछि बन्न कति दिन लाग्ने पत्तो हुन्न।

लाङटाङ आउने पर्यटकीय पदमार्गको स्तरोन्नतिको लागि धेरै पटक आवाज उठाउँदा पनि कतैबाट सुनुवाइ नभएको वडाध्यक्ष तामाङको भनाई छ। ‘ठाउँठाउँमा पदमार्गको सुधार गर्नु पर्छ। आफै वडाध्यक्ष भएर पालिकाबाट पनि योजना पार्न सकिएन।

हरेक वर्ष बाढी पहिरोले बर्खामा धेरै समस्या हुन्छ। बर्खामा पनि हिँड्न सक्ने पदमार्ग बनाउन पर्छ’ वडाध्यक्ष तामाङले भन्नुभयो ‘रिङचे नजिकै र बम्बुभन्दा तल पहिरो गइरहन्छ। त्यहाँ वैकल्पिक बाटो बनाउन पर्छ। पालिकाले पनि चासो दिएनन्। सांसदहरूले पनि ध्यान दिदैंनन्।’

ठाउँठाउँमा रहेको काठेपुलहरु जीर्ण छन्। ती पुलको ठाउँमा झोलुङ्गे पुल बनाउन पर्ने छ। दोभानमा भूकम्पको कारण जीर्ण भएको पुलको पुनर्निर्माण हुन सकेको छैन। एउटा ठाउँको हाटेलेबाट अर्को ठाउँको होटेलभएसम्मको दुरी धेरै रहेको छ।

बिचबिचमा ओत लाग्ने ठाउँ नभएकोले ‘रेष्ट पोइन्ट’हरू अत्यावश्यक रहेको छ। स्थानीय ग्याल्बो तामाङ भन्नुहुन्छ ‘भूगोलले सुन्दरतासँगै सकस पनि दिएको छ। सकसलाई विकासले सहज बनाउने ठाउँ हुँदाहुँदै पनि कसैले केही गरेनन्।’

आइएनएस-स्वतन्त्र समाचारबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?