मतगणना : कहाँ काे अगाडि

साझाकथा संवाददाता

काठमाडाैं, मंसिर ५

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाे मतगणना सुरू भएपछि मत परिणाम प्राप्त भइरहेकाे छ । हेराैं कुन जिल्लामा काे अगाडि छन् ।

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झिनो मतले अगाडि छन् । एक सय ११ मत गणना हुँदा देउवाले ४८ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत ल्याएका छन् भने राप्रपाका गोविन्द कठायतले ४ मत प्राप्त गरेका छन् ।  सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका उम्मेदवार डा. चन्द्रकान्त राउत (सीके) तेब्बर मतले अग्रता लिएका छन्  ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को मतगणना जारी छ । राउतले दुई हजार ४०२  मत प्राप्त गरी अग्रता लिनुभएको छ भने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ७६८ र लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का जयप्रकाश  ठाकुरकाे ५५० मत रहेकाे छ ।  यसैगरी, २(१)मा जनमत पार्टीका सतिशकुमार सिंहले दुई हजार २०५, जसपाका शैलेन्द्रप्रसाद साहले ९८० र लोसपाका सरोजकुमार मण्डलले ९३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै, २(२) मा जनमत पार्टीका महेशप्रसाद यादव एक हजार ४६७, नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादव ७०४ र जसपाका लक्ष्मण यादव ५१३ मत प्राप्त गरेका छन ।

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले सुरुआती अग्रता लिएका छन् । मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।

मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले २५८ मतसहित अग्रता लिएका छन्ए । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २०९ प्राप्त गरेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले दुई सय ५२ मत पाउनुभएको छ । तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो । एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो । प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता निर्वाचन क्षेत्र नंं ३ प्रदेश–१ मा कांग्रेसका छिरिङ दोर्जे लामाको अग्रता छ ।

प्रदेशतर्फको तीन हजार ९७ मत गन्दा लामाले नौ सय ५६ मत प्राप्त गरे । एमालेका चन्द्रमान लामाले सात सय ९०, स्वतन्त्र उम्मेदवार दीपेन्द्र लामाले पाँच सय ७४, राप्रपाका चुण्डी लामाले पाँच सय २३ र नेकपा (माओवादी केन्द्र) का कपिलमुनि उप्रेतीले ९० मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशतर्फ तीन हजार एक मत सदर र ९६ मत बदर भएको जनाइएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?