लमजुङ, मंसिर ७
एकमात्र प्रतिनिधिसभा रहेको लमजुङमा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङको मतान्तर घट्दै गएको छ ।
आज बिहान १ः५० बजेको पछिल्लो मतपरिणामअनुसार यसअघि गुरुङ दुई हजारभन्दा बढीले अघि रहे पनि यतिबेला गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङभन्दा जम्मा चार सय ५७ मतले अघि रहनुभएको छ ।
उक्त मत परिणाम सार्वजनिक गरिएअनुसार एमाले उम्मेदवार पृथ्वीसुब्बाको २० हजार तीन सय ७४ मत र माओवादी केन्द्रका देवप्रसाद गुरुङको १९ हजार नौ सय १७ मत प्राप्त भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार हालसम्म ४७ हजार चार सय ९९ मतगणना सम्पन्न भएको छ । त्यस्तै हालसम्म एक हजार चार सय ४२ मत बदर भएको उहाँको भनाइ छ ।
दोर्दी, क्व्होलासोथर, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ भने यतिबेला सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतमध्ये ८० हजार नौ सय १७ मत खसेको थियो ।
राससबाट
तपाईलाई केहि भन्नु छ ?