देशले जित्ने कि हार्ने भन्ने चुनाव हो यो : ओली

कार्तिक ३० 

एमालेका अध्यक्ष केपी ओलीले ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सामान्य चुनावको रूपमा लिन नहुने बताएका छन् । एमाले भक्तपुर २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले मंगलबार आयोजना यहाँ गरेको चुनावी सभामा उनले आसन्न निर्वाचनलाई बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभई देशले जित्ने कि हार्ने भन्ने चुनावको रूपमा लिनुपर्ने बताए ।

‘अब निर्वाचनले पाँच वर्षसम्म स्थायित्व हुने सरकार निर्माण गर्ने चुनाव हो, यो चुनावले दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो,’ उनले भने । ओलीले आफ्ना कार्यकर्तालाई मत रक्षा गर्न, मत विस्तार गर्न र अत्यधिक मतले आफ्ना उम्मेदवारलाई विजयी सुनिश्चित गर्न निर्देशन दिए ।

ओलीले मंगलबार ललितपुरमा आयोजित चुनावी कार्यक्रममा देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढंगले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनको भनाइ थियो ।

ललितपुर ३ को घरदैलो कार्यक्रममा उनले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाए । उनले यो क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएको बताए ।

नयाँपत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?