रसुवामा गठबन्धनले गर्‍यो क्लिन स्विप

साझाकथा संवाददाता

रसुवा, मंसिर ७

बागमती प्रदेश अन्तरगत रसुवा जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सबैको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत एक मात्र क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यको लागि माेहन आचार्य पुन : बिजयी भएका हुन् ।

नेपाली कांग्रेसका आचार्यले १८ हजार २३५ मत सहित जित निकालेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का छाेवाङतेन्जिङ तामाङले ८ हजार ६१४ मत प्राप्त गएका थिए ।

प्रदेश सभातर्फ रसुवा १ बाट नेपाली कांग्रेसका प्रभात तामाङ पुन : बिजयी भएका छन् । उनले ८ हजार १८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलप्रसाद भट्टले जम्मा ४ हजार ७७२ मत प्राप्त गरे । भट्ट नेकपा एमालेबाट पुर्व जिसस प्रमुख समेत थिए ।

यसैगरी रसुवाबाट प्रदेश २ को लागि गठबन्धनका इन्द्रप्रसाद गौतम ८ हजार ५३३ मत विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तेम्ब्रेल तामाङले ४ हजार ८४४ मत प्राप्त गरे । यहाँ अब समानुपातिक तर्फको मत गन्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे  छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?