तनहुँ, मंसिर ७
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनानुसार तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतान्तर बढाउनुभएको छ । नेता पौडेलले एक हजार एक सय ३२ ले मतान्तर बढाउनुभएको हो ।
जम्मा १८ हजार तीन सय ५३ मतगणना गर्दा कांग्रेसका वरिष्ठ नेता पौडेलले छ हजार आठ सय तीन मत पाउनुभएको छ । त्यस्तै नेकपा (एमाले)का एकबहादुर रानाले पाँच हजार छ सय ७१ मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ–१ प्रदेशसभा (१)को आठ हजार पाँच सय २९ मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले तीन हजार छ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले दुई हजार चार सय ९२ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का विद्या ढकालले चार सय ४५ मत पाउनुभएको छ । तनहुँ–१ प्रदेशसभा (१)तर्फ ३६ हजार तीन सय ६५ मत खसेको छ । तनहुँ–१ प्रदेशसभा (२)मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार सात सय २६ मत पाउनुभएको छ ।
एमालेका पूर्णबहादुर गुरुङले एक हजार पाँच सय दुई मत प्राप्त गर्नुभएको छ । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राख्नुभएको छ । तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता छन् ।
राससबाट