मधुमेह दिवसमा ५० जनाको रक्तदान

२०७९ मंसिर १, बिहीबार

देवचन्द्र भट्ट

नुवाकोट, कार्तिक ३०

विश्व मधुमेह दिवसको अवसर पारेर नुवाकोटमा रक्रदान कार्यक्रम गरिएको छ । सोही क्रममा सर्वसाधारणले रक्तदान गरेका छन् ।

मधुमेह दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका ५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार सन् २०२१ मा मात्रै विश्वमा ६७ लाख मानिसको मधुमेहका कारण मृत्यु भएको थियो । विश्वभर ५३ करोड ७० लाख मानिस मधुमेहवाट पीडित रहेको संघले जनाएको छ ।

अन्नपूर्ण पाेस्ट्बाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?