रसुवाबाट प्रतिनिधिसभामा आचार्य पुनः विजयी

सझाकथा संवाददाता

रसुवा, मंसिर ७

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्य पुनः विजयी भएका छन् ।

मंगलवार प्राप्त मत परिणाम अनुसार १८ हजार २ सय ३५ मत प्राप्त गरी नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य आचार्यले निकटतम प्रतिद्धवन्दी नेकपा एमालेका उम्मेदवार छोवाङतेन्जिन तामाङलाई ९ हजार ६ सय २१ मतले पछि पार्दै आचार्य विजय भएका हुन । तामाङले ८ हजार ६ सय १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।

यस्तै राप्रपाका उम्मेदवार टिकाप्रसाद देवकोटाले ७५, नेमाकिपाका उम्मेदवार रामेश्वर बासीले ९, माङगोल अग्रनाईजेशन पार्टीका विकास तामाङले २१०, जनसमाज पार्टीका उम्मेदवार सृजना सुनुवारले १३, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिननाथ देवकोटाले १६५ र स्वतन्त्र उम्मेदवार कर्सावाङदी तामाङले ७, रामशारण पौडेल २८, लिलाबहादुर न्यौपानेले ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।

रसुवामा कुल मतदाता ३९ हजार ४ सय ५९ जना रहेकोमा मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा २८ हजार २ सय ११ जनाले मतदान गरे थिए । कुल मतदाताको ७३ प्रतिशतले मतदान गरका हुन । मत गणना गर्दा ७ सय ८४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।

वि.सं. २०७४ सालको प्रतिनिधिसभा सदस्य विजय हासिल गरेका आचार्य यस पटक भएको प्रतिनिधि सभा सदस्यमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार दिई आफ्नो प्रतिद्धवन्दी संविधान सभा सदस्य समेत भएका नेकपा एमालेका उम्मेदवार तामाङलाई ९ हजार ६ सय २१ मत मतान्तरमा विजय प्राप्त गर्न सफल हुनु भएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?