झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक-एक क्षेत्रमा अगाडि

झापा,  मंसिर ६ 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले तीन क्षेत्रमा अगाडि देखिएको छ। नेपाली कांग्रेस र राप्रपा एक-एक क्षेत्रमा अगाडि छन्।

झापाका पाँच निर्वाचन क्षेत्रमध्ये झापा २, ४ र ५ मा एमाले, क्षेत्र १ मा कांग्रेस र क्षेत्र ३ मा राप्रपा अगाडि रहेको पछिल्लो मत परिणामले देखाएको छ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेकपा एमालेका अग्निप्रसाद खरेलभन्दा ४ हजार ३०२ मतान्तरले अगाडि छन्। शर्मा सुरुदेखि नै मतान्तर बढाउँदै लगेको छ।

शर्माले ११ हजार ३८५ मत ल्याएका छन्, भने खरेल ७ हजार ८३ मत ल्याएका छन्। झापा १ प्रदेशसभा सदस्य ९१० मा कांग्रेसका गोपाल तामाङ र प्रदेशसभा सदस्य ९२० माओवादी केन्द्रका श्यामवीर लिम्बु अगाडि छन्। तामाङले ४ हजार ८१० मत ल्याएका छन् भने लिम्बुले २ हजार ९६८ मत ल्याएका छन्।

झापा– २ मा एमालेका देवराज घिमिरेको अग्रता कायम छ। घिमिरेले ७ हजार ३२८ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ६ हजार २०६ मत ल्याएर दोस्रो स्थानमा छन्, भने गठबन्धनबाट माओवादीको चुनाव चिन्हमा उठेका हरि राणा तेस्रो स्थानमा छन्।

झापा २ प्रदेशसभा सदस्य ९१० एमालेका एकराज कार्की र एमालेकै तिलचन पाठकको अग्रता सुरुवातदेखि नै कायम छ। कार्कीले ४ हजार ८५० मत ल्याएका छन् भने पाठकले ७ हजार २३९ मत ल्याएका छन्। झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको अग्रता कायम छ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेकपा एमालेका अग्निप्रसाद खरेलभन्दा ४ हजार ३०२ मतान्तरले अगाडि छन्। शर्मा सुरुदेखि नै मतान्तर बढाउँदै लगेको छ।

लिङदेनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई १ हजार २२६ मतले पछि पारेका छन्। सिटौलाले ३ हजार १५८ मत ल्याउँदा लिङदेनले ४ हजार ३८४ मत ल्याएका छन्। झापा ३ प्रदेशसभा सदस्य ९१० कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा सदस्य ९२० मा एमालेका छविलाल चुँडाल अगाडि छन्। राजवंशीले ५ हजार ३२२ मत ल्याएका छन् भने चुँडालले २ हजार ११२ मत ल्याएका छन्।

त्यस्तै झापा ४ मा सुरुदेखि अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाललाई ३४ मतले पछि पार्दै एमालेका लालप्रसाद सावा अगाडि बढेका छन्। सावाले ४ हजार २०४ मत ल्याउँदा ढकालले ४ हजार १७० मत ल्याएका छन्। गठबन्धनका साझा उम्मेदवार कांग्रेसका देवकुमार थेबे २ हजार ४६७ मत ल्याएर तेस्रो स्थानमा छन्।

झापा ५ मा एमाले अध्यक्ष ओली मतान्तर बढाउँदै लगेका छन्। ओलीले नेपाली कांग्रेसका डा खगेन्द्र पाण्डव अधिकारीलाई ३ हजार ५३० मतले पछि पारेका छन्। ओलीले ८ हजार ९७८ मत ल्याउँदा अधिकारीले ५ हजार ४४८ मत ल्याएका छन्। झापा ४ र ५ मा प्रदेशसभा सदस्यको मत गणना सुरु नभएको जनाइएको छ।

अन्नपूर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?