साझाकथा संवाददाता
रसुवा, मंसिर ६
रसुवामा प्रदेश सभा क्षेत्र (क) मा नेपाली कांग्रेसका प्रभात तामाङको अग्रता कायमै रहेको छ । धुन्चेमा सुरू भएकाे गणनाकाे पछिल्लो मतपरिणाम अनुसार ४ हजार २ सय ४३ मत गणना गर्दा तामाङले २ हजार ३ सय ४२ मत प्राप्त गरेका छन् ।
तामाङका प्रतिद्धन्दी नेकपा एमालेका कुलप्रसाद भट्टले १ हजार ६ सय २५ मत प्राप्त गरेका छन् । तामाङ भट्टभन्दा ७ सय १७ मतले अगाडि छन् । प्रदेश सभा क्षेत्र (ख) तर्फको मतगणना भने सुरु भएको छैन । प्रदेश सभा क्षेत्र (क) को गणनाको कार्य सम्पन्न भएसँगै (ख) को पनि गणनाको कार्य सुरु गरिने जनाइएको छ । प्रदेश ख काे मतगणना भने सुरू भएकाे छैन ।
तपाईलाई केहि भन्नु छ ?