कोसीका तीन भङ्गाला तरेर भोट हाल्न जान्छन् श्रीलंका टापुका बासिन्दा

नवराज विष्ट 

४ मंसिर, सुनसरी

श्रीलंका टप्पुकी पारुलदेवी ठाकुर (६५) यो वर्ष मतदान गर्ने मुडमा छैनन् । मतदान गर्न कोसी तरेर जान उनलाई मन लागेन ।

लाइन लागेर मतदान गर्न गएका छिमेकीलाई हेरेर घरमै बसिरहेकी पारुल देवी भन्छिन्, ‘कहिलेसम्म कोसी तर्ने, कहिलेसम्म काम नगर्ने नेतालाई जिताउने ?, जहिले नाउँ तरेर जान्छु’, पारुलले भनिन्, ‘कोसीमा पुल हाल्देउ, भन्छु मान्दैन नेताले ।’

भोट माग्न आउने नेतालाई कोसीमा बाँध बाँध्ने, पुल हाल्दिने र राम्रो बाटो बनाइदिने टप्पुवासीको माग पूराहुन सकेको छैन, न त छुट्टै वडा र मतदान केन्द्रको माग पूरा भएको छ ।

घरपायक मतदान केन्द्र राख्नुपर्ने माग गर्दै आएका सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलंका टप्पुका बासिन्दा यो वर्ष पनि निराश भएका छन् । बराहक्षेत्रको ६ र ९ नम्बर वडा पर्ने टप्पु सुनसरीको क्षेत्र नं. ४ पर्छ ।

सुनसरीकै दुर्गम, कोसी नदी उकास जग्गामा बसोबास गर्दै आएका टप्पुका बासिन्दा वर्षौंदेखि कोसी तरेर वराहक्षेत्रको प्रकाशपुर, राजाबास र चक्रघट्टीका मतदान केन्द्रमा मतदान गर्दै आएका छन् ।

दुई वडामा विभाजित टप्पुवासी ३ वटा केन्द्र (प्रकाशपुरस्थित प्रकाश मावि, राजाबासस्थित सरस्वती मावि र चक्रघट्टीस्थित महेन्द्र मावि)मा मतदान गर्दै आएका छन् ।

झण्डै १ सय जना प्रकाशपुरस्थित प्रकाश मावि केन्द्रमा मतदान गर्छन् भने २५० जति राजावासको सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्छन् ।

टप्पुका रामनगर, बुधबारे, शुक्रबारे, एबीसीलगायतका धेरैजसो स्थानीयले उदयपुर क्षेत्र नं १ को बेलका नगरपालिकातर्फ रहेका मतदान केन्द्रमा मत खसाल्छन् ।

टप्पुबाट बेलकाको रामपुर बजार र भागलपुर बजार नजिक छ । तर टप्पुका जामपानी, चिलैया, गरैयालगायतका बस्तीका नागरिक मूल कोसी तर्न बाध्य छन् ।

वडा नं. ६ का २ सय मतदाता भने चक्रघट्टीस्थित महेन्द्र मावि मतदान केन्द्र पुग्छन् । चिलैया, गरैयाका ६ सय घरधुरीका आधा जनसंख्या मात्र मत हाल्न मतदान केन्द्र पुग्छन् ।

टप्पुका आधा भन्दा बढी सङ्ख्याले उदयपुरको कोशी जनता मावि र भागलपुर मतदान केन्द्रमा मत खसाल्ने गरेको टप्पुस्थित रामनगरका मिश्रीलाल महतो बताउँछन् ।

प्रशासनले नै टप्पुलाई दूरदराज ठानेको स्थानीय युवा सन्तोष चन्द्रवंशी बताउँछन् । विगतदेखि नै टप्पुमा मतदान केन्द्र राख्न पहल गरे पनि चासो नदिएको सन्तोषको भनाइ छ।

‘बालबच्चा छाडेर पारि तर्ने कुरा हुँदैन, गाउँ खाली गरेर भोट हाल्न जानुपर्छ, भोट हाल्न पाउने भए पनि कति जान्छ, कति जाँदैन,’ सन्तोष भन्छन्, ‘यहीँ भोट हाल्न पाउने भए त सबैले हाल्थ्यो पनि ।’

अनलाइन खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?