साझाकथा संवाददाता
धुन्चे, मंसिर ५
प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा जिल्ला समन्वय समितिको कार्यालय परिसरमा मतगणना मतगणना सुरु भएको छ ।
निर्वाचन आयोगको मतगणना निर्देशिका अनुसार प्रदेशसभा १ र २ को मतलाई एकै ठाउँमा मिसाएर मतगणना भएको छ । प्रदेशसभा १ तर्फको गाउँखर्क राष्ट्रिय प्रावि र रसुवा मावि क तथा प्रदेशसभा २ तर्फको चिप्लेटी प्रावि सल्लेटार ख र डाँडागाउँ मावि ख मतदान केन्द्रको मतपत्र गणना भएको प्रमुख निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।
लाङटाङ मतदान केन्द्रबाट मतपेटिका आउन ढिलाइ भएको कारण मतगणना पनि ढिला भएको हो । लाङटाङ मतदान केन्द्रमा रहेको मतपेटिका सोमबार बिहानै पैदलमार्ग हुँदै ल्याइएको हो । एक प्रतिनिधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा अस्थायी र स्थायी गरी ३६ मतदानस्थल र ५४ वटा मतदान केन्द्र रहेको छ ।
रसुवामा ३९ हजार ४ सय ५९ मतदाता रहेका छन् । जसमध्ये महिला १९ हजार ३ सय ४० पुरुष २० हजार १ सय १८ र अन्य १ जना मतदाता रहेका छन् । जस मध्ये २८ हजार ७ सय १२ जनाले मतदान गरेका थिए । रसुवामा ७२ प्रतिसतले मतदान गरे ।