कमलादेवी गौतम । साझाकथा
मंसिर १
नेपाल निर्वाचनको संघारमा छ । देशको नेतृत्व गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले गरिरहेका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरे । उनीहरूको नेतृत्वमा जनता सन्तुष्ट छैनन् ।
हुनतः स्थानीय निर्वाचनमा यी दुईबिच कसले राम्रो काम गरेको थियो भनेर मूल्यांकन गरिसकेका छन् । ओली सरकारको पालामा धेरै कामको सुरुआत भएको विभिन्न क्षेत्र र पेशामा सम्वद्ध नागरिकको भनाइ छ ।
उनको पालामा तीनवर्षमा विकासको धेरै सुरुआत भयो । नयाँ सोच र सपना पनि देखाउने काम भयो । सपना देख्नु पर्छ । देउवा सरकारले पनि केही काम सुरु गरे । मुख्यगरी यो निर्वाचन समयमा गर्नु पनि उनको मुख्य काम वा दायित्व भन्न सकिन्छ ।
देउवा र ओली दुवैको नेतृत्व देखेको हुनाले धेरैको अपेक्षा नयाँ नेतृत्व हुनु पनि अन्यथा मान्न नसकिने जनताको बुझाइ छ । तर यो निर्वाचनमा आम मतदाताले कुन दललाईकति मत दिन्छन् ? कुन दलको हैसियत कस्तो हुन्छ ?अब कसले देशको नेतृत्व गर्छ ? आम मतदातामा बिभिन्न खाले अपेक्षा छ ।
गठबन्धन दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा पनि बाहिर आएको छ । तरपनि मतदाताले कसरी मत कसको पल्लाभारी हुने गरी दिन्छन् ?भन्ने परिणामले देखाउँछ ।
रुकुमका टेकबहादुर मगरलाई पुनः ओलीले नेतृत्व गरेको हेर्न मन छ । उनी भन्छन्, ‘ओलीले धेरै राम्रो सपना बाँडेका छन् । उनले नै पूरा गर्नसक्छन् कि सक्दैनन्भनेर हेर्नु छ ।’कम्युनिष्टहरूले नयाँ केहीगर्न भने खोजेको उनको बुझाइ छ ।
दाङका युवा योगराज नेपाल भन्छन्,‘देशलाई गति दिन सक्ने सुशासन र नैतिकवान नेतृत्व आवश्यक छ । यसका लागि काठमाडौं महानगरपालिका पुगेका बालेन शाह जस्तो किन नहोस् । बालेनले दललाई चुनौति दिएका छन् दलका नेताहरूलाई चेतना भयो’,उनी थप्छन् ।
आयात–निर्यातका लागि वाताावरण बनाउने र देशमा उत्पादन थालेर आत्मनिर्भर बनाउने खालको नेतृत्व चाहिएको छ । मुख्य दलका नेताकै हातमा अबको नेतृत्व पुग्ने व्यवसायी चेतनाथ न्यौपानेको भनाइ छ । उनका अनुसार,तर यही ढंगले देश चलाए निरन्तरता नपाउनेमा शंका छ ।
देशले गगन थापा, योगेश भट्टराईजस्ता युवाको हातमा नेतृत्व पुग्नु पर्ने बाँकेका युवा राजन चौधरी सुनाउँछन् । ‘अब कांग्रेस र एमालेले नै देशको जनमत लिन्छ तर यसबाट युवाहरू अघि बढाउनु पर्छ’,उनी भन्छन्, ‘युवा जोसजाँगर त केपी ओलीमा पनि नभएको होइन ।
युवा भनेको उमेर मात्र होइन, इच्छा शक्ति र सोच मुख्य कुरा हो ।’ मतदातको अपेक्षाअनुसार देशको नेतृत्व हातमा लिनेले पनि आफ्नो कार्यकालमा परिवर्तनको प्रत्यभूति हुने गरी काम नगरे पुनः निरन्तरता पाउने सम्भावना कम देखिन्छ । किनकि अब मतदाता धेरै सचेत छन् ।
त्यसैले अबको नेतृत्व यस्तो चुनियोस् कि मतदाताले भनेजस्तै असल नेतृत्व आवोस् । जससँग ज्ञान, अनुभव र क्षमता सबै होस् । इमान्दार, नैतिकवानले पक्षले देश र जनताको समृद्धिमा राम्रो भूमिका खेलोस् ।विवेकशील निर्णय गर्न मतदातासँग समय छ । सोचेर नौतिकवान्र इमान्दार व्यक्ति रोज्न सही निर्णय लिऔं । सही नेतृत्व खोजौं र रोजौं ।