साझाकथा संवाददाता
रसुवा, मंसिर ७
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेशसभा ख मा सदस्य रसुवाबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रप्रसाद गोतामे विजय भएका छन् ।
मंगलवार राती प्राप्त मत परिणाम अनुसार ८ हजार ५ सय ३३ मत प्राप्त गरी माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य गोतामेले निकटतम प्रतिद्धवन्दी नेकपा एमालेका उम्मेदवार तेम्ब्रेल तामाङलाई ३ हजार ६ सय ४९ मतले पछि पार्दै गोतामे विजय भएका हुन । तामाङले ४ हजार ८ सय ८४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।
यस्तै नेपाली कांग्रेस पार्टी(बी.पी)का उम्मेदवार शारदाकुमार न्यौपानेले २३५, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तुल्सीराम ग्वाछाले १९, राप्रपाका उम्मेदवार हरिप्रसाद घिमिरेले २७७, माङगोल अग्रनाईजेशन पार्टीका वाङदे घलेले १६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।
रसुवामा कुल मतदाता ३९ हजार ४ सय ५९ जना रहेकोमा मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेशसभा क्षेत्र नं.२ मा १४ हजार ५ सय ५८ मत खसेकोमा १४ हजार २ सयमा सदर भएका छन भने ३ सय ५८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।
प्रदेशसभा सदस्य (ख)मा निर्वाचित गोतामे शसस्त्र जनआन्दोलनका युद्ध कमन्डरको रुपमा भई काम गरिसकेका र हाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन ।