गोरखा–१(२) मा कांग्रेसका न्यौपाने विजयी

गाेरखा, मंसिर ७

गोरखा–१(२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनामा न्यौपाने १६ हजार दुई सय ६१ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत प्राप्त गर्नुभएको छ । न्यौपानेले आठ हजार सात सय २८ मतको मतान्तरले निर्वाचन जित्न सफल हुनुभएको हो ।

उहाँ वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । न्यौपाने नेपाली कांग्रेस गोरखाको सभापतिसमेत हुनुहुन्छ ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?