बाँके, मंसिर ७
बाँके–३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ । उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ ।
राससबाट
तपाईलाई केहि भन्नु छ ?