मतपरिणाम कहाँ कसकाे अग्रता

साझाकथा संवाददाता

काठमाडाैं, मंसिर ५

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भएकाे मतदान पछि प्राप्त मतपरिणाम अनुसार देशभर काे अगाडि रहेका छन् । यस बारे बिस्तृत जानकारी प्राप्त भइरहेकाे छ ।

पछिल्लाे जानकारी अनुसार  बाग्लुङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पोडेलले सुरुवाती अग्रता लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पौडेलले एक हजार एक सय पाँच मत गणना हुँदा ६ सय ६५ मत प्राप्त गरेका छन्।

पौडेलको मुख्य प्रतिस्पर्धी एमालेकी मञ्जु शर्मा चालिसेले दुई सय ९५ र राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले ८६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणाम अनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा रहेका छन् ।

रौतहट क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । जारी मतगणनामा नेपालले ७२९ मत प्राप्त गर्दा नेकपा एमालेका अजयकुमार गुप्ताले ६५४ मत पाएका छन् । पूर्वप्रधानमन्त्री नेपाललाई यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो मतको अग्रता कायम गरेका छन् । थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका राजन भट्टराईले ६ सय ३३ मत प्राप्त गरेका छन् । हालसम्म १५ सय ११ मत गणना गरिएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले ६५, मत प्राप्त गरेका छन् ।

इलाम निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार पूर्व प्रधामन्त्री झलनाथ खनाललाई पछि पर्नुभएको छ। नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिनु भएको छ।  २६०० मत गणना गर्दा बस्नेतले १२५७ र खनालले १०४१ मत पाउनु भएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा ५९ हजार ९०६ मत खसेको थियो।

उता बर्दियामा नेपाली कांग्रेस सञ्जय गाैतम ११४५, एमाले लक्ष्मण ज्ञवाली ९१० र  नगरिक उन्मुक्ति ढकिया ११३७ मत प्राप्त गरेकाे छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?