रसुवा मतगणना : काङ्ग्रेसका आचार्य र एमालेका तामाङ प्रतिस्पर्धा

रसुवा, मंसिर ६

निर्वाचन आयोगको मतगणना निर्देशिका अनुसार प्रदेशसभा १ र २ को मतलाई एकै ठाउँमा मिसाएर मतगणना हुँदा गठबन्धन र  एमाले प्रतिस्पर्धा भएको छ ।

प्रदेशसभा १ तर्फको गाउँखर्क राष्ट्रिय प्रावि र रसुवा मावि क तथा प्रदेशसभा २ तर्फको चिप्लेटी प्रावि सल्लेटार ख र डाँडागाउँ मावि ख मतदान केन्द्रको मतपत्र गणना भएको प्रमुख निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।

रसुवाको मतगणनाको सुरुवाती परिणाम हेर्दा नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बेलुका ७ बजेदेखि जिल्ला समन्वय समितिको कार्यालय परिसरमा मतगणना भइरहेको छ ।

मतगणनामा नेपाली काङ्ग्रेसका उम्मेदवार मोहन आचार्य र नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जेन तामाङ अघि–पछि देखिएका छन् । जसमा तामाङले सात सय ७१ मत प्राप्त गरेका छ्न भने आचार्यले ११ सय ६ मत प्राप्त गरेका छ्न ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?