सञ्चार तथा सूचना प्रविधी मन्त्री कार्कीकाे अग्रता

सुनसरी, मंसिर ६

सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदबार सञ्चार तथा सूचना प्रविधी एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन हजार ४४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

मन्त्री कार्कीलाई नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट नेकपा (एमाले) का जगदीश कुसियैतले तीन हजार ३७४ मत ल्याएर पछ्याइरहनुभएको छ । यी दुईबीच मुख्य प्रतिस्पर्धा रहेको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मन्त्री कार्की ६७ मतले अगाडि रहनुभएको छ ।

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र ४ (क) मा कांग्रेसबाट सदानन्द मण्डलले दुई हजार २३१ मतसहित अग्रता लिनुभएको छ । जनता समाजवादी पार्टीका पर्शुराम बस्नेतले छातामा एक हजार ४०६ मत पाउनुभएको छ । यी दुई जनाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । स्वतन्त्र लालटिनका बाबुराम बरालले ४२७ मत पाउनुभएको छ ।

त्यसैगरी सुनसरीको निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभाको मतगणना जारी रहँदा कांग्रेससहितको गठबन्धनका उम्मेदबार मुक्साहाङं लिम्वुले एक हजार ७३८ मत प्राप्तगरि अग्रता लिनुभएको छ । उहाँलाई एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार असोककुमार राईले एक हजार ४५२ मत ल्याएर पछ्याइरहनुभएको छ ।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?